खेलकुद

पोखरामा सफल म्याराथन तयारी

पोखरा, २६ माघ । पोखरामा १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुँदैछ । आगामी १ फागुनदेखि सुरु हुने प्रतियोगितामा विभिन्न विधामा दौड हुने आयोजक भूपू खेलाडी मञ्च नेपालले जनाएको छ । फूल म्याराथनका विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रोले ७५ हजार रुपैयाँ तथा सान्त्वना धावकले २५ हजार प्राप्त गर्नेछन् । यस्तै, महिलातर्फ हाफ म्याराथन विजेताले १ लाख, उपविजेताले ७५ हजार, तेस्रोले ५० हजार र सान्त्वनाले १५ हजार नगद प्राप्त गर्ने छन् । आयोजक मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले… पुरा पढौ

राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै

काठमाडौ, २५ माघ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेल विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकाबीच हुनेछ । विराटनगर लिगको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबसँग अङ्क दूरी घटाउने लक्ष्यका साथ मैदानमा उत्रने छ । विराटनगरले हालसम्म छ खेलमा १० अङ्क जोडेको छ । विराटनगर तेस्रो स्थानमा छ । चन्द्रपुर प्रतियोगितामा दोस्रो जितका लागि प्रयास गर्नेछ भने लिगको छैटौँ स्थानमा रहेको चन्द्रपुरको छ खेलबाट तीन अङ्क छ ।… पुरा पढौ

महानगरले क्रिकेट संघलाई रु ५० लाख सहयोग गर्ने

काठमाडौं, २१ माघ । काठमाडौं महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट संघलाई रु ५० लाख सहयोग गर्ने भएको छ । यसका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र संघका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरे । कामपाले यसअघि पनि ए डिभिजन फुटबल क्लबलाई जनही रु १० लाख, बी डिभिजनलाई जनही रु छ लाख र सी डिभिजनलाई रु चार लाख सहयोग गरिसकेको छ । महानगरसँगै देशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन यसप्रकार… पुरा पढौ

पोखरामा १० औं बगर भाइ खलक एट ए साइड हुने

पोखरा, १८ माघ । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकले १० औं सस्करणको बगर भाई एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता फागुनको अन्तिम साताबाट आयोजना गर्ने भएको छ । संस्थाले चौथो स्वर्गीय रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाई खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फागुन २४ देखि २९ गतेसम्म आयोजना गर्ने जनाएको हो । संस्थाले २०६८ सालदेखि ४० देखि ६५ वर्ष उमेर समूहका पाका खेलाडी समेटेर भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । उपाधि विजेता… पुरा पढौ

१९ औं संस्करणको आहा रारा गोल्डकप चैत्र १७ देखि २८ गतेसम्म पोखरा रंगशालामा हुने

पोखरा, १७ माघ । काठमाडौं बाहिर आयोजना हुने फुटबल प्रतियोगिताहरु मध्ये सर्वाधिक लाेकप्रिय आहा राहा गोल्डकपको १९ औं संस्करण आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७७, चैत्र महिनाको १७ गतेदेखि २८ गतेसम्म हुने भएको छ । आज पोखरामा पत्रकार सम्मेलन गरेर प्रतियोगिता आगामी चैत्र १७ गतेदेखि २८ गतेसम्म पोखरा रंगशालामा आयोजना गरिने आयोजक सहारा क्लव पाेखराले जानकारी दिएको हो । पाेखरा रंगशाला कल्वका अध्यक्ष केशव बहादुर थापाले १९ औं संस्करणको आहा रारा गोल्डकपको लागि अखिल नेपाल फुटबल संघ एन्फाले खेल तालिका… पुरा पढौ

कतार टी २० सिरिज : बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडीको घोषणा

काठमाडौं, १७ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा हुने टी २० क्रिकेटका लागि बन्द प्रशिक्षणमा सहभागी गराउन १८ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । बन्द प्रशिक्षणका लागि विनोद भण्डारी, सन्दीप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलमको नाम सार्वजनिक गरिएको छ । यादव पहिलो पटक बन्द प्रशिक्षणका लागि छनोटमा परेका… पुरा पढौ

व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका देवराजलाई

तनहुँ, १६ माघ । व्यास नगरपालिकाले आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महताराले जितेका छन् । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित चौथो म्याराथनको उपाधि ३ घण्टा ३ मिनेट ५१ सेकेन्डमा पार गर्दै महतराले जितेका हुन् । कालीकोट निवासी महतरा गत वर्ष आयोजित तेस्रो अल्ट्रा म्याराथनमा द्वितीय भएका थिए । म्याराथनमा सोलुखुम्बुका सुमन कुलुङ राई द्वितीय र रामेछाप निवासी त्रिभुवन आर्मी क्लबका वेदबहादुर सुनुवार तृतीय भए । राईले सो दूरी ३ घण्टा मिनेट १… पुरा पढौ

पाँचौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ वैशाखमा

कास्की, १४ माघ । नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले कोरोना भाइरसका कारण स्थगन ‘टिभीएस अपाचे पाँचौँ पोखरा स्पोर्टस् अवार्ड’ आगामी वैशाखमा गर्ने भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर गत वर्ष र यस वर्षको गरी दुवै अवार्ड ‘पाँचौँ पोखरा स्पोर्टस् अवार्ड–२०७६/०७७’ नाममा आयोजना गर्ने निर्णय मञ्चको बैठकले गरेको मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए । खेलाडी तथा खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । दुई वर्षको अवधिमा आफ्नो प्रतिभा प्रदर्शनका… पुरा पढौ

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

काठमाडौं, १२ माघ । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उहाँ आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ । अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट लिए । टस जितेर सिड्नी सिक्सर्सले फिल्डिङ रोजेपछि होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १८८ रन बनायो । सिड्नीले २० ओभरमा आठ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो । होबार्टका लागि लामिछानेले चार ओभरमा २४ रन खर्चिए । उनले यसक्रममा तीन चौकासमेत विपक्षी खेलाडीलाई हान्ने… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

काठमाडौं, १० माघ । चौंथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले जितका लागि ६३ रनको लक्ष्य पाएको छ । सुदूरपश्चिम प्रदेशले पहिला ब्याटिङ गर्दै ६२ रन मात्र बनायो । मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि नारायण जोशीले १७ तथा कप्तान सन्तोष भट्टले ११ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक चार… पुरा पढौ