समाचार

यस्तो छ आजको मौसम, हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २४ असोज। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । त्यसैगरी, आज दिउँसो कोशी प्रदेशका सबै तथा देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल… पुरा पढौ

व्यवसायमैत्री कानुन निर्माणमा निजी क्षेत्रकाे सहभागिता हुनुपर्छ : महासङ्घ अध्यक्ष श्रेष्ठ

ललितपुर, २३ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले देशमा लगानीको वातावरण बनाउन व्यवसायमैत्री कानुन निर्माण र नीतिगत सुधारमा निजी क्षेत्रको प्रत्यक्ष सहभागिता हुनुपर्नेमा जोड दिनुभएको छ। ललितपुर उद्योग वाणिज्य सङ्घको ४७औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले कानुन निर्माणका छलफलमा निजी क्षेत्रलाई साक्षीका रूपमा मात्र नभई मुख्य सरोकारवालाका रूपमा सहभागी गराउनुपर्ने बताउनुभयो। महासङ्घले व्यवसायसँग सम्बन्धित कानुन तथा अध्यादेश सुधारका लागि हालै सरकारसमक्ष ३६ बुँदे सुझावपत्र पेस गरेको जानकारी दिँदै उहाँले प्रधानमन्त्री कार्यालयसँग लगानी प्रवर्द्धनसम्बन्धी अवधारणामा काम… पुरा पढौ

कात्तिक १३ देखि १५ गतेसम्म ‘काठमाडौं फिल्म फेस्टिभल’ हुने

काठमाडौं, २३ असोज । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १३, १४ र १५ गते ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्ने भएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फिल्म महोत्सवमार्फत नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय कलाकारको सम्मान तथा काठमाडौंसहित देशभरका कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने उद्देश्य राखिएको बताएकी छन् । काठमाडौं फिल्म फेस्टिभलबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै डंगोलले तीन दिनसम्म काठमाडौंका विभिन्न स्थानमा फरक–फरक कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । महोत्सवको पहिलो दिन खुला स्थानमा चलचित्र प्रदर्शन (ओपन एयर… पुरा पढौ

उपत्यकामा जुनसुकै ब्रान्डको सिलिन्डर साटफेर गर्दा पनि अतिरिक्त शुल्क नलाग्ने

काठमाडौं, २३ असाेज। चाडपर्वको समयमा काठमाडौँ उपत्यकामा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर अर्को ब्रान्डको भरी सिलिन्डर लिन पाइने व्यवस्था औपचारिक रूपमै लागू हुने भएको छ। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको छलफलपछि घटस्थापनादेखि फूलपातीसम्म यो व्यवस्था कार्यान्वयनमा ल्याउने सहमति जुटेको हो। यस व्यवस्थाअन्तर्गत उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर तोकिएका बिक्री केन्द्रहरूमा बुझाएर त्यहाँ मौजुद रहेको अर्को ब्रान्डको भरी सिलिन्डर लिन पाउनेछन्। यसरी एकअर्का कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले कुनै… पुरा पढौ

विश्व करदाता संघको सल्लाहकार बोर्डमा गोविन्द शर्मा गैह्रे

काठमाडौं, २३ असोज । नेपालको करदाता अधिकार, कर नीति तथा वित्तीय सुशासनका क्षेत्रमा सक्रिय चार्टर्ड एकाउन्टेन्ट गोविन्द शर्मा गैह्रे विश्व करदाता संघको सल्लाहकार बोर्डमा नियुक्त हुनुभएको छ। गैह्रेको नियुक्ति पोल्यान्डको क्राकोमा आयोजित विश्व करदाता संघको साधारणसभा तथा सम्मेलनका क्रममा भएको हो। उक्त सम्मेलन सन् २)२६ अक्टोबर ५, आइतबार सम्पन्न भएको थियो । संघको साधारणसभाबाट भएको यस नियुक्तिले नेपालको करदाता अधिकार अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गरेको छ। विश्वका ५) भन्दा बढी देशका करदाता संगठनहरूलाई समेट्ने अन्तर्राष्ट्रिय सञ्जालले करदाताको… पुरा पढौ

एमजीको नयाँ इलेक्ट्रिक एसयूभी ‘हेक्टर टोमहक’ नेपाल भित्रियो

काठमाडौं, २३ असाेज । नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले भारतमा निर्मित एमजीको नयाँ इलेक्ट्रिक एसयूभी ‘हेक्टर टोमहक’ (Hector Tomahawk EV) नेपाल भित्र्याएको छ। कम्पनीले यसअघि नै टोमहक ईभीको बुकिङ खुला गरिसकेको छ भने यसको आधिकारिक मूल्य असोज २४ गते शनिबार एक विशेष कार्यक्रम आयोजना गरी सार्वजनिक गर्ने तयारी गरेको छ। पावर, ब्याट्री र रेन्ज: एमजी हेक्टर टोमहकमा १५० किलोवाट (kW) को शक्तिशाली इलेक्ट्रिक मोटर र ६९.२ किलोवाट आवर (kWh) को ब्याट्री प्याक राखिएको छ, जसले… पुरा पढौ

स्ट्यानफोर्ड विश्वविद्यालयको प्रभावशाली वैज्ञानिककाे सूचीमा निरञ्जन कोइराला जमिनसहित ३१ नेपाली

काठमाडाैं, २३ असाेज । अमेरिकाको प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालयले ‘एल्सेभियर’ (Elsevier) सँगको सहकार्यमा सार्वजनिक गरेको विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा ३१ जना नेपाली वैज्ञानिकहरू पर्न सफल भएका छन्। अनुसन्धानकर्ता, पाेखराका निरञ्जन कोइराला 'जमिन'ले दिएको जानकारीअनुसार 'स्कोपस' (Scopus) डाटाबेसबाट प्राप्त मानकीकृत साइटेसन मेट्रिक्स, अनुसन्धान पत्रको प्रकाशन संख्या र एक वर्षको अनुसन्धान प्रभाव (Citations Impact) का आधारमा यो अन्तर्राष्ट्रिय सूची तयार पारिएको हो। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली अनुसन्धानकर्ता तथा वैज्ञानिकहरूले पाएको यो मान्यताले नेपालमा पनि विश्वस्तरीय अनुसन्धान र नवप्रवर्तन गर्न सक्ने क्षमतावान् वैज्ञानिकहरू… पुरा पढौ

ट्रयाङ्क्युलिटी स्पाले पायो आइएसपीएकाे सदस्यता

काठमाडौं, २३ असाेज। नेपालमा करिब २० वटा आउटलेटमार्फत सेवा सञ्चालन गर्दै आएको ट्रयाङ्क्युलिटी स्पाले विश्वकै प्रतिष्ठित स्पा तथा वेलनेस संस्था अन्तर्राष्ट्रिय स्पा एशाेशियशनकाे सदस्यता प्राप्त गरेको छ । आइएसपीएको सदस्यता प्राप्त गर्ने नेपालकाे पहिलो स्पाका रूपमा ट्रयाङ्क्युलिटी स्पा अन्तर्राष्ट्रिय स्पा तथा वेलनेस समुदायमा जोडिएको छ । यो उपलब्धि एउटा व्यावसायिक संस्थाको सदस्यतामा मात्र सीमित नभई नेपालको स्पा तथा वेलनेस उद्योग अन्तर्राष्ट्रिय जगतमा महत्वपूर्ण कोसेढुंगाका रूपमा स्थापित भएकाे कम्पनीले जनाएकाे छ। विश्वभरका स्पा तथा वेलनेस व्यवसाय, व्यावसायिक संस्था, विज्ञ तथा विशेषज्ञहरूलाई… पुरा पढौ

स्कुल बस दुर्घटना: पाेखरा महानगरद्वारा ५ सदस्यीय छानबिन समिति गठन

पोखरा, २३ असाेज । पोखरा महानगरपालिका–२८ माझठानामा शुक्रबार बिहान भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न पोखरा महानगरपालिकाले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिका सदस्यहरूमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहेका छन्। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयहरूको विस्तृत अध्ययन तथा छानबिन गरी ५ दिनभित्र सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको… पुरा पढौ

रुपाताल पुनर्थापना तथा मत्स्यपालन संस्था २५ वर्षमा प्रवेश

पोखरा, २३ असोज । कास्कीको तेस्रो ठूलो रुपातालको संरक्षणसँगै माछापालनमार्फत आयआर्जन गर्दै आएको रुपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारी संस्था लिमिटेड २५ वर्षमा प्रवेश गरेको छ। संस्थाले आगामी चैत १ गते रजत जयन्ती मनाउने भएको छ । संस्थाको बिहीबार सम्पन्न २५औँ वार्षिक साधारणसभाका वक्ताहरूले रुपातालको प्राकृतिक सम्पदा, जैविक विविधता तथा सिमसार क्षेत्रको संरक्षणसँगै दिगो उत्पादनमा जोड दिएका छन्। कार्यक्रमका प्रमुख अतिथि रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले प्राकृतिक स्रोत तथा साधनको संरक्षणमा स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहने भन्दै सरकारी तथा स्थानीय निकायबीच… पुरा पढौ