पोखरा, १८ कात्तिक । पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसीको निधनले सिंगो पोखरा शोकमा डुबेको छ । नेपालको हाइड्रो, खाद्य, शिक्षा, बैंकिङ, हाउजिङ, कन्स्ट्रक्सन,मिडिया लगायत विविध क्षेत्रमा संलग्न रही अतुलनीय योगदान पुर्याएका केसी सोमबार राति यो धर्तीबाट बिदा भएका हुन् । प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका केसीको ६३ वर्षको उमेरमा आफ्नै निवास पोखरा महानगरपालिका वडा ७, एयरपोर्टमा राति साढे १० बजे निधन भएको हो । उनको मंगलबार बिहान पोखराको रामघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरियो…
पुरा पढौ