खेलकुद

एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित

काठमाडौं, ८ असोज। जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि ३४-२५ को जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । यस जितसँगै नेपाली महिला टोलीले कबड्डीमा पदक जित्ने निश्चित भएको छ । यसअघि चिनको हाङजाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा पनि नेपाली महिला टोलीले कास्य पदक जितेको थियो । आज खेलको पहिलो हाफमा १९-१३ को जित निकालेको… पुरा पढौ

विदेशी स्टारको सहभागिताले एनपिएलको दायरा बढ्दै (आलेख)

काठमाडौं, ६ असोज। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करणले नेपाली क्रिकेटमा फ्रेन्चाइज क्रिकेटको आधार तयार गर्‍यो । अब तेस्रो संस्करणतर्फ अघि बढ्दै गर्दा लिगको महत्वपूर्ण पक्ष विदेशी खेलाडीको सहभागिता बन्न पुगेको छ । विदेशी खेलाडी एनपिएलमा जोडिनु नौलो कुरा नभए पनि अन्तरराष्ट्रिय क्रिकेटमा स्थापित र दर्शकमाझ परिचित स्टारको सङ्ख्या बढ्दै जाँदा त्यसको प्रभाव लिगमा बढिरहेको छ । लिगको टोलीहरूबीच पनि चर्चित खेलाडीलाई भित्र्याउन तीव्र प्रतिस्पर्धा भइरहेको छ । अनुभवी विदेशी खेलाडीको आगमनले नेपाली खेलाडीले उनीहरूबाट सिक्ने अवसर,… पुरा पढौ

पोखरामा कर्पोरेट र आमा समूह दौड

पोखरा, ३ असोज । पोखरामा कर्पोरेट पुरुष, बिद्यार्थी छात्र÷छात्रा, खुला÷महिला ÷पुरुष ५ किलोमिटर, आमा समुह र कर्पोरेट महिला समूहको ३ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । पोखरा अन्तराष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार कर्पोरेट ÷महिला पुरुष, पोखरा १० का आमा समुह तथा टोल विकास संस्थाका महिला सदश्यहरु, बिद्यार्थी छात्र–छात्रा र खुला महिला–पुरुष दौड सम्पन्न भएको हो । मञ्चले नियमित रुपमा आयोजना गदै आइरहेको साप्ताहिक तथा मासिक दौड अन्तगर्त प्रत्येक महिनाको पहिलो शनिवार आयोजना गर्दै आएको… पुरा पढौ

द क्लिफ समूहले ३ अर्ब लगानीमा धादिङको भन्ज्याङ पोखरीमा बन्जी निर्माण गर्ने

काठमाडौं, ३ असोज । पर्वतमा बन्जी संचालन गरिरहेको साहसिक पर्यटनमा नेपालको अग्रणी द क्लिफ समूहले धादिङको भन्ज्याङ पोखरीमा ३ अर्ब लगानीमा ३५६ मिटर अग्लो बन्जी निर्माण गर्ने भएको छ । क्लिफ समूहका अध्यक्ष राजु कार्कीका अनुसार प्रस्तावित बन्जी विश्वकै अग्लो बन्जीका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। प्रस्तावित उक्त परियोजनामा सितापाइला काठमाडौंबाट करिब आधा घन्टामा पुग्न सकिने बताइएको छ। काठमाडौं नजिकै धादिङमा निर्माण हुने यो परियोजनाले साहसिक पर्यटनमा नयाँ आकर्षण थप्ने अपेक्षा गरिएको द क्लिफका संचालक राजन कुमार जोशीले बताए… पुरा पढौ

गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि

लिस्बन, २ असोज। पोर्चुगलमा सम्पन्न युरोपस्तरीय ‘एनआरएनए टी–१० क्रिकेट प्रतियोगिता–२०२६’को उपाधि गोरखा ११ क्रिकेट क्लब पोर्चुगलले जितेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलको आयोजनामा सान्तारेमस्थित क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा गोरखा ११ ले जिजिरा युनाइटेड क्रिकेट क्लब माल्टालाई पराजित गर्दै उपाधि जितेको हो । टस जितेर पहिले ब्याटिङ गरेको जिजिरा युनाइटेडले निर्धारित १० ओभरमा छ विकेट गुमाएर ९२ रन बनाएको थियो । ९३ रनको लक्ष्य पछ्याएको गोरखा ११ ले ८.३ ओभरमा लक्ष्य पूरा गरेको हो । उपाधिसँगै गोरखा ११… पुरा पढौ

अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती

काठमाडौं, ३१ भदौ। आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको खराब प्रदर्शनपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले गरेको कप्तान परिवर्तनको निर्णय सही दिशातर्फ गएको देखिन थालेको छ । क्यानले गत साउनमा रोहितकुमार पौडेललाई कप्तानबाट हटाउँदै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी दिएको थियो । अन्तरराष्ट्रिय क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन, चर्चित विदेशी व्यावसायिक क्रिकेट लिगको अनुभवलगायत कारण कप्तानमा सन्दीपको पुनरागमन सम्भव भयो । क्यानले एकदिवसीय टोलीमा कप्तानमात्र नभई केही खेलाडीसमेत परिवर्तन गरेको थियो । कप्तानमा नियुक्त भएलगत्तै उहाँको सामु सर्वाधिक ठूलो… पुरा पढौ

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि

काठमाडौं, २८ भदौ। नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् । एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) सँगको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् । सन्दीपले हालसम्म एकदिवसीयमा १५८ र टी-२०आई क्रिकेटमा १४२ विकेट लिएका छन् । उनले अहिलेसम्म एकदिवसीयमा ७९ र टी-२० आईमा ७८ वटा खेल खेलेका छन् । सन्दीपले विदेशी मैदानमा एसिसी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि… पुरा पढौ

नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन, एसिया कपमा स्थान सुरक्षित

काठमाडाैं, २७ भदाै। नेपाल एसीसी प्रिमियर कपको नयाँ च्याम्पियन बनेको छ। मलेसियाको क्वालालम्पुरमा शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४५ रनले पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा जमाएको हो। यस जितसँगै नेपालले आगामी एसिया कपमा आफ्नो स्थान समेत सुरक्षित गरेको छ। नेपालले जितका लागि दिएको ३१४ रनको फराकिलो लक्ष्य पछ्याएको यूएई निर्धारित ५० ओभरको खेलमा २६८ रनमा अलआउट हुन पुग्यो। यूएईका लागि राहुल चोप्राले ११५ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। त्यस्तै शोयब खानले… पुरा पढौ

एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै

काठमाडौं, २७ भदौ। तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन् । नेपाल र युएईबीचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५ बजे सुरु हुनेछ । दुवै टोली दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो । युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो । यसपटक भने उपाधि विजेता… पुरा पढौ

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

काठमाडौं, २५ भदौ। नेपालले ओमानलाई पराजित गर्दै एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मलेसियाको बायुमास ओभरल क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८७ रनको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालले जितको लागि दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ६० रनमा समेटिएको हो । ओमानका लागि जतिन्दर सिंहले २५ तथा जितेनकुमार रामानन्दीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । ओमानलाई ६० रनमा समेट्नेक्रममा… पुरा पढौ