विचार / वार्ता

स्काउटका गुरु हेरम्बप्रसाद कोइराला

पोखरा–५ प्रस्याङ्ग निवासी हेरम्बप्रसाद कोइरालालाई सबैले वरिष्ठ समाजसेवी, स्काउट गुरुका रुपमा सम्मान गर्ने गर्दछन् । पोखरामा स्काउटलाई भित्र्याउने , चिनाउने र फैलाउने पहिलो व्यक्ति हुन्– हेरम्ब सर । स्काउटका कारण एक इमान्दार, कर्तव्यनिष्ठ, लगनशील र बिनम्र व्यक्तित्व हेरम्ब सरको अधिकांश समय स्काउट, विद्यालय र सामाजिक सेवा कार्यमा नै बित्छ । अग्रज समाजसेवी हेरम्ब सरसँग समाजले सिक्नुपर्ने गुण धेरै र अनुकरण गर्नुपर्ने पक्ष अनेक छन् । स्काउट सिद्धान्तलाई जीवनमा परिशीलन गरेकाले उनी एक भद्र भलाद्मी, मिलनसार व्यक्तित्वका रूपमा स्थापित छन् ।… पुरा पढौ

‘फार्मेसिस्ट’को आवश्यकता र महत्व

इस्तानवोल टर्कीमा रहेको एफआईपी काउन्सीलले एफआईपीको सुरुवात भएको दिन सेप्टेम्बर २५ मा पहिलो पटक फार्मेसिस्ट डे भनेर घोषणा गरेको थियो । सन २००९ देखि हरेक सेप्तेम्बर २५ का दिन विश्व फार्मेसिस्ट डे मनाउने गरिन्छ । यस बर्स पनि ‘ट्रान्सफरिङ गुड हेल्थ’ भन्ने मुल नाराका साथ यो दिन मनाइदैछ । फार्मेसिस्ट के हो भनेर हाम्रो नेपाली समाजमा प्रश्न गर्यो भने धेरै पढे लेखेका र भलाद्मी मानिसहरुबाट पनि फार्मेसिस्ट एक औषधि पसले भन्ने जवाफ आउने गर्छ । तर यथार्थमा फार्मेसिस्ट को हो… पुरा पढौ

किन गए कुलमान ? किन आए वामदेव ?

कहाँ कुलमान ? कहाँ वामदेव ? यी दुवै आपसमा तुलना गर्न मिल्ने पात्र नै हैनन् । तर कहिलेकांही समय यस्तो भइदिन्छ कि दुवैको चर्चा एकसाथ हुन पुग्छ । वर्तमान, एउटा पात्र देशलाई नभई नहुने तर्जका रुपमा स्थापित छ । अर्काे पात्र देशलाई हुँदै नहुने त्याज्य पात्रका रुपमा चित्रित छ । तर राज्य सञ्चालकलाई नभई नहुने पात्र चाहिएको छैन । अनि हुँदै नहुने पात्र चाहिं जसरी पनि चाहिएको छ । यो लाखा र पाखाको खेल अलि रोचक छ । यहाँ राम्रो… पुरा पढौ

ब्याज अनुदान कर्जा : विदेशिएका युवालाई स्वदेशमै उद्यमी बन्ने अवसर

नेपाल राष्ट्र बैंकले २०७७ साउन १२ मा बैंक तथा वित्तीय संस्थाहरुलाई एक परिपत्र गर्यो । सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिमा उल्लेखित सहुलियतपूर्ण कर्जाहरुमध्ये कृषि तथा पशुप‌ंक्षीकर्जा बाहेक अन्य कर्जा शीर्षकमा ग्रामीण इलाकालाई प्राथमिकतामा राखी २०७८ असार मसान्तसम्म वाणिज्य बैंकले ५ सय वा न्यूनतम् प्रतिशाखा १० तथा राष्ट्रियस्तरका विकास बैंकले ३ सय वा न्यूनतम प्रतिशाखा ५ मध्ये जुन बढी हुन्छ, सोहीबमोजिम सहुलियतपूर्ण कर्जा प्रदान गर्नुपर्नेछ भन्ने आसयकाे परिपत्र थियाे। साथै राष्ट्रियस्तर बाहेकका विकास बैंक तथा वित्तीय कम्पनीले क्रमशः न्यूनतम… पुरा पढौ

पाचौं संविधान दिवस र संवैधानिक विकासक्रम

काठमाडौँ, ३ असोज । नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाबाट निर्मित र राष्ट्रपतिबाट जारी भएको संविधानले पाँचवर्ष पूरा गर्दैछ । संविधानले परिकल्पना गरेको सङ्घीय गणतान्त्रिक राज्य व्यवस्था स्थापित भएर प्रदेश र स्थानीय सरकारहरु निर्माण भएका छन । अहिले नै जनताको जीवनस्तरमा भने उल्लेख्य रुपमा परिवर्तन आउन सकेको छैन । संविधान अझै कार्यान्वयनकै चरणमा रहेको छ । नेपाली जनताको बलिदान, त्याग र तपस्याको प्रतिफलस्वरुप करिब ६५ वर्षको लामो प्रतिक्षापछि नेपालमा लोकतान्त्रिक गणतान्त्रिक राज्यव्यवस्थासहितको संविधान जारी गर्ने कामले सफलता पाएको हो… पुरा पढौ

थला परेको पर्यटन वर्ष २०२० र अबकाे विकल्प

नेपाल भ्रमण वर्ष २०२० को गजबको तयारी थियो। पर्यटन व्यवसायी र सरोकारवालाहरु निकै उत्साहित थिए । पर्यटकीय गन्तव्यहरु र आसपासका बासिन्दाहरू धेरै भन्दा धेरै पर्यटकलाई स्वागत गर्न आतुर थिए। होटल, रिसोर्ट, होमस्टे, यातायात, हवाई लगायतका क्षेत्रमा भरोसाका मुना पलाउँदै थिए। अचानक अदृष्य जिवाणुको ताण्डवले विश्व हल्लाएपछि सब चकनाचुर भयो। नेपाल आकर्षक पर्यटकीय गन्तव्य हो भनेर बिदेशीहरुले पनि भन्ने गरेका छन् । सगरमाथा दिवसका अवसरमा बिदेशका बिभिन्न सहरहरुमा गरिने नेपाल सम्बन्धी प्रबर्द्धनात्मक कार्यक्रममा सहभागी हुन आउने विदेशी पाहुनाहरुको ठुलै जमातले नेपाल… पुरा पढौ

कूटनीतिक पहलमार्फत नेपाल-भारतबीचका समस्या समाधान गर्नुपर्छ:विज्ञ

काठमाडौं, २५ भदौ । नेपाल–भारतको चिसिएको सम्बन्ध सुधार्न कूटनीतिक पहलमार्फत उच्चस्तरीय वार्ता गर्न विज्ञहरुले सुझाएका छन । उनिहरुले नेपाल–भारत सिमानामा रहेका नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय सैनिक फिर्ता पठाउनुपर्ने र दुई देशबीचका समस्यालाई कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन । पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मित्रराष्ट्र भारतसँगको सम्बन्धमा समस्याको प्रमुुख जरो पत्ता लगाउनुपर्ने बताए । उच्च कूटनीतिक पहलमार्फत दुई देशमा देखिएका समस्याको समाधान गर्न जरुरी छ, श्रेष्ठले भने, सार्वभौमसत्ताको सिद्धान्त, पारस्परिक लाभ र साझा हितका निम्ति दुवै… पुरा पढौ

लायन्समा एक दशक

समाजसेवा,सामाजिक काम र समुदायको लागि कुनै पनि काम गर्ने भनेपछि म निकै उत्साहित हुने गर्छु । यही बानीले गर्दा सानै उमेरदेखि अहिलेसम्म बिभिन्न सामाजिक काममा समर्पित भइरहेको छु । १५ बर्षको उमेर, जुन अभिभावकको भरमा बाल्यकाल, विद्यार्थी जीवनयापन गरिरहेको अवस्था हुन्छ । त्यही उमेरमा आत्मैबाट उत्प्रेरित भएर खाजा खर्च बापत अभिभावकबाट पाएको रकम संकलन गरी समुदायमा केही काम गर्न इच्छा जागेकाे थियाे । फलस्वरुप, स्थानीय क्लवको रुपमा २०५१ सालमा सहपाठी विश्वराज बरालको अध्यक्षतामा समाजसेवा युवा क्लवको स्थापना गरियो । जसले… पुरा पढौ

कठै, कृषि प्रधान देश

हामीले स्कुल पढ्दा ‘नेपाल एक कृषि प्रधान देश हो’ भनेर पढेका हौं । त्यो बेलासम्म नेपाल धेरै हदसम्म कृषिमा आत्मनिर्भर पनि थियो । त्यो समयमा चामल, गहुँ, मकै, दाल, तरकारी लगायत खाद्यान्न नेपालमै प्रसस्त उत्पादन हुन्थे । कतिपय उत्पादन भारत, बंगलादेश, श्रीलंका, भुटान लगायत मुलुकमा निर्यात गरिन्थ्यो । नेपालको तराई क्षेत्रलाई खाद्यान्नको भण्डारका रुपमा चिनिन्थ्यो । सानै कक्षादेखि १० कक्षासम्म नेपाली, सामाजिक, पूर्वव्यवसायिक शिक्षा लगायत विषयका पाठ्यपुस्तकमा कृषिका पाठ वा सन्दर्भ हुन्थे । पूर्वव्यवसायिक शिक्षा त पुरै कृषि सम्बन्धी पाठ्यपुस्तक… पुरा पढौ

८ वर्षपछि नेपाली आकाशमै व्यावसायिक उडान तालीम गर्दा

सन २०१२ मा अमेरिकाबाट व्यावसायिक उडानको प्रशिक्षण लिएर नेपाल फर्किएको थिएँ । बिल्कुलै सोचेको थिइन ६ वर्ष वेरोजगार हुनुपर्ला भनेर । सन २०१८ मा सम्मानित संवैधानिक निकाय लोकसेवा आयोगले इतिहासमै पहिलोपटक नेपाल वायुसेवा निगमको लागि जुनियर को–पाइलट सातौं तहको लागि परिक्षा सञ्चालन गर्यो । १३ जनाको योग्यताक्रमको सूचीमा नम्बर एकमा रहँदारहँदै पनि निगमको तालिम लिन अन्य सहकर्मीहरुको तुलनामा २ वर्ष कुर्नुपर्ला भन्ने सोचेको थिईन । पुराना गायक मधु क्षेत्रीको “फूलै फूल मात्र पनि, होइन रहेछ जीवन, काँडाबीच फुल्ने फूल रहेछ… पुरा पढौ