समाचार

थाहा नगरपालिकामा ३ लाख लिटर दूध उत्पादन

आर्थिक वर्ष २०७६र७७ मा मकवानपुरको थाहा नगरपालिकामा दुई लाख ९३ हजार लिटर दूध उत्पादन भएको छ । नगरपालिकाभित्र पकेट क्षेत्रमा रहेका पशुपालक कृषकले डेरी तथा दूध सङ्कलन केन्द्रमा बिक्री गरेको दूध परिमाणका आधारमा नगरपालिका पशुसेवा शाखाले यो तथ्याङ्क सार्वजनिक गरेको हो । नगरका घर्तीखोला, फाँटबजार, थाना बजार, ओखर बजार र बज्रबाराही क्षेत्रका ३०६ कृषकले पालेको गाईभैँसीबाट दुई लाख ९३ हजार ७२ लिटर दूध उत्पादन भएको थाहा नगर पशु सेवा शाखामा प्रमुख राघवेन्द्र मिश्रले बताए । शाखा प्रमुख मिश्रका अनुसार थाहा… पुरा पढौ

सञ्चारकर्मीको श्रमको सम्मान गर: आयोग

राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ को महामारीको असहज परिस्थितिमा सञ्चारकर्मीलाई उचित पारिश्रमिकसहित श्रमको सम्मान गर्न तथा रोजगारीको हक सुनिश्चित गर्न सम्बन्धित सञ्चार प्रतिष्ठान तथा सरकारलाई आग्रह गरेको छ । आयोगमा सचिव वेदप्रसाद भट्टराईद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा कोभिड–१९ को जोखिममा रही सूचना सम्प्रेषणमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारलाई उचित पारिश्रामिक दिन आग्रह गरिएको छ । श्रमजीवी पत्रकारलाई उचित पारिश्रामिक दिन आयोगले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आज पत्राचार गरेको छ । “पत्रकारलाई सत्यतथ्य सूचना सङ्कलन गर्ने वातावरण कायम हुन नसकेमा… पुरा पढौ

कोभिड रहेसम्म अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने

कोभिड रहेसम्म अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने२ साउन, काठमाडौं । कोरोना भाइरसको त्रास रहेसम्म एक बैंकको एटीएमबाट अर्को एटीएम प्रयोग गरी पैसा निकाल्दा शुल्क नलाग्ने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७\७८ मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् । पुरा पढौ

लमजुङमा एकैदिन थपिए २२ कोरोना संक्रमित

लमजुङमा एकैदिन कोरोनाका २२ नयाँ केस थपिएको छ । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १२७८ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको मस्र्याङ्दी, दोर्दी, राइनास, दुधपोखरी, बेशींसहर र क्होलासोथरमा गरि २२ नयाँ संक्रमित थपिएका हुन् । शुक्रबार मस्र्याङ्दीमा ६ पुरुष, दोर्दीमा ४, राइनासमा ६ पुरुष, २ महिला । यसैगरी, दुधपोखरीमा १ पुरुष, बेशिँसहरमा २ र क्होलासोथरमा १ जना पुरुष संक्रमित थपिएका छन् संक्रमित २२ जनाकै रिपोर्ट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको थियो । संक्रमित २२ जनालाई सम्बन्धित… पुरा पढौ

भारतमा कोरोना खोपको मानिसमा परीक्षण शुरु

भारतमा कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोपको मानिसमा परीक्षण शुरु भएको छ । भारतको हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजका अनुसार शुक्रबार भारतको पीजीआई रोहतकमा उक्त खोपको मानिसमा परीक्षण शुरु गरिएको हो ।भारत बायोटेक कम्पनीले निर्माण गरेको उक्त खोप यसअघि मुसा र खरायोमा परीक्षण गरिएको थियो । उक्त परीक्षण सफल भएको बताइएको छ ।यो परीक्षण सफल भएपछि अहिले मानिसमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण शुरु भएको हो । यो परीक्षणमा सहभागी मानिसहरुमा खोपको कुनै पनि किसिमको नराम्रो प्रभाव नदेखिएको स्वास्थ्यमन्त्री अनिलले बताएका छन् ।चीनको… पुरा पढौ

कास्कीको माछापुच्छ्रेमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु

कास्कीको माछापुच्छे«मा शुक्रबार बिहान गएको पहिरोमा ३ जनाको ज्यान गएको छ । माछापुच्छे« गाउँपालिका वडा ८, खोराको पाखावस्तीका प्रेमराज बिकको घरको एउटा कोठा घरमाथिबाट खसेको पहिरोले पुरिँदा उनका ३ जना नातिनातिनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुनेमा १६ वर्षीया रोजिना बिक, १६ का कुशल विक र १४ का समीर बिक छन् । मूल घरमा ७० वर्षीय प्रेमराज र उनकी श्रीमती सुतेकोमा नातिनातिना भने घरसँगै जोडिएको कोठीमा सुतेका थिए । गएराति देखि परेको अविरल वर्षाका कारण… पुरा पढौ

मुक्तिनाथलाई उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार

मुक्तिनाथ विकास बैंकले ‘उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार’ प्राप्त गरेको छ । सो पुरस्कारलाई बैंकिङ क्षेत्रमा अति प्रतिष्ठित पुरस्कार मानिन्छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदनमान प्रणाली मार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएकोमा विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्रतर्फ यसपालि आव २०७५/०७६ को लागि सो पुरस्कार मुक्तिनाथलाई दिएको हो । संस्थाले बैंकिङ, वित्तीय, वीमा, सार्वजनिक क्षेत्र इकाइ र सामान्य क्षेत्र गरी विभिन्न ५ विधामा सो पुरस्कार प्रदान गर्दै आएको छ । आईक्यानले… पुरा पढौ

बाढीपहिरो पीडितका लागि एनआरएनएको राहत कोष

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बाढीपहिरो पीडित राहत कोष स्थापना गर्ने भएको छ । नेपालका बाढीपहिरो जस्ता विपद्जन्य घटनाका पीडितको सहयोगार्थ कोष स्थापना गर्न लागिएको सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । विश्वभर रहनुभएका नेपालीसँग कोषमा सहयोग गर्नका लागि आग्रह गर्नुहुँदै उहाँले यही साउन महिनासम्म राहत सङ्कलन गरिसकेर वितरण गरिने बताउनुभयो । कोषमा सहयोग रकम जम्मा गराउनका लागि बिभिन्न देशमा रहेका सङ्घका राष्ट्रिय समन्वय परिषद्लाई पनि आग्रह गरिएको उहाँले उल्लेख गर्नुभयो । कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय समन्वय परिषद्को बैंक… पुरा पढौ

नेपाल मेडिकल कलेजमा तालाबन्दी

राससनेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाइदिएको छ ।युनियनले आज एक वक्तव्य जारी गर्दै अस्पतालमा कार्यरत करार कर्मचारीलाई निकाल्नु खेदजनक भएको र ताला लागाउन बाध्य भएको जनाएको छ ।युनियनका सचिव उमेश कार्कीले अस्पताल व्यवस्थापन र युनियनबीच भएको लिखित सम्झौताअनुसार कुनै पनि माग अस्पताल प्रशासनले कार्यान्वयन नगरेकाले ताला लगाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा कार्यरत करार सेवाका कर्मचारीलाई गत असार ३१ गतेदेखि रोजगारीबाट निकालिएको आधिकारिक जानकारीपछि आन्दोलन… पुरा पढौ

बन्ने भो ताराखोलामा बहुसाँस्कृतिक सङ्ग्रहालय

राससताराखोला गाउँपालिकामा मगर बाहुल्य बसोबास छ । मगर जातिका अनेक परम्परा, रीतिथिति र पर्व यहाँका सांस्कृतिक धरोहर हुन् । करिव ३०० वर्षअघि डोल्पाको ताराभोट र पाल्पाको अर्गलीबाट आएका मगर समुदायले ताराखोलामा थातथलो बसाएका थिए । तिनै पूर्वजले बसाइँसराइ गरी आउँदा भित्र््यएका पर्व र मेला अहिले पनि चल्तीमा छन् । ऐतिहासिक भुस पोल्ने, भदौरे सिस्नो खोस्ने लगायतका पर्व, अनि असारे र बर्खे मेला आदि ताराखोलाका मौलिक संस्कृति हुन् । दशैँ, तिहार जस्ता अन्य समुदायलेसमेत मनाउने ठूला चाडपर्वसँगै थुप्रै मौलिक पर्व, मेला… पुरा पढौ