तस्बिर बोल्छ

साेलार प्यानल

शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित तनहुँ सोलार फार्मले सोलार प्यानल राख्न निर्माण गरिएको स्टेन्ड । बार्षिक १३ लाख ५० हजार बुझाउने शर्तमा ११० रोपनी भानुभक्त बहुमुखी क्याम्पसको जग्गा भाडामा लिई कम्तिमा ५ मेगावट विद्युत निकाल्ने प्रयास गरिएको छ । पुरा पढौ

सडक निर्माण

बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटो खण्डमा सडक कालोपत्रे गर्न बिटुमिन बिछ्याउँदै । पुरा पढौ

माछी मार्नू दुवाली छेकेर

तनहुँको व्यास नगरपालिका–५, साँगे खोलामा माछा मार्दै महिला । पुरा पढौ

निर्माण जारी

ललितपुरको पुञ्चोकस्थित प्रहरी प्रभागको घर निर्माण गर्दै मजदुर । सरकारले कोभिड– १९ को नियन्त्रण तथा रोकथामका लागि लगाएको निषेधाज्ञामा पनि विकास निर्माण काम सुरक्षा मापदण्ड पूरा गरी काम भइरहेको छ । पुरा पढौ

बाँदरको चर्तिकला

स्वयम्भूको विश्वशान्ति पोखरीको धारामा पानी पिउँदै बाँदर । पुरा पढौ

कोराना कोषमा सिद्धार्थ बैंककाे सहयाेग

सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोराना कोषमा सिद्धार्थ बैंक लिमिटेड धनगढी शाखाले १० लाख सहयोग गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई धनगढी शाखाका प्रबन्धक नितेश श्रेष्ठले सो बराबरको चेक हस्तान्तरण गरेका छन । पुरा पढौ

खाद्यान्नकाे जाेहाे

नेपालगञ्ज र सुर्खेतबाट हुम्लाको सिमकोट विमानस्थलमा पुर्‍याइएका खाद्यान्न । कोरोनाको सङ्क्रमण अत्यधिक बढेका कारण केही दिन विमास्थलमै राखेर खाद्यान्न गोदाम लैजाने निर्णय गरिएको छ। पुरा पढौ

गाईकाे चरन

व्यास नगरपालिका–१०, सिसुवा भतेरीमा नगरपालिकाको सहयोगमा संरक्षण गरिएका छाडा चौपाया । उक्त संरक्षण केन्द्रमा हाल ५० भन्दा बढी गाई रहेका छन् । पुरा पढौ

जापानीज शैली

जापानको सिकोत्सु तालमा माछा मार्ने क्रममा देखिएको चित्ताकर्षक लाइन । पुरा पढौ

सवारी ढुवानी

भोजपुर सदरमुकामबाट उत्तरी क्षेत्रमा पर्ने भोजपुरको षडानन्द नगरपालिका र सङ्खुवासभा जिल्लालाई जोड्ने अरुण नदीको सतीघाटबाट फेरीको सहयोगमा सवारी तथा ढुवानीका साधन तारिँदै । पुरा पढौ