समाचार

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

गोरखा, २५ असोज। चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताउनुभयो । चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उहाँले बताउनुभयो । आज बिहान ४ः०० बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए । बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको… पुरा पढौ

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

काठमाडौं, २५ असोज। नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गर्दैछन् । घरको पूजाकोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री को आह्वान गरी पूजाआराधना गरिन्छ । शैलपुत्री नवदुर्गाका नौ स्वरूपमध्ये प्रथम हुन् । गिरिराज हिमालयकी पुत्री पार्वती नै शैलपुत्री भएको उल्लेख देवीकवच, मार्कण्डेय पुराणलगायत ग्रन्थमा गरिएको छ । पुरा पढौ

बडादसैँ सुरु : आज घटस्थापना, घरघरमा विधिपूर्वक जौँको जमरा राखिँदै

काठमाडौ, २५ असाेज । नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाइने यो पर्वको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिएको छ। आज बिहानै नित्यकर्म समाप्त गरी नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठामा विधिपूर्वक यव अर्थात् जौँ… पुरा पढौ

हिमाली र पहाडी भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २५ असोज। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ । त्यसैगरी, आज… पुरा पढौ

क्षत्री समाज नेपालद्वारा घटस्थापना तथा ‘क्षेत्री दिवस’ को शुभकामना व्यक्त, उमंगका साथ मनाउन आह्वान

पोखरा, २४ असाेज। बडादसैँको पहिलो दिन असाेज २५ गते घटस्थापनाकाे अवसरमा क्षेत्री समाज नेपाल, केन्द्रीय समितिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै हर्षोल्लासका साथ 'क्षेत्री दिवस' मनाउन आह्वान गरेको छ। समाजका केन्द्रीय अध्यक्ष रिब बहादुर थापाद्वारा जारी शुभकामना सन्देशमा घटस्थापना पर्वलाई क्षेत्री समुदायले वर्षौँदेखि आफ्नो सांस्कृतिक तथा जातीय पहिचान झल्कने पोसाक, झाँकी, बाजागाजा र सरुन नाचका माध्यमबाट क्षत्री दिवसका रूपमा मनाउँदै आएको स्मरण गराइएको छ। शुभकामना सन्देशका मुख्य बिन्दुहरू: ऐतिहासिक पहिचान र योगदान: नेपालको मुलुकी प्रशासन, शान्ति… पुरा पढौ

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्रको अनिर्वायता सर्वोच्चद्वारा बदर, अब नागरिकताकै आधारमा सेवा पाइने

काठमाडौं, २४ असाेज। सर्वोच्च अदालतले बैंक खाता सञ्चालन, ग्राहक पहिचान अद्यावधिक तथा मोबाइल नम्बर परिवर्तन जस्ता बैंकिङ सेवा उपभोग गर्दा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर अनिवार्य गर्ने व्यवस्थालाई बदर गरिदिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ (इ.प्रा. निर्देशन नं. १९/०८२) को उक्त बाध्यकारी व्यवस्थालाई उत्प्रेषणको आदेशमार्फत खारेज गरेको हो। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरलाई नागरिक पहिचानको 'एकमात्र आधार' बनाएको थियो। अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको… पुरा पढौ

कोशी प्रदेशमा १३ भाषालाई सरकारी कामकाजको मान्यता, नेफिनद्वारा स्वागत

काठमाडौं, २४ असाेज। कोशी प्रदेशसभाबाट ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ। प्रदेशभित्र बोलिने विभिन्न राष्ट्रभाषाहरूलाई सरकारी कामकाजको भाषाका रूपमा कानुनी मान्यता दिने यो निर्णयलाई भाषिक अधिकारको सम्मान, पहिचानको संरक्षण र समावेशी शासनतर्फको ऐतिहासिक कदमका रूपमा लिइएको छ। यस ऐतिहासिक विधेयक पारित भएकोमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले स्वागत व्यक्त गर्दै मातृभाषा र भाषिक पहिचानका पक्षधरहरूमा नयाँ आशा जागेको जनाएको छ। नेपालीबाहेक थप १३ भाषाले पाए मान्यता नयाँ कानुनी व्यवस्थाअनुसार कोशी… पुरा पढौ

सेन्ट मेरीज स्कूल पोखराकाे अभिभावक दिवस सम्पन्न

पोखरा, २४ असोज । छात्राहरूकाे शिक्षामा समर्पित पाेखराकाे सेन्ट मेरीज सेकेण्डरी स्कूलमा शनिबार अभिभावक दिवस सम्पन्न भएकाे छ । विद्यालयकाे सभाहलमा आयोजित उक्त कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो। पहिलो चरणको कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य रहनुभएको थियो। मन्तव्यका क्रममा उहाँले भन्नुभयो, "विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि किताबी ज्ञानसँगै यस्ता अतिरिक्त क्रियाकलाप र व्यवहारिक शिक्षाको ठूलो भूमिका हुन्छ। अभिभावक र विद्यालयको संयुक्त प्रयासले मात्रै बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्न सकिन्छ।" त्यसैगरी दोस्रो चरणको कार्यक्रमका… पुरा पढौ

नेपाली कांग्रेसकाे सभापतिमा थापा निर्वाचित

काठमाडौं, २४ असोज। नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । छ हजार ५८४ मतका साथ उहाँ विजयी हुनुभएको हो । निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभयो । निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए । पुरा पढौ

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौं, २४ असोज। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने आइतबार गरिन्छ । पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण, सिदादान… पुरा पढौ