Uncategorized

खप्तड प्रकृतिको अनुपम उपहार हो, मास्टरप्लान बनाएर विकास गरौं : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको चार जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको संगमस्थल खप्तड प्रकृतिको अनुपम उपहार भएको बताएका छन् । खप्तड पर्यटन विकास समितिद्वारा आज आयोजित ‘खप्तडको पर्यटन विकासका लागि अन्तक्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले खप्तडजस्तो प्राकृतिक सुन्दरता भएको ठाउँ अन्त कतै नभएको दाबी गरे । उनले भने, ‘हामी स्वीट्जरल्याण्ड, सिंगापुर घुम्न गइरहेका छौं तर त्यो नेचुरल होइन, कृतिम हो, हाम्रै देशमा भएका प्रकृतिले दिएका खप्तड, राराजस्ता नेचुरल ठाउँको विकास गरौँ, पर्यटक आउने छन् ।’… पुरा पढौ

‘सुपरम्यान जीपलाइन’ काे सयर शाहसिक र रमाइलो : अध्यक्ष तिमिल्सिना

पर्वत २३, फागुन । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना शाहसिक खेल 'सुपरम्यान जीपलाइन'मा सहभागी भएका छन्। कार्यक्रमको सिलशिलामा गृह जिल्ला पर्वत पुगेका अध्यक्ष तिमिल्सिनाले कुस्माबजार नजिक कालीगण्डकी नदीको खोँचमा बनेको जीपलाइनमा सयर गरेका हुन । हार्नेस जिपलाइन प्रालि कुस्माले सञ्चालनमा ल्याएको सुपरम्यान जीपलाइन विश्वकै दोस्रो लामो भएको कम्पनीको दाबी रहेको छ। कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जीपलाइन १४ सय ८० मिटर लामो रहेको छ। अध्यक्ष तिमिल्सिनाले सोही सुपरम्यान जीपलाइनबाट १४ सय ८० मिटर दूरीको रिसोर्टमा ल्याण्ड गरेका थिए… पुरा पढौ

मदन भण्डारी राजमार्ग : रुख काट्ने प्रक्रिया ढिलो हुँदा समस्या

काठमाडौं, २० फागुन । मदन भण्डारी राजमार्गको धरान–झापा खण्डको सडक निर्माण कार्य हालसम्ममा १२ प्रतिशत मात्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ । धरानदेखि पूर्वमेचीसम्मको करिब १२५ किमी सडकखण्डमध्ये ६३ किलो मिटरको ठेक्का व्यवस्थापन भइसकेको कार्यालयका सूचना अधिकारी सजित शर्माले बताए । सर्दुखोलादेखि बेलडाँगीसम्म ५३ किलोमिटर र शान्तिगरदेखि बाहुनडाँगीसम्मको १० किलोमिटरको ठेक्का निर्माण व्यवसायी श्रेष्ठ–मोतिदान जेभी काठमाडौँले लिएको छ । ३ प्याकेजमा ठेक्का लिएको जेभीले हालसम्म कूल भौतिक प्रगतिको १२ प्रतिशत रहेको जनाएको छ । सडक निर्माणमा… पुरा पढौ

सौराहामा बढे विदेशी पर्यटक, व्यवसायी उत्साहित

चितवन, ११ फागुन । नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेपछि व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण सुस्ताएको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने अनुमान गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यून हुँदै गएपछि गोष्ठी, सभा, सम्मेलनजस्ता कार्यक्रमले समेत यहाँका ठूला होटल भरिन थालेका छन् । लामो समयपछि युरोपियन पर्यटक आउन सुरु गरेका हुन् । “भारतीय पर्यटकको बुकिङ् पनि राम्रो छ”, क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईले भने, “विगतका वर्षमा यो बेला… पुरा पढौ

बाक्लाे असिनाले पोखरा सेताम्मे, केहि उद्याेगका संचरना भत्किए, करिब ६५ लाखकाे क्षेती

पाेखरा, ८ फागुन । पोखरामा आज दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनाएकाे छ । दिउँसो साढे १ बजेदेखि असिना पानि सुरू गरेकाेमा याे क्रम अपरान्ह साढे ३ बजे पातलिएकाे थियाे । सवारी जामकाे कारण झमक्क साँझसम्म स्कुल बस बाटाेमै थिए भने विद्यार्थीहरू चीसाेले कठ्याङ्ग्रीएका देखिन्थे । मुख्यतः पाेखराकाे कन्यामार्ग नदीपुरदेखि पूर्व फूलबारी, काहुँ, महेन्द्रपुल, न्यूराेड, चिप्लेढुंगा, नयाँबजार, सिर्जनाचाेक, रानीपाैवा, कुँडहर, चाउथे लगायतका क्षेत्रका सडक, घरका छत र खेतबारी सेताम्य भएका थिए । असिनाले जस्ता पाता लगाएका घर तथा… पुरा पढौ

लामा अमृत फाउण्डेशनद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

पोखरा, ८ फागुन । लम्जुङको मर्स्याङ्दी गाउँपालिका ५ बडलविसौनास्थित सूर्योदय प्राविका विद्यार्थीलाई लामा अमृत फाउडेशन घान्द्रुकले लत्ताकपडासहित शैक्षिक सामाग्री सहयोग गरेको छ । फाउन्डेशनका संस्थापक अमृत गुरुङले स्थानीय बाघेता युनाइटेड क्लबको अध्यक्ष विष्णु गुरुङको पहलमा २२ जना विद्यार्थीलाई ज्याकेट, झोलासहित शैक्षिक सामाग्री सहयोग गरेका हुन् । सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका स्थानीय टोल विकास संस्थाका अध्यक्ष शिवजी गुरुङले फाउण्डेशनको सहयोगप्रति आभार व्यक्त गरे । उनले स्थानीय क्लबको अध्यक्ष विष्णु गुरुङको पहलमा सहयोग गाउँमा भित्रिएको बताउँदै भने, ‘हाम्रो यस्तो कुनामा… पुरा पढौ

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेश

काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ता खम्मबहादुर खातीले वार्षिक प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधानअनुसार महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार उक्त प्रतिवेदन पेश गरिएको हो । राष्ट्रपति भण्डारीले प्रतिवेदनमा भएका सुझाव सरकार र सम्बन्धित निकायले कार्यान्वयन गर्ने अपेक्षा गरेको बताइन् । महान्यायाधिवक्ता खातीले महान्यायाधिवक्ता कार्यालयका समस्या र… पुरा पढौ

दोल्ती पावर कम्पनीले आइपीओ जारी गर्ने

काठमाडौं, २७ माघ । दोल्ती पावर कम्पनी लिमिटेडले साधारण सेयर आइपीओ जारी गर्ने भएको छ । ४.५ मेगावाटको दोल्ती पावर कम्पनी लिमिटेडको स्थानीयबासी तथा सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरुसहित) साधारण सेयर जारी गर्न लागेको हो । कम्पनीले सार्वजनिक निष्कासन गर्नको लागि एनआइसी एसिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ । बिहीबार द्धिपक्षीय सम्झौता सम्पन्न गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले जानकारी दिए । पुरा पढौ

उच्च पहाडी र हिमाली भागमा हल्का हिमपातको सम्भावना

काठमाडाैं, २३ माघ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । तराई भू-भागका केहि स्थानमा हुसु/कुहिरो लागेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान माघ २३ गते   दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।   राती : प्रदेश १ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भूभागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । माघ २४ गते   पूर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । राती : प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक… पुरा पढौ

अष्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएकाे छ : मन्री भुषाल

काठमाडौं, १७ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज उनीहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो । सो अवसरमा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको उल्लेख गर्दै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिइन। उनले विश्वले सामना गरिरहेको महामारी र जलवायु परिवर्तनका चुनौति बढ्दै गएकाले आपसी सहकार्य पहिलाभन्दा अझ बढी… पुरा पढौ