तस्बिर बोल्छ

शतबिज छर्दै

विराटनगर, ६ मंसिर । विराटनगर–१ स्थित परोपकारघाटमा रहेको शिव मन्दिरमा शतबिज छर्दै तिर्थालुहरु । तस्बिर : अनुज सापकोटा, रासस पुरा पढौ

पशुपतिमा भक्तजनको घुइँचो

काठमाडौं, ५ मंसिर । पशुपतिनाथ मन्दिर परिसरमा बालाचतुर्दशीको अघिल्लो दिन आज पितृको नाममा बत्ती बाल्न र भोलि बिहान सतबीज छर्न आएका भक्तजनको भीड । तस्बिर: हरिराम भेटुवाल-रासस पुरा पढौ

हेलिकप्टरबाट मतपेटिका ओसार्दै

मनाङ, ५ मंसिर । मनाङका दुर्गम गाउँपालिका नार्पाभूमिबाट सदरमुकाम चामेस्थित मुख्य निर्वाचन कार्यालयमा हेलिकप्टरले मतपेटिका ओसार्दै । तस्बिरः नवीन लामिछाने -रासस पुरा पढौ

एफएनसीसीआइका वरिष्ठ उपाध्यक्ष ढकालले गरे मतदान

काठमाडाैं, ४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं स्थापित उधाेगी चन्द्रप्रसाद ढकालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा काठमाडौं विशालनगरस्थित मतदान केन्द्रबाट मतदान गरेका छन । वरिष्ठ उपाध्यक्ष ढकालले सबै उधाेगी ब्यबसायी तथा नागरिकहरूलाइ निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह समेत गरेका छन । पुरा पढौ

पर्यटकीय गन्तव्य गाजा दह

बागलुङ, ३ मंसिर । नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत जैमिनी नगरपालिका–३ दमेकमा रहेको गाजा दह । तस्बिर : खेमराज गौतम - रासस पुरा पढौ

सडक सञ्जाल जोडिएपछिको विष्ट गाउँ

रुकुम, २ मंसिर । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ गोतामकोटको विष्टगाउँ । सडक सञ्जालसँग जोडिएपछि यहाँको विकासनिर्माणले समेत तीव्रता पाएको छ । तस्बिर : हेमन्त केसी-रासस पुरा पढौ

मतदान केन्द्रतर्फ जाने तयारीमा सुरक्षाकर्मी

बागलुङ, १ मंसिर । बागलुङ मतदान केन्द्रमा जाने तयारी गर्दै सुरक्षाकर्मी । तस्बिरः रामबहादुर थापा-रासस पुरा पढौ

विद्यार्थीले फलाएको काउली

म्याग्दी, १ मंसिर । म्याग्दीको मुक्तिधाम माध्यमिक विद्यालयले प्रयोगात्मक कृषि अन्तर्गत विद्यालयको करेसाबारीमा फलाएको काउली देखाउँदै विद्यार्थी । तस्बिर : ध्रुवसागर शर्मा-रासस पुरा पढौ

घरमा लागेको आगो निभाइँदै

भक्तपुर, ३० काठमाडौं । मध्यपुरथिमि नगरपालिका–६, राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा लागेको आगो निभाउन घरभित्र पस्दै सुरक्षाकर्मी । आगोलागीबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । तस्बिर : रमेश गिरी-रासस पुरा पढौ

म्याग्दीमा थाली नाच

म्याग्दी, ३० कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा बाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावीसभामा थाली नाच देखाउँदै कलाकार । चिमखोला थाली नाचको उद्गम थलो मानिन्छ । तस्बिर : कमल खत्री-रासस पुरा पढौ