तस्बिर बोल्छ

कमला नदीमा भक्तजनको घुइँचो

धनुषा, २२ कात्तिक । धनुषा र सिरहाको सिमाना छुट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्याप्राप्त हुने जनविश्वासका साथ मंगलबार कमला नदीमा मेला भर्ने भक्तजननको घुइँचो । तस्बिर: मनोजकुमार मोरबैता - रासस पुरा पढौ

थपिँदै लामो झोलुङ्गे पुल

बागलुङ, २१ कात्तिक । जिल्लाको बागलुङ नगरपालिका–४ कुडुँले र म्याग्दीको बेनी नगरपालिका–१ स्थित रत्नेचौर जोड्ने ३८८ मिटर लामो दुई जिल्ला जोड्ने निर्माणको अन्तिम चरणमा रहेको झोलुङ्गे पुल । बागलुङ, पर्वत र म्याग्दी जिल्लामा पछिल्लो समय झोलुङ्गे पुल थपिने क्रम जारी रहेको छ । तस्बिरः खेमराज गौतम-रासस पुरा पढौ

भगवान बुद्ध र विष्णुको मूर्ति अनवारण गर्दै राष्ट्रपति

मुस्ताङ, १८ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा भगवान् बुद्धको प्रस्तर मूर्तिको अनावरण एवम् भगवान् विष्णुको पस्तर मूतिको शिलान्यास समारोहमा । तस्बीरः सुशीलबाबु थकाली÷रासस पुरा पढौ

घोडेपानीमा पर्यटक

म्याग्दी, १८ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी भ्रमणमा आएका पर्यटक । पछिल्लो पटक घोडेपानीलगायत म्याग्दीका पर्यटकीयस्थलमा पर्यटकको आगमन र चहलपहल बढेको छ । तस्बिरः सन्तोष गौतम-रासस पुरा पढौ

महिलाको उद्धार

जुम्ला, १७ कात्तिक । आउदो मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतपत्र ओसार्दै गरेको नेपाली सेनाको हेलिकोप्टरमार्फत पाठेघरको समस्या भएकी तातोपानी गाउँपालिका–६ जुम्लाका स्थानीय महिलाको बुधबार उद्धार गरिँदै । तस्बिर : शुरबहादुर सिंह-रासस पुरा पढौ

धान काट्न कृषि यन्त्र प्रयोग गरिँदै

नवलपरासी पूर्व, १६ कात्तिक । हाते ट्रयाक्टरको सहायताले धान काट्दै किसान । कृषि यन्त्रको प्रयोग गरेर काम गर्दा जनशक्ति कम लाग्नुका साथै सहज र छिटोछरितो हुने किसान बताउँछन् । तस्बिर : विष्णुप्रसाद गौडेल-रासस पुरा पढौ

छोइलापास लेक हिउँले सेताम्य

डोल्पा, १६ कात्तिक । डोल्पाको डोल्पोबुद्घ गाउँपालिकामा रहेको पाँच हजार २२० मिटर अग्लो छोइलापास लेकमा हिउँले सेताम्य । यही लेक पार गरेर तिन्जे र मरिम्ला जाने र आउने गरिन्छ । तस्बिर : हेमन्त केसी-रासस पुरा पढौ

ओदानेडाँडाको पृष्ठभूमिमा अन्नपूर्ण हिमाल

ढोरपाटन, १५ कात्तिक । काठेखोला गाउँपालिका–७, रेशबाट देखिएको ओदानेडाँडा र पृष्ठभूमिमा अन्नपूर्ण हिमाल । तस्बिर : डम्मर बुढा मगर-रासस पुरा पढौ

गोरखाबाट देखिएको सूर्योदयको दृश्य

गोरखा, १५ कात्तिक । गोरखाको अजिरकोट गाउँपालिकास्थित भच्चेक बजारबाट देखिएको सूर्योदयको दृश्य । तस्बिर :दीपक श्रेष्ठ-रासस पुरा पढौ

ढुवानीको साधन खच्चड

डोल्पा, १४ कात्तिक । डोल्पामा उत्पादन भएको स्याउ खच्चडमार्फत जाजरकोटतर्फ ल्याइँदै । तस्बिरः हेमन्त केसी-रासस पुरा पढौ