खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : बैतडीको पुरुष र महिला टोली घोषणा

बैतडी, २५ मङ्सिर । प्रधानमन्त्री कप (पीएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने पुरुष तथा महिला खेलाडीको नाम सार्वजनिक गरेको हो । बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दका अनुसार राम चन्दको कप्तानीमा पुरुषको टोली तथा रितुु कनौजियाको कप्तानीमा महिला टोलीको घोषणा गरिएको छ । यसैगरी छनोट भएका पुरुष खेलाडीमा खडकबहादुर बोहरा, गजेन्द्र बोहरा, दीपक बोहरा, दीपेन्द्र ऐरी, वीरेन्द्र नाथ, प्रदीप चन्द, डम्बर… पुरा पढौ

क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता

पोखरा, २४ मंसिर । सांग्रिला क्रिकेट क्लबले कास्की क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा बुधबार भएको खेलमा कास्की क्रिकेट क्लबले टस जितेर व्याटिङ गरेको थियो । पहिला व्याटिङ गर्ने क्रममा कास्की क्रिकेट क्लबले १४६ रन बनाएको थियो । यु–१६ राष्ट्रिय टोलीबाट खेलिसकेका अर्जुन कुमालले ७१ रन बनाएका थिए । उनको अधर्शतकीय पारीको योगदानमा कास्कीले ३७.५ ओभरमा पुरै विकेट गुमाउँदै १४६ रनको योगफल तयार पारेको हो । कुमालले ९३ बल खेल्दै ८ चौकाको मद्धतबाट ७१… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौं, २१ मङ्सिर । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि काठमाडौंको सिनियर महिला तथा पुरुष टोलीको घोषणा गरिएको छ । काठमाडौं जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने महिला तथा पुरुष खेलाडीको नाम आज सार्वजनिक गरेको हो । काठमाडौँ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष अमितवीर पाण्डेका अनुसार अस्मिना कर्माचार्यको कप्तानीमा महिला टोली तथा सञ्जम रेग्मीको कप्तानीमा पुरुष टोलीको घोषणा गरिएको छ । छनोट गरिएका महिला खेलाडीमा सुमन खतिवडा (उपकप्तान), कञ्चन श्रेष्ठ, आरती बिडारी, अस्मिता खरेल, विन्दा कटवाल, कर्माश्री लामा, स्मृता राई,… पुरा पढौ

फाउण्डेशन र स्पोर्टस एकेडेमी गठन

चितवन, २१ मङ्सिर । मदन भण्डारी फाउण्डेशन चितवनले आफ्नो मातहतका पालिकामा संस्था विस्तारलाई तीव्रता दिएको छ । रत्ननगर नगरपालिकामा फाउण्डेशन र मदन भण्डारी स्पोर्टस् एकेडेमी गठन गरिएको हो । दुवै कमिटीले रत्ननगरमा आयोजना गरेको प्रथम विस्तारित बैठकमा १०१ सदस्यीय फाउण्डेशन र ५१ सदस्यीय एकेडेमी घोषणा गरिएको छ । फाउण्डेशन नगर समितिका अध्यक्षमा चन्द्रकान्त न्यौपाने, वरिष्ठ उपाध्यक्षमा सीताराम पोखरेल, उपाध्यक्षमा राजेन्द्र न्यौपाने, सूर्य तामाङ, रश्मि बर्ताैला, कृष्ण श्रेष्ठ र रामप्रसाद लम्साल रहनुभएको छ । सचिवमा इन्द्र भण्डारी, सहसचिवमा लेखनाथ आचार्य र… पुरा पढौ

हिमालयन चितुवा प्रशिक्षणमा व्यस्त

काठमाडौं, २० मङ्सिर । कम उमेरमा अन्तरराष्ट्रिय बक्सिङ प्रतियोगितामा विश्व रेकर्ड बनाउन गर्न सफल भएका युवा बक्सर अविरल घिमिरेले अहिले प्रशिक्षणमा व्यस्त छन् । उनी जापानको टोकियो शहरमा यही मङ्सिर २८ गते आयोजना हुने ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’मा भिड्दै छन् । युवा समाजसेवी रामनारायण घिमिरेले दिएको जानकारीअनुसार अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरल अहिले आफ्ना बुबाकै विशेष प्रतिक्षणमा रहेका छन् । हिमालयन चितुवाले परिचित अविरलले नियमितरुपमा सिमुरा डोजोमा दैनिक आठ घण्टाभन्दा बढी कडा प्रशिक्षण… पुरा पढौ

टोक्यो ओलम्पिकमा थप २ अर्ब ४० करोड खर्च हुँदैछ : आयोजक

टोक्यो, १९ मंसिर । कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रबार जनाएको छ । आयोजक समिति टोक्यो २०२० ले खेलमा भएको ढिलाईका कारण संचालन खर्चमा थप १ अर्ब ५० करोड डलर लाग्ने तथा कोरोनाभाइरसबाट खेलमा सहभागीलाई जोगाउन थप ९० करोड डलर खर्च हुने बताएको छ । यसै वर्ष २०२० मा हुनुपर्ने टोक्यो ओलम्पिक आगामी वर्ष सन् २०२१ मा हुँदैछ । डलर र जापानी येनको परिवत्र्य… पुरा पढौ

एन्फाद्वारा बन्द प्रशिक्षणका लागि ५८ खेलाडी छनोट

काठमाडौँ, १८ मंसिर । अखिल नेपाल फुटबल सङ्घ  (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ । छनोटमा परेकामा २४ नयाँ खेलाडी छन् । बङ्गलादेशसंँग गत महिना भएको दुई मैत्रीपूर्ण खेलअघिको प्रशिक्षणमा सहभागी सबै ३४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको प्रशिक्षक बालगोपाल महर्जनले जानकारी दिए । विमल घर्ती मगर, सन्तोष तामाङ र दिनेश राजवंशी एक वर्षपछि बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । एक वर्षअघि तीनै खेलाडी एन्फाको अनुशासनको कारबाहीमा परेका थिए । बन्द प्रशिक्षण… पुरा पढौ

पीएम कप क्रिकेट : सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

बैतडी, १८ मङ्सिर । प्रधानमन्त्री कप (पीएम) एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक खेल तालिकाअनुसार पुरुषको मङ्सिर २७ देखि र महिलाको छनोट प्रतियोगिता पुुस ४ गतेदेखि छनोट शुरु हुनेछ । नेपाल क्रिकेट सङ्घका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले पुरुषको छनोट प्रतियोगिता कञ्चनपुरको महेन्द्रनगर र महिलाको कैलालीको धनगढीमा सञ्चालन हुने जानकारी दिनुभयो । छनोटमा पुरुषतर्फ प्रदेशका… पुरा पढौ

फुटबलर म्याराडोना रहेनन्

काठमाडौं, १० मंसिर । महान् फूटबलर डियगो म्याराडोनाको निधन भएको छ । उनको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हाे । केही दिनअघि मात्र मस्तिष्कको शल्यक्रिया गरिएपछि उनी अस्पतालमै आराम गर्दै आएका थिए । उनको नेतृत्वमा सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप फुटबल जितेको थियो । अघिल्लो महिनामात्र ६० औं जन्मदिन उनले कोरोना संक्रमणका कारण सेल्फ आइसोलेसनमा मनाएका थिए । उनका बडिगार्डलाई कोभिड–१९ पुष्टि भएको थियो । पुरा पढौ

सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै

काठमाडौं, ८ मंसिर । नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकूद गतिविधि स्थगन गरी खेलाडीलाई सेनाले आआफ्नो युनिटमा फिर्ता पठाएको थियो । सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले खेलकूदलाई पुनः गति प्रदान गर्न दैनिक प्रशिक्षणलाई आगामी शुक्रबारदेखि निरन्तरता दिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । विश्व शान्तिकार्यमा व्यावसायिक, साहसिक र अनुशासित सुरक्षा फौजको रूपमा ख्याति कमाएको नेपाली सेना मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पिन’ हो ।… पुरा पढौ