समाचार

दशैंमा काठमाडौं छोडेर बाहिर नजान सरकारको आग्रह

काठमाडौं, २१ असोज । सरकारले दशैंको बेलामा काठमाडौंबाट बाहिर नजान आग्रह गरेको छ । परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले असोज १९ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै भने, यसरी आउने जाने गर्दा संक्रमणको खतरा हुन्छ । काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा रहेको छ, मन्त्री ज्ञवालीले भने, जिल्लाहरु भन्दा काठमाडौंमा संक्रमण बढेको देखिन्छ, जिल्लाहरुमा कम छ, यो बेलामा संक्रमणको जोखिम धेरै भएकोले विशेष स्वास्थ्य सुरक्षाका मापदण्डलाई अपनाउन आग्रह गरे । चाडपर्व अर्को पटक पनि आईहाल्छन् । यो बेलामा गाउँघरमा… पुरा पढौ

नाका खाेल्न व्यापारीकाे माग,गम्भिर नभए अनसन बस्ने चेतावनी

बैतडी, २१ असोज । बैतडीको झुलाघाटका व्यवसायी, व्यापारीले सीमानाका केहि दिनका लागि भएपनि खोल्नुपर्ने माग गरेका छन् । याे समस्याका बारेमा सरकार गम्भीर नभए अनसनसम्म बस्ने उनीहरुले चेतावनी दिएका छन । नेपालतर्फका अधिकांश व्यापारीको बसाइ भारतीय बजारमा हुने गर्छ । उनीहरू व्यापार व्यवसायका लागि वारपार गरिरहन्छन् । नाका बन्द भएकाेले उनीहरु पारि नै राेकिएका हुन। लकडाउन खुले पनि नाका नखुल्दा व्यापार/व्यवसाय सञ्चालन गर्न नपाएको भन्दै उनीहरूले दुःख व्यक्त गरेका छन । नाका नखुल्दा व्यापारी वारि आउन सकेका छैनन्, झुलाघाट बजार… पुरा पढौ

सिन्धुली अस्पतालमा आकस्मिक र प्रसूतिबाहेक अरू सेवा बन्द

सिन्धुली, २१ असोज। सिन्धुली अस्पतालले अस्पतालका कर्मचारीमा काेराेना भाइरसकाे सङ्क्रमण देखिएपछि आकस्मिक र प्रसूतिबाहेक अरू सेवा बन्द गरेकाे छ । अस्पताल प्रशासनले एक सूचना जारी गरेर अस्पतालमा उपचारका क्रममा सेवाग्राहीलाई समेत कोरोना सङ्क्रमण हुनसक्ने भएकाले आपत्कालीन उपचारबाहेकका अरु सेवा बन्द गरेको जनाएको हाे। अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले कोरोना भाइरसकाे सङ्क्रमण बढ्दै गएको र अस्पतालका कर्मचारी सङ्क्रमित भएकाेले अर्को सूचना नआउँदासम्म आजदेखि अस्पतालको आकस्मिक र प्रसूतिबाहेक अरू सेवा बन्द गरिएको बताएका छन । पुरा पढौ

भीमाद नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द

दमौली, २१ असोज । तनहुँको भीमाद नगरपालिकाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । समुदायस्तरमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले नगरपालिकाले अर्को सूचना नभएसम्मका लागि स्वास्थ्य र सुरक्षासम्बन्धीबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । नगरकार्यपालिकाको कार्यालयबाट कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य तथा सुरक्षासम्बन्धी कार्यबाहेक सम्पूर्ण कार्य र सबै वडा बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिए । स्वास्थ्य, सुरक्षाबाहेक कुनै पनि किसिमका सवारी साधन आवतजावत नगर्न, सम्पूर्ण सङ्घसंस्था, कार्यालय बन्द गर्न, अत्यावश्यक कामबाहेक घरबाट बाहिर… पुरा पढौ

सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण

भरतपुर, २१ असोज । भरतपुर महानगरपालिकाले ‘जोखिममा परेका महिलासँग मेयर कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण थालेको छ । पहिलो चरणमा मङ्गलबार महानगरका पाँच वडाका १३५ छात्रालाई साइकल वितरण गरिएको हो । जसमा वडा नं ६, १३, २२, २३ र २४ का १७ विद्यालयका छात्रा छनोटमा परेका थिए । भरतपुर महानगरपालिका वडा नं २२ को राष्ट्रिय आधारभूत विद्यालय धनौजीमा आयोजित कार्यक्रममार्फत भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले साइकल वितरण शुभारम्भ गरिन । विद्यालय शिक्षामा छात्रालाई शैक्षिक निरन्तरताका लागि… पुरा पढौ

अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधीन सङ्घीय संसद्को भवन निरीक्षण

काठमाडौँ, २० असोज । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन सङ्घीय संसद्को भवनको आज निरीक्षण गरेका छन् । कोभिड–१९ का कारण निर्माणमा केही बाधा पुगे पनि निर्माण उत्साहपूर्वक रुपमा अगाडि बढिरहेकामा उनँले खुशी व्यक्त गरे । पहिले सङ्घीय संसद्का लागि बैठक बस्ने सभाहल भाडामा लिएर काम चलाउँदै आएका परिपेक्ष्यमा कम्तीमा पनि प्रतिनिधिसभा र राष्ट्रियसभाको सभाहल छिट्टै तयार गरी सञ्चालन गर्न सकेमा राष्ट्रलाई आर्थिक भार कम हुने बताउँदै उनँले निर्धारित समयअगावै निर्माण सम्पन्न गर्नका लागि योजना बनाउन निर्माण कम्पनी… पुरा पढौ

कोरोनाबाट थप ९ जनाको मृत्यु

काठमाडौं, २० असोज । नेपालमा गएको २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार ५ पुरुष र ४ महिला गरी ९ जनाको मृत्यु भएको हो । तीमध्ये तेह्रथुममा १ जना, सुनसरीमा १ जना, काठमाडौंमा २ जना, ललितपुरमा ३ जना, चितवनमा १ जना र नवलपुरमा १ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ… पुरा पढौ

सवारी दुर्घटनामा एकको मृत्यु

धरान, २० असोज । सुनसरी धरान उपमहानगरपालिका–१४ मा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय गोकुल तामाङ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । धरानस्थित त्रिवेणी मार्ग भित्री सडकखण्डमा को१त ८८०१ नंको मिनी ट्र्याक्टरले को३०प १२९६ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि सवार तामाङ गम्भीर घाइते भएका थिए । घाईते तमाङलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर… पुरा पढौ

कर्मचारीमा कोरोना देखिएपछि मालपोत कार्यालय सिन्धुली बन्द

सिन्धुली, २० असोज । भूमि सुधार तथा मालपोत कार्यालय सिन्धुली आजबाट अर्को सूचना नआएसम्मका लागि बन्द भएको छ । कार्यालयमा अग्रपङ्क्तिमा बसेर काम गर्ने कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द गर्ने निर्णय भएको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । सूचनामा कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण र अन्य कर्मचारी पनि अस्वस्थ भएका कारण सेवा प्रवाह गर्दा सङ्क्रमण फैलन सक्ने भन्दै आजदेखि अर्को सूचना नभएसम्मका लागि कार्यालय बन्द भएको उल्लेख छ । पुरा पढौ

प्रदेश ५ को राजधानी देउखुरी

बुटवल, २० असोज । प्रदेश नम्बर ५ को राजधानी अन्ततः देउखुरी तोकिएको छ । प्रदेशसभामा मंगलवार भएको मतदानमा दुईतिहाइ बहुमतले दाङको देउखुरी (राप्ती उपत्यका) पारित भएको हो। कुल खसेको ८२ मतमध्ये दाङका पक्षमा ६९ र विपक्षमा १३ मत परेको थियो । सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी सोनामले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरीलाई प्रदेशको राजधानी तोक्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा मतदानका लागि नेकपाले ह्वीप… पुरा पढौ