समाचार

भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तरता:नेपाली सेना

काठमाडौं, १७ कात्तिक । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे बुधबारदेखि नेपाल भ्रमणमा आउँदै छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी तीन दिवसीय भ्रमणमा आउन लागेका हन । भारतीय स्थलसेनाध्यक्ष नरावणेको भ्रमण परम्पराको निरन्तरता भएको नेपाली सेनाले स्पष्ट पारेको छ । भारतीय सेनाध्यक्षको भ्रमणका सन्दर्भमा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल भने, “भ्रमण मुख्यरुपमा परम्पराको निरन्तरता नै हो । यसको दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढीकरण गर्ने मुख्य उद्देश्य रहेको छ ।” नेपाल भ्रमणको पहिलो दिन कुनै औपचारिक कार्यक्रम नभए पनि… पुरा पढौ

ग्लोबल मदर डिभाइनको ‘भावातीत अनुभूति’ भजन सङ्ग्रह सार्वजनिक

काठमाडौं, १६ कात्तिक । नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनले ध्यानका क्रममा अनुभूति हुने विषय समेटिएको ‘भावातीत अनुभूति’ नामक भजन सङ्ग्रह सार्वजनिक गरेको छ । सङ्ग्रहमा गायक शिव परियारको स्वर, रामकुमार रिमालको सङ्गीत, कल्पना सेवानी घिमिरेको शब्द र सङ्गीत संयोजन बिएन निराकारको रहेको छ । https://youtu.be/jxogGYuJuvM ‘जगत् जननी अम्बे भवानी’, ‘धरा धामलाई स्वर्ग बनाउन ज्ञान र शक्ति भरिदेऊ’ र ‘धराधाम यो स्वर्ग बनाऊ, वैदिक आत्मिक विश्व बनाऊ’ जस्ता बोल समेटिएका छन् । ‘जहाँ छौ माता त्यहीँबाट नै दिव्यदृष्टि फैलाइदेऊ’, ‘विश्वलाई शान्त… पुरा पढौ

सराङकोट खानेपानी आयोजना शुरू, दुई हजार घरधुरी लाभान्वित हुने

पाेखरा, १६ कार्तिक। पोखरा महानगरपालिका १८, २ र १ नं. वडाका दुई हजार घरधुरी प्रत्यक्ष लाभान्वित हुने गरी सराङकोट खानेपानी आयोजनाको काम शनिवार देखि शुभारम्भ गरिएको छ।जसअन्तरगत मुख्य पाइपलाइन तथा वितरण पाइपलाइन विस्तार र कुल ७५ हजार लिटर क्षमताको ट्याङकी निर्माणको काम कृपा कम्स्ट्रक्सन चितवन तथा कुल ५ लाख लिटर क्षमताको ठुलो ट्याक्की निर्माणको जिम्मा पोखरा स्थित पराजुली सावित्री नौघरे जेभिलाई दिइएको छ। दुवै कम्पनीलाई गरी कुल रु.३ करोड ११ लाख २३ हजार ४ सय ७९ मा ठेक्का दिइएको हो।… पुरा पढौ

दुर्गमका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण

म्याग्दी, १६ कात्तिक । विद्युत् सुविधाबाट वञ्चित म्याग्दीको धवलागिरि गाउँपालिकाका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । उज्यालो पालिका घोषणा गर्ने कार्यक्रमअनुसार केन्द्रीय लाइन विस्तार र लघुजलविद्युत् परियोजना नभएका दुर्गम बस्तीका घरधुरीमा सौर्य ऊर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिइन । पचास वाट क्षमताको सोलार सेट वितरण गरिएको हो । वडा नं ६ मराङका २५ र वडा नं ४ मा पर्ने सिम्कोस, अर्चे, वारवाङ, नाउरा,… पुरा पढौ

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

झापा ,१६ कात्तिक । झापाको मेचीनगर–६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले २६ ग्राम ब्राउनसुगरसहित भारतको पश्चिम बङ्गालस्थित खोरोबारीका २५ वर्षीय साधिक आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । आलम भारतबाट नेपालतर्फ अवैधरूपमा लुकाइछिपाई ब्राउनसुगर ल्याउँदै गर्दा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् । उनलाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । पुरा पढौ

माेटरसाइकल दुर्घटनामा मृत्यु

पाेखरा, १५ कात्तिक । तानसेन-तम्घास सडकखण्डअन्तर्गत पाल्पाकाे सिरूबारीमा माेटरसाइकल दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा अर्का एक जना घाइते छन्। दुर्घटनामा ज्यान गुमाउनेमा तानसेन नगरपालिका १४, कुसेनी घर भई हाल उच्च अदालत बुटवलमा खरिदार पदमा कार्यरत हरिप्रसाद ज्ञवाली हुन् । घाइते हुनेमा उनका अाफन्त गुल्मी घर भई भैरहवा निवासी ४३ वर्षीय अनिल ज्ञवाली हुन् । बुटवलबाट रिडीतर्फ जाँदै गरेकाे लु १९ प ८१७५ नम्बरकाे माेटरसाइकल तानसेन नगरपालिका १४ सिरूबारीमा शनिबार बिहान करिब ११ बजे दुर्घटनामा परेकाे हाे… पुरा पढौ

राससका महाप्रबन्धक शर्मालाई कोरोना सङ्क्रमण

काठमाडौं, १५ कात्तिक । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनका परिवारका सदस्यलाई पनि केही दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महाप्रबन्धक शर्मा होम आइसोलेशनमा रहेका छन्। स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू सङ्क्रमित हुन पुगेको बताउँदै उनले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई आइसोलेशनमा रहन र आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै उनी नियमित कार्यालयमा उपस्थित थिए । महाप्रबन्धक शर्मासँगै उनका चालक लीलाराम देवकोटालाई पनि आजै सङ्क्रमण पुष्टि… पुरा पढौ

गहुँ छर्ने बेलामा पनि सुदूरपश्चिममा मल अभाव

डोटी, १५ कात्तिक । धान काटेर गहुँ छर्ने बेलामा सुदूरपश्चिम प्रदेशमा युरिया मल अभाव हुँदा किसानहरु चिन्तित देखिएका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी धनबहादुर शाहीले धान पसाउने बेलामा पनि मल नपाइको र अहिले गहुँ छर्ने बेलामा पनि अभाव भएको बताउँदै यसपालि गहुँ नसप्रने बताए । स्थनीय व्यापारी मानबहादुर धामीले कोरोना महामारीको मार खेपेका जनताले मलको पनि अभाव खेप्नुपरेको जनाए । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका निर्देशक यज्ञराज जोशीले प्रदेशका नौ वटै जिल्लामा मल अभाव भएको स्वीकार्दै प्रदेशमा… पुरा पढौ

काभ्रेमा कोरोना सङ्क्रमणबाट पत्रकारसहित दुईको मृत्यु

काभ्रेपलाञ्चोक, १४ कात्तिक । कोरोना भाइरस् सङ्क्रमणका कारण आज काभ्रेपलाञ्चोकमा एक पत्रकारसहित दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–५ निवासी ५१ वर्षिय पत्रकार विष्णुप्रसाद चौलागाई र बनेपा नगरपालिकाका ३९ वर्षिय एक पुरुष छन् । मृतक चौंलागाई काभ्रे पोष्ट साप्ताहिकको प्रधान सम्पादक हुन् । उनको काठमाडौको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । चौलागाईलाई गत असोज २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । होम आइसोलेशनमा बसेका चौलागाईलाई ज्वरो बढेपछि कात्तिक १… पुरा पढौ

गाली बेइज्जती गर्नेलाई साइबर मुद्दा

काठमाडौँ, १४ कात्तिक । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई प्रहरीले साइबर अपराधको मुद्दा लगाउने तयारी गरेको छ । गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन कम भएको विषयको समाचार सार्वजनिक गराएको भन्दै पशुपतिनाथका पालोवाला भण्डारीसमेत रहेका केदारमानले यही कात्तिक २ गते सामाजिक सञ्जालमा कोषाध्यक्ष डा थापाको तस्बीरमा कालो पोती काटेर गाली बेइज्जतीको शब्दसहित पोष्ट गरेका थिए । कोषाध्यक्ष डा थापाले कात्तिक ४ गते… पुरा पढौ