समाचार

कर्णालीमा विद्यालय सञ्चालन गर्ने तयारी

कोरोना महामारी रोकथामका लागि सङ्घीय सरकारले बन्दाबन्दी जारी राखेका कारण देशभर शिक्षालय बन्द रहेका बेला कर्णाली प्रदेश सरकारले स्वास्थ्य जोखिम नभएका स्थानमा विद्यालय खोल्ने तयारी गरेको छ । प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण नदेखिएका ठाउँमा विद्यालय खोल्नका लागि केन्द्र सरकारलाई गत जेठ र असारमा दुईपटक लिखित अनुमति मागेकामा हालसम्म कुनै निर्णय प्राप्त नभएकाले अब प्रदेश र स्थानीय तहमै निर्णय गरेर विद्यालय खोल्न लागिएको हो । मुलुकभर बन्दाबन्दी जारी गर्ने अधिकार केन्द्रको भए पनि विद्यालय तहको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी संविधानतः… पुरा पढौ

नेकपाभित्रको विवाद: स्थायी कमिटी बैठक फेरि स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदैआएको छ । आइतबार दिउँसो ११ बजे बस्ने भनिएको बैठक एक दिन पर धकेलिएको छ । बैठक अब मंगलबार बिहान १ १ बजेमात्र बस्ने नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्त विज्ञप्ति प्रकाशित जानकारी गराएका हुन । यसअघि शनिवार बसेको नेकपा सचिवालय बैठकमा मंसिरमा पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका थिए । सो प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका… पुरा पढौ

पोखरामा खुल्यो गण्डकी प्रदेश प्रहरी अस्पताल

गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नवनिर्मित भवन उद्घाटन गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) घनश्याम अर्यालले सो भवन आइतबार उद्घाटन गरेका हुन् । प्रहरी कर्मचारी साथै तिनका आश्रित परिवार लगायत भूतपूर्व प्रहरी कर्मचारीहरुको औषधी उपचारमा सहजता प्रदान गर्न पोखरा ७, मुस्ताङचोकस्थित नेपाल प्रहरीको आफ्नै जग्गामा भवन निर्माण गरी स्वास्थ्य सेवा सुचारु गरिएको छ । कार्यक्रममा डीआईजी अर्यालले भवन उद्घाटन गर्दै प्रहरी कर्मचारीहरुलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ संचालित प्रहरी अस्पतालबाट तल्लो… पुरा पढौ

नेपाल एयरलाइन्सका १४ कर्मचारी कोरोनामुक्त भई घर फिर्ता

कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम(नेपाल एयरलाइन्स)  का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन् । उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत असार २२ गते पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो । करीब दुई सातापछि उनीहरुको… पुरा पढौ

भारतमा पछिल्लो २४ घण्टामा भेटिए ३८ हजार ९०२ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३८ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख ७७ हजार ६१८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ५४३ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २६ हजार ८१६ पुगेको छ । भारतको महाराष्ट्रमा कोरोना संक्रमितको संख्या तीन लाख नाघेको छ भने तामिलनाडुमा एक लाख ६५ हजारभन्दा धेरैमा कोरोना भाइरसको… पुरा पढौ

गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

गए राति खसेको पहिराका कारण गोरखा– आबुँखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।गोरखा नगरपालिका–१२ स्थित अबुवा नजीकै माथिबाट खसेको ठूलो पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।“सडकदेखि करीब ७०÷८० मिटर माथिदेखि पहिरो खसेको छ”, उनले भने, “पहिरोले सडक पूरै पुरिएकाले पूर्ण रुपमा आवातजावत रोकिएको छ ।” अवरुद्ध सडक खुलाउन डोजरको सहायताले पहिरो हटाउने काम शुरु भइसकेको प्रमुख ढकालको भनाइ छ । केही दिनदेखि लगातार परेको ठूलो वर्षाका कारण नजीकै रहेको इँटाभट्टा छेवैमा रहेको खोल्सीबाट… पुरा पढौ

मोटरसाइकल दुर्घटनामा सहकारी शाखा प्रमुखको मृत्यु

झापाको कमल गाउँपालिका–३ केर्खामा गएराति भएको मोटरसाइकल दुर्घटनामा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको गौरीगञ्ज शाखाका प्रमुख २७ वर्षीय प्रदीप लम्सालको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार शनिबार राति ११ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा मे १०प ९८२६ नंको मोटरसाइकल राजमार्गमा उभिएको राँगासँग ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लम्सालको उपचारका लागि दमकको लाइफलाइन हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो मोटरसाइकलमा पछाडि सवार २६… पुरा पढौ

केही दिनभित्रै सार्वजनिक सवारी चल्ने

सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार भएका छन् । केही दिनभित्रै सार्वजनिक सवारीहरु चल्न सुरु गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । सरकारले असार २६ गतेबाट काठमाडौं उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सिट क्षमताको आधा यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो ।यातायात व्यवसायीका छाता संगठनहरुले विभिन्न माग राख्दै सवारी नचलाउने निर्णय गरेका थिए । चर शुक्रबार आएको मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीहरुले बताएका छन् । बैंकको… पुरा पढौ

हराएका र चोरी भएका ७२ लाख मूल्य बराबरको मोबाइल फेला

हराएका र चोरी भएका ७२ लाख मूल्य बराबरको विभिन्न ब्राण्डका मोबाइल प्रहरीले खोजी गरेर सम्बन्धित धनीलाई बुझाएको छ । इलाका प्रहरी कार्यालय इटहरीले असार र साउन महिनामा ती मोबाइल फेला पारेको हो । दुई महिनाको अवधिमा २९६ थान विभिन्न ब्राण्डका मोवाइल फेला पारेको इलाका प्रहरी कार्यालय ईटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । सो मोबाइलको बजार मूल्य ७२ लाख १८ हजार रहेको छ । ०७६ वैशाखमा इप्रका ईटहरीमा सिडीआर शाखा स्थापना गरेर हराएका तथा चोरी भएका मोबाइल खोजी गर्न थालिएको… पुरा पढौ

प्युठान ट्याक्टर दुर्घटनाः ज्यान गुमाउने सातजनाकै पहिचान खुल्यो

प्युठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटनामा ज्यान गुमाउने सातैजनाको पहिचान खुलेको छ । मृतक सबै रोल्पाको रहेको प्रहरीले जनाएको छ । ट्याक्टर दुर्घटनामा रोल्पा रुम्टगढी गाउँपालिका– ५ का १९ वर्षीय थमन बाठामगर, १९ वर्षकै वीरेन्द्र बाठामगर, २४ वर्षीय रिमबहादुर बस्नेत, २१ वर्षीय सागर बस्नेत, २५ वर्षीय कविराम बस्नेतले ज्यान गुमाएका छन् । यस्तै ज्यान गुमाउनेमा रोल्पा रुम्टगढी गाउँपालिका– ५ का गोवर्द्धन बुढामगर र त्रिवेणी गाउँपालिकाका २५ वर्षीय कमल कुँवर छन् । कुवँर ट्याक्टर चालक रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णुप्रसाद… पुरा पढौ