समाचार

कर्णालीका ८७ प्रतिशत सङ्क्रमित कोरोना जितेर घर फर्के

पछिल्लो समयमा कर्णालीमा निको भएर घर फर्कने कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि आएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार १७ सङ्क्रमित निको भएर घर फर्केका छन् । कोरोनाबाट निको भएर घर फर्कने सङ्ख्या भने दिनप्रतिदिन बढिरहँदा सङ्क्रमणदर भने घट्दो अवस्थामा छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कलाई हेर्दा शनिबार चार जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । यो सङ्ख्या कर्णालीमा अहिलेसम्मकै न्यून हो । शनिबारसम्म १७ सङ्क्रमित निको भएसँगै कर्णालीमा कोरोना भाइरस जितेर घर… पुरा पढौ

सूर्य नेपालबाट सुदूरपश्चिमलाई १ करोड

सूर्य नेपालले सुदूरपश्चिम प्रदेश सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । सूर्य नेपालले यसअघि कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा उपचार कोषको लागि गण्डकी सरकारलाई पनि सो बराबरको सहयोग गरेको थियो । सूर्य नेपालका क्षेत्रीय प्रबन्धक दामोदर शर्मा, न्यू शिव ट्रेडर्सका धर्मानन्द मिश्र, रविन्द्र ट्रेडर्स महेन्द्रनगरका जगराज पाण्डे लगायतको टोलीले शनिवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई सो रकम हस्तान्तरण गरेका हुन् । दातालाई धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्री भट्टले अभियानअन्तर्गत निजी क्षेत्रबाट हालसम्म सबैभन्दा ठूलो रकम प्राप्त भएको बताए । सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश… पुरा पढौ

रगत अभाव हुन नदिन लकडाउनबीच रक्तदान

मानव मिलन संस्था, पोखराले शनिबार पोखरामा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ८७ युनिट रगत संकलन भयो । कोभिड–१९ को महामारीबीच क्षेत्रीय रक्तसंचार केन्द्रमा सम्भावित रगत अभाव हुन नदिन संस्थाले सो कार्यक्रम गरेको हो । कार्यक्रममा स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्य, गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र जिसी लगायतले रक्तदानको महत्वमाथि प्रकाश पारे । संस्थाका अध्यक्ष गुप्तप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक द्वितीय उपाध्यक्ष टंकप्रसाद पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । सचिव नम्रता बरालले… पुरा पढौ

दानामा सभाहल: अन्नपूर्णको गौरवको आयोजना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा बहुउद्देश्यीय सभाहल निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा दानाको वडा कार्यालय परिसरमा सभाहल निर्माण भएको हो । १ सय ५० जना क्षमताको सभाहल निर्माण गरिएको वडाध्यक्ष नरसिंह पुर्जाले जानकारी दिए । भवन निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले आव २०७४÷७५, २०७५÷७६ र २०७६÷७७ मा क्रमशः १०, १० र आठ लाख रुपैयाँ विनियोजन गरेको थियो । उपभोक्ता समिति मार्फत सभाहल निर्माण भएको हो । स्टेज सहितको सभाहलमा ठूला सभा, समारोह, सांस्कृतिक कार्यक्रम, भेला, बैठक, सम्मेलन आयोजना गर्न… पुरा पढौ

म्याग्दीमा काठका पोल विस्थापित

विद्युत् वितरणका लागि प्रयोग भएका काठका पोल विस्थापित गर्न म्याग्दीमा साढे सात सय फलामका पोल ल्याइएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले जलस्रोत तथा सिचाइँ डिभिजन कार्यालय म्याग्दीलाई सात सय ५० वटा फलामका पोल पठाएको हो । मन्त्रालयले खरिद गरेर पठाएको पोल स्थानीय तहहरुलाई उपलब्ध गराइने डिभिजनका कार्यालय प्रमुख कुमारबहादुर खड्काले बताए । म्याग्दीमा फलामको पोल खरिद गर्न मन्त्रालयले गत आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको थियो । काठमा पोल कुहिने, ढल्ने र दुर्घटनाको जोखिमका साथै… पुरा पढौ

स्कुटर दुर्घटनामा लेकसाइडकी २१ वर्षीया सुवेदी घाइते

पोखरामा स्कुटर दुर्घटनामा एक युवती घाइते भएकी छन् । पोखरा ६, डिहिगोपाटनमा ग २ च १५०२ नम्बरको पानीबोक्ने भ्यानले ग १६०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पोखराको लेकसाइड बस्ने २१ वर्षीया सवनम सुवेदी घाइते भएकी छन्। शनिबार बिहान ११ बजे भएको सो दुर्घटनामा घाइते सुवेदीको पोखरा सिर्जनाचोकस्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । पुरा पढौ

स्याङ्जा फेदीखोलाका अधिकारी मृत फेला

स्याङ्जाको फेदीखोलामा एक जना वृद्ध मृत फेला परेका छन् । फेदीखोला गाउँपालिका वडा १, कटुञ्जेस्वाँराका ६९ वर्षीय गोविन्दप्रसाद पराजुली शनिबार बिहान ५ बजे आफ्नै घरमा भैँसीलाई पानी खुवाउन प्रयोग हुने प्लाष्टिकको ड्रमभित्र मृत फेला परेका हुन् । २ सय लिटरको सो ड्रम घर र गोठको बीचमा राखिएको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा पठाइएको र घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। पुरा पढौ

प्रहरी अस्पतालका कर्मचारीलाई आइजीपीको निर्देशन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको निरीक्षण गरी सेवा प्रभावकारी बनाउन कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । उनले नेपाल प्रहरी अस्पतालको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीले सामूहिक भावना विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । अस्पतालबाट प्रवाह हुने सेवाप्रति सजग भई क्षमताको प्रदर्शन गर्दै सेवाग्राहीप्रति बोली, बचन तथा व्यवहारमा शिष्टता कायम गर्ने निर्देशन दिँदै उनले अस्पतालमा देखिएका समस्या समाधानमा उच्च व्यवसायिकता, पारदर्शिता र सामूहिक नेतृत्वलाई आत्मसात गर्दै अगाडि बढ्न आग्रह गरे । स्वच्छ प्रतिस्पर्धाका लागि प्रहरी… पुरा पढौ

विप्लवका कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द (विप्लव ) समूहका एक जना कार्यकर्तालाई यहाँस्थित प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाका आधारमा चन्द्रपुर नपा–८ बेतौना घर भएका ३५ वर्षीय विप्लव कार्यकर्ता वीरेन्द्र पासवानलाई गएराति १०ः३० बजे उनको घरैबाट प्रहरीले पक्राउ गरेको हो । विभिन्न आपराधिक कार्यमा संलग्न रही फरार रहेका पासवानलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिगएको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुुर शाहीले जानकारी दिए ।रासस पुरा पढौ

निष्ठा र त्याग सदैव सम्झनलायक : वरिष्ठ नेता पौडेल

पूर्व सभामुख तारानाथ रानाभाटकी ममतामयी माताको निधनको ११ औं दिन पुण्यतिथिमा शुक्रबार श्रद्धाञ्जली सभा सम्पन्न भयो । पोखरा–२६ रानाभाट निवासमा भएको श्रद्धाञ्जलीसभामा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला लगायत पार्टीका केन्द्रीय सदस्यहरुको उपस्थिति थियो । कार्यक्रममा बोल्दै पार्टी वरिष्ठ नेता पौडेलले विभिन्न कालखण्डमा भएका आन्दोलनको बेला रानाभाटकी माता खीमकुमारी रानाभाटले खेलेको भूमिकाले यस क्षेत्रको आन्दोलन सफल भएको स्मरण गरे । पञ्चायतकालीन व्यवस्थामा काँग्रेसका नेताहरुमात्र नभई अन्य पार्टीका नेताहरुको पनि जमघट थलो रानाभाट निवासमा स्व. खीमकुमारी राजनीतिमा गरेको निष्ठा… पुरा पढौ