विचार / वार्ता

भारत भ्रमणका प्राथमिकता: हवाई रुट र बिजुलीकाे व्यापार

काठमाडौं, १७ जेठ । “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र ६० अर्बको लगानी गरिसकेको छ । होटलमा मात्र ३० अर्ब लगानी थपियो । विमानस्थलकै आशले सेवा तथा पर्यटन क्षेत्रका धेरै संरचना बने । लुम्बिनी क्षेत्रमा मात्र दैनिक २० हजार जनाको चहलपहल हुने आकलन थियो । तर अहिले हामीले सोचेजस्तो विमानस्थल सञ्चालनमा आउन सकेन । यसले त हामीमा निराशा थपिदियो । यतिका धेरै लगानी डुब्ने त्रास बढ्दो छ । तर हामी उद्योगी–व्यवसायीसँग कुनै विकल्प नै रहेन”, नेपाल उद्योग वाणिज्य… पुरा पढौ

परिवर्तनका लागि अब आन्दोलन गरिरहनु पर्दैन : पूर्वसभामुख नेम्वाङ (अन्तर्वार्ता)

काठमाडौं, १६ जेठ । तत्कालीन संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) ससदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल हुनुभएको छ । कानूनी पृष्ठभूमि रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका–ससदको नेतृत्व सम्हाल्नुभयो । उहाँले मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भई चर्काे सङ्क्रमणकालका समयमा समेत सबै राजनीतिक शक्तिलाई सम्वादमार्फत नै समस्या समाधानका लागि निरन्तर प्रेरणा प्रदान गर्नुभयो । संविधासभाबाट संविधान जारी भएसगैँ उहाँले त्यसमा सफलता प्राप्त गर्नुभयो । पूर्वसभामुख नेम्वाङ अहिले पनि सङ्घीय ससदमा सत्तापक्ष र… पुरा पढौ

सशस्त्र द्वन्द्वदेखि सङ्घीय गणतन्त्रसम्मकाे अवलोकन-डा उप्रेती

काठमाडौं, १५ जेठ । नेपालको विगत तीन दशकमा उठेका राजनीतिक सवालहरु सशस्त्र द्वन्द्व, शान्ति प्रकृया, अन्तरिम संविधान, संविधानसभा निर्वाचन, गणतन्त्र घोषणा, संविधान निर्माणलगायत सामाजिक र राजनीतिक क्षेत्रमा देखिएको परिवर्तनको अवलोकन र दृष्टिकोणलाई यस आलेखमा उल्लेख गरिएको छ । सशस्त्र द्वन्द्वः पूर्वी युरोपलगायत संसारभर ९० को दशकमा आएको प्रजातन्त्रको लहरबाट नेपाल पनि अछुतो रहन सकेन । अन्त्यमा ३० वर्षदेखि सकृय रहेको र निर्विकल्प भनिएको निर्दलीय पञ्चायत प्रणलीलाई नेपालीहरुले जनआन्दोलनको धक्काले फालिदियो । परिणामतः देशमा संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था पुनःस्थापना भयो ।… पुरा पढौ

गणतन्त्र सुदृढ तुल्याउन दलहरूको सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी (अन्तर्वार्ता)

काठमाडौं, १५ जेठ । सङ्घीय गणतान्त्रिक नेपालको दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले नागरिक जीवन व्यतित गरिरहेकी छन् । नेपालको वाम–लोकतान्त्रिक आन्दोलन र महिला सशक्तीकरणको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेर राष्ट्रको सर्वाेच्च पदमा पुग्नुभएका पूर्वराष्ट्रपति भण्डारी गणतन्त्रको संस्थागत विकास, समृद्ध नेपाल र स्वाधीन अर्थतन्त्र निर्माणका लागि अहिले पनि उत्तिकै चिन्तित देखिन्छिन् । गणतन्त्र दिवस–२०८० का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालयमा आयोजना गरिएको फोटो प्रदर्शनीपछि पूर्वराष्ट्रपति भण्डारीले गणतन्त्रका विशेषता, संविधानको कार्यान्वयन र यसमा देखिएका… पुरा पढौ

लोकतन्त्रको रक्षाका लागि जनता सजग छन् : प्रथम राष्ट्रपति डा यादव (अन्तर्वार्ता)

काठमाडौं, १३ जेठ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले संविधानसभाबाट जारी भएको संविधान लोकतन्त्रको मूलबाटो भएकाले दायाँबायाँ नसोची सजग भएर अघि बढ्न आह्वान गरेका छन् । उनले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त समावेशी संविधान र लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल र जनता सजग रहेकाले गणतन्त्रमा आउनसक्ने जस्तोसुकै चुनौतीलाई सहजरुपमा पार लगाउने विश्वास व्यक्त गरे। प्रथम राष्ट्रपति डा यादवले भने, “हामीले अभ्यास गरिरहेको लोकतन्त्र सुन्दर र सही छ, अहिलेको संविधान लोकतन्त्रको मूल बाटो हो ।… पुरा पढौ

सन्दर्भः गणतन्त्र दिवस-सरकारको प्राथमिकतामा सङ्क्रमणकालीन न्याय

काठमाडौं, १३ जेठ । सरकारले सङ्क्रमणकालीन न्यायनिरुपण गर्ने विषयलाई प्राथमिकता दिएको छ । त्यसका लागि सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन गरिसकेको छ । उक्त विधेयक कानुन तथा मानवअधिकार समितिमा दफावार छलफलमा छ । समितिले त्यसको विशेष अध्ययन गर्नका लागि उपसमितिसमेत गठन गरिसकेको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एक सय ८६ वटा संशोधन परेको छ । समितिको प्रारम्भिक छलफलका क्रममा नेपाली कांग्रेसका सभापति एवं समितिका सदस्य शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्यायको विषय छिट्टै निष्कर्षमा पुर्याउनुपर्ने बताए। “सङ्क्रमणकालीन… पुरा पढौ

कस्ताे हुनुपर्छ हाम्राे परराष्ट्र नीति र कूटनीति ?-डा आचार्य

काठमाडौं, १० जेठ । गणतन्त्र नेपालको परराष्ट्र नीतिबारे केही कुरा भन्नु अगाडि परराष्ट्र नीतिकै बारेमा एक–दुई सैद्धान्तिक कुरा गर्नु आवश्यक छ । ‘परराष्ट्र नीति’ भनेको एक देशले अर्को देश या सरकार या अन्तरराष्ट्रिय संस्थाहरूसित कस्तो सम्बन्ध राख्ने या कस्तो व्यवहार गर्ने भन्ने अवधारणा हो । त्यस अवधारणालाई कार्यान्वयन गर्ने प्राविधिक काम या जिम्मेवारीलाई चाहीँ ‘कूटनीति’ भनिन्छ । जनुसुकै देशको परराष्ट्र नीतिमा पनि परिवर्तन भन्दा निरन्तरताको मात्रा बढी हुन्छ किनकी परराष्ट्र नीति निर्धारण गर्ने स्थायी तत्व ‘भूगोल’ हो । भूगोल अपरिवर्तनीय… पुरा पढौ

सार्वजनिक खर्च धान्न मुस्किल, आर्थिक-सामाजिक असमानतामा वृद्धि : प्रा डा प्याकुर्‍याल (विचार)

काठमाडौं, ७ जेठ । आर्थिक गतिविधि न्यून हुँदा स्वतःराजस्व घट्छ । यसले गर्दा बजेट घाटामा रहन्छ । अहिले हामी यही अवस्थाबाट गुज्रिरहेका छौँ । यसले गर्दा सार्वजनिक खर्च धान्न मुस्किल मात्र भएको छैन, बरु आर्थिक-सामाजिक असमानतासमेत अत्यधिक वृद्धि भएको छ । जीवनरक्षाका लागि स्वास्थ्य सेवा, खाद्यान्न उपलब्धताका लागि गरिने अस्तित्व-केन्द्रित खर्च र भौतिक पूर्वाधार र शिक्षामा गरिने लगानीबीचको खर्च विनियोजन अनिश्चित भएको छ । डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यनले ऋणको दायित्व बढेको छ र वित्तीय ‘स्पेस’ साँघुरिएको छ । विश्वव्यापी… पुरा पढौ

सडक सरसफाइ र सुन्दरतामा तिलोत्तमा नगरपालिका अगाडी

रुपन्देही, २ जेठ । सफा र चौडा सडक । सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू । ६ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ । रङरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँ–ठाउंँमा आकाशे पुल, ट्राफिक बत्ती र सङ्केतले यो सडकको यात्रा गर्दा युरोप पुगेको झल्को दिन्छ । तर यो कुनै युरोपतिरको सडक होइन, तिलोत्तमाको सडक हो । बुटवल भैरहवा व्यापारिक मार्गको सबैभन्दा लामो भाग तिलोत्तमा नगरपालिका क्षेत्रभित्र पर्छ । आफ्नो क्षेत्रभित्र पर्ने छ लेन सडकको सरसफाइ… पुरा पढौ

खानेपानीको श्रोतमै किन भयाे पानी अभाव ?

काठमाडौ, २७ वैशाख । मेलम्चीको पानी काठमाडौँ ल्याएर प्रशोधन गरिने स्थान सुन्दरीजल क्षेत्रमै खानेपानीको समस्या हुन थालेको छ । सुन्दरीजल क्षेत्र खानेपानीको राजधानी बनेपनि यस क्षेत्रकै धारामा पानी आउन छोडेपछि स्थानीयवासी चिन्तित बनेका हुन् । राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव भएपछि स्थानीयवासी पानी खोज्न टाढाटाढा जान बाध्य भएका छन् । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नं। १ बाट २७।५ किमी सुरुङको दूरी पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका वडा नं १ महाँकालमा प्रशोधन हुन्छ । दैनिक… पुरा पढौ