समाचार

सर्वोच्चले रोक्याे जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं, २४ मंसिर । जग्गाको कित्ताकाट गर्न सर्वोच्च अदालतले रोक लगाएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जग्गा कित्ताकाट फुकुवा गर्ने गरेको निर्णयलाई सर्वोच्चले बदर सर्वोच्चले गरिदिएको हो । भूमि व्यवस्था मन्त्रालयले २६ साउन २०७४ मा प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाउने निर्णय गरेको थियो । सर्वोच्च अदालतले कृषियोग्य जमीनको कित्ताकाट तथा खण्डीकरण गर्ने सरकारको निर्णय गैरकानूनी… पुरा पढौ

आगलागीबाट १३ लाखको क्षति

पाँचथर, २४ मङ्सिर । पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको छ । मङ्गलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करीब रु. एक लाख, पाँच तोला सुनसमेत जल्दा करीब रु १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागी फिदिम नगरपालिकाका दुई वटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले… पुरा पढौ

रिक्सामा छुटेको सात लाख फिर्ता

राँझा, २४ मङ्सिर । नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको रु सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका–५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको झोला बर्माले मङ्गलबार जिल्ला प्रहरी कार्यालमा पुगेर फिर्ता गरेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उनका अनुसार रिक्सामा झोला छुटेको जानकारी पाएलगत्तै नाथले जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराएका थिए । पैसासहितको झोला हराएको खबर पाएको प्रहरीले सडकमा राखिएको… पुरा पढौ

योजना आयोगद्वारा मन्त्रालयको चौमासिक प्रगति समीक्षा जारी

काठमाडाैं, २४ मंसिर । राष्ट्रिय योजना आयोगद्वारा आयोजित मन्त्रालयहरूको आर्थिक वर्ष २०७७÷०७८ को प्रथम चौमासिक प्रगति समीक्षा बैठक जारी रहेकाे छ । मङ्सिर २२ गते शुरु भएकाे बैठक मंसिर २६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिएका छन् । बैठकको दोस्रो दिन मङ्गलबार विभिन्न मन्त्रालयले आआफ्नो प्रस्तुति दिए । बैठकमा कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपुर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रस्तुति दिएका… पुरा पढौ

प्रदेश प्रमुख शेरचनले भनेः पीडितलाई न्याय र पिडकलाई कारबाहीको दायरामा ल्याउन सांसदले किन बोल्दैनन्

कास्की, २३ मंसिर । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बोल्ने ठाउँमा पुगेर पनि सांसदहरुले बेपत्ता परिवार र द्वन्दपीडितहरुको बारेमा किन बोल्दैनन् ? भनि प्रश्न गरेका छन् । उनिहरुको घाउ निको भएको छैन, अहिले पनि पीडामै छन् । शेरचनले भने, म संबैधानिक अंगको मान्छे सिमित दायरा छन् । सांसदहरुले त बोल्नु पर्यो नि । एउटै मञ्चमा बसेका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको नामै लिएर उनले भने, सांसदहरुले पीडितलाई न्याय दिलाउन र पिडकलाई कारबाहीको दायरामा ल्याउने कार्यमा बोल्नु पर्छ, कृष्णजी जस्ता… पुरा पढौ

युआरएल पत्रकारिता पुरस्कारबाट पौडेल सम्मानित

पोखरा, २३ मंसिर । पत्रकार प्रदीप पौडेल युआरएल पत्रकारिता पुरस्कार–२०७७ बाट सम्मानित भएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को सातौं वार्षिकोत्सव अवसरमा मंगलबार आयोजित कार्यक्रममा पौडेललाई नगद २० हजार, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको हो । गण्डकी मेडिकल कलेजका प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त र नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पौडेललाई सम्मान गरे । सम्मानित पौडेल रेडियो बाराही र इमेज टेलिभिजनमा आवद्ध छन् । गण्डकी मेडिकल कलेजका प्रिन्सिपल श्रेष्ठले पत्रकारजगतले निर्वाह गर्ने… पुरा पढौ

जनकपुर विमानस्थल तीनै तहको मित्रताको प्रतीक हो : मन्त्री भट्टराई

धनुषा, २३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जनकपुरधामको उच्चतम ढङ्गले पूर्वाधारको विकासका लागि सरकार क्रियाशील रहेको बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जनकपुर विमानस्थलमा निर्माण गरिएको टर्मिनल भवन र कन्ट्रोल टावरको आज मन्त्री भट्टराईले उद्घाटन गर्दै उद्घाटित भवन र टावर सङ्घ, प्रदेश र स्थानीय तहको मित्रताको सेतु र सुन्दर उपहार भएको धारणा राखे । सङ्घ र प्रदेश नं २ सरकारबीच घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै उहाँले ‘निर्माण गरिएको भवन र टावर सङ्घीयताको विशेषतासँग गाँसिएको प्रतीक… पुरा पढौ

राजनितिक अपराधिकरणका कारण कानुन कार्यान्वयनमा चुनौती:सांसद कोइराला

कास्की, मङ्सिर २३ । गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालाले राजनीतिक अपराधिकरणका कारण कानुन कार्यान्वयनमा चुनौती थपिएको बताएका छन् । लैंङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत इन्सेक, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र शान्तिका लागि नागरिक समाजको सञ्जालको आयोजनामा जातीय विभेद र कोभिड–१९ का कारण महिलामा परेको असर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद कोइरालाले राजनितिक र सामाजिक अपराधीकरण बढेको भन्दै कानुनको कार्यान्वयन गराउन सबै पक्ष दृढ भएर लाग्नुपर्ने बताइन । अधिकार दिएर मात्रै, लिने नभइ खोस्नुपर्ने उनको भनाइ थियो ।… पुरा पढौ

गणतान्त्रिक शक्तिलाई एक हुन प्रधानमन्त्रीबाट आह्वान

काठमाडौं, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आह्वान गरेका छन् । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट गरे । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कोभिड–१९ विरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानविरोधी गतिविधिलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी… पुरा पढौ

सगरमाथाको उचाइ ८६ सेमी वृद्धि, अब ८८४८.८६ मिटर

काठमाडौं, २३ मङ्सिर । सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सर्वाेच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८८४८.८६ मिटर हुने भएको छ । नेपालले पहिलो पटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाइ मापन गरेको हो । नेपालले करीब दुई वर्ष लगाएर उचाइ मापन गरेको थियो । गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता गरेका थिए… पुरा पढौ