अटाे 🚙

सुजुकीकाे नयाँ फ्रोनक्स एसयुभि सार्वजनिक हुँदै

काठमाडौं, ७ साउन । सिजी मोटोकर्पले सोमबारबाट नेपालमा सुजुकीकाे नयाँ प्यासेन्जर गाडी सार्वजनिक हुने जानकारी गराएकाे छ । सिजी मोटोकर्पले पहिले नै बुकिङ खुल्ला गरिसकेकाे फ्रोनक्स एसयुभि गाडी सार्वजनिक गर्ने जनाएकाे हो । सिजी मोटोकर्प नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता रहेकाे छ । सिजी मोटोकर्पकाे अफरोड एसयूभि जिम्नी गाडीकाे पनि बुकिङ खुल्ला जारिरहेकाे छ । कम्पनीले याे गाडी असाेजमा काठमाडाैमा हुने नाडा अटो शोलाई लक्षित गरेर सार्वजनिक गर्ने भएकाे छ । सोमबार सार्वजनिक हुन लागेकाे फ्रोनक्स गाडीकाे लुक्स आकर्षक… पुरा पढौ

आगामी असोज १ देखि द्रुत बस सेवा सञ्चालन गर्दै मन्त्रालय

काठमाडौं, ५ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी असोज १ देखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने भएको छ । काठमाडौं उपत्यकामा अत्यधिक सवारीसाधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्य पुग्न कठिन भएपछि मन्त्रालयले द्रुत बस सेवा सञ्चालनको व्यवस्था गर्न लागेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए। पहिलो चरणमा भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको उनले बताए। उनले भने, “आगामी दिनमा अन्य रुटमा पनि चलाउन सकिनेछ ।” मन्त्रालयले राम्रो अवस्थाका र क्षमताका निजी कम्पनीका बस छनोट… पुरा पढौ

यस्ताे छ काठमाडाैं महानगरले तोकेकाे नयाँ पार्किङ शुल्क

काठमाडौं,२ साउन। काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका लागि नयाँ पार्किङ शुल्क ताेकेकाे छ। नगर क्षेत्रभित्रका व्यावसायिक भवन, अस्पताललगायत स्वास्थ्यसेवा प्रदायक संस्थालाइ भने सेवाग्राहीका लागि निःशुल्क पार्किङ सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । महानगरको आर्थिक ऐन, २०८० ले बहुतले आवासीय वा व्यावसायिक भवनमा रहेका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ बापतको शुल्क सङ्कलन गर्न निषेध गरेको छ । सोही ऐन साउन १ गतेदेखि कार्यान्वयनमा आएको महानगरले बताएकाे छ। पार्किङ गराउँदा क्षेत्रगत आधारमा स्पष्ट रेखाङ्कन गरेर प्रवेश र बहिर्गमन… पुरा पढौ

बीएमडब्लूको आइएक्स-३ गाडी नेपालमा सार्वजनिक

काठमाण्डौ, २ साउन । लक्ष्मी प्रिमियम मोटर्सले जर्मन प्रिमियम कार ब्रान्ड बीएमडब्लूको आइएक्स–३ गाडी नेपालमा सार्वजनिक गरेकाे छ। पेट्रोलबाट चल्ने एक्स–३ को सफलतापछि इलेक्ट्रिक मोडल आईएक्स ३ गाडी नेपालमा ल्याइएको हो।  कम्पनीले बितेका ३ वर्षदेखि बीएमडब्लूका प्रिमियम उत्पादनहरुकाे बिक्री गर्दै आएकाे छ । बीएमडब्लूको एसएभी आईएक्स–३ विश्वमा अधिक बिक्री हुने मोडलमा पर्छ । कम्पनीले नेपाली बजारमा पनि यसले विश्व बजारमा कमाएकाे जस्तै चर्चा बटुल्न सक्षम हुने बताएकाे छ । नेपालमा विद्युतीय गाडीकाे मागलाई धान्नु पर्ने भएकाे छ । वातावरणकाे हिसाबले पनि… पुरा पढौ

जयनगर-भङ्गाह रेल सेवा विस्तार, चाँडै कार्गो सेवा पनि शुरु हुन्छ: यातायातमन्त्री ज्वाला

धनुषा, ३१ असार । महोत्तरीको लोहरपट्टी नगरपालिका–४ खुट्टाका ५५ वर्षीय जोगी साहलाई आफ्नै जीवनकालमा फेरि रेल चलेको देख्न पाइएलाजस्तो लागेको थिएन । तर आज आँखा अगाडि २१ वर्षपछि रेल चलेको देख्दा साहलाई अचम्म त लागेको थियो नै त्योभन्दा बढी खुसी सम्हालिनसक्नु थियो । “हल्ला त धेरै सुनेको थिएँ तर विश्वास लागेको थिएन । आज त आफ्नै आँखा अगाडि रेल चलेको हेर्न पाइयो, यो सपना हो कि विपना हो जस्तै लागिरहेको छ । त्यही रेल चढेर भङ्गाहदेखि जनकपुर पुग्दा त खुसीको… पुरा पढौ

जनकपुर-जयनगर रेलसेवा बिजलपुरासम्म सञ्चालन हुँदै

धनुषा, ३१ असार । भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भङ्गाहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सो सेवाको आज शुभारम्भ गर्ने भएका छन् । जयनगर–जनकपुरधाम–कुर्थासम्मको ३५ किलोमिटरमा १५ महिनादेखि सञ्चालनमा हुँदै आएको रेल सेवा अब थप १७ किलोमिटरसमेत गरी ५२ किलोमिटर लामो दूरीमा सञ्चालन हुने छ । दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरासम्म विस्तार गर्न लागिएको रेलवेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । तर जग्गाको मुआब्जा विवादको कारण तेस्रो चरणको… पुरा पढौ

जयनगर-कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने

वीरगन्ज, २९ असार । भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको छ । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म रेल सञ्चालन हुने निश्चित भएको हो । निर्माणकार्य सम्पन्न भएको कुर्थाबाट बिजलपुरासम्मको रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनी लिमिटेडका महाप्रबन्धक… पुरा पढौ

काठमाडौंमा हुने ‘नाडा अटो शो २०२३’ को बुकिङ्ग खुल्ला

काठमाडौं, २८ असार । नेपालको सवैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुदै आएको नाडा अटो शो २०२३ यही २०८० साल भाद्र २६ गते देखि ३१ गतेसम्म काठमाण्डौ प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुने भएको छ । नाडाले उक्त प्रदर्शनीका लागि बुकिङ्क खुल्ला गरेको जानकारी दिएको छ । नाडाको आयोजनामा हरेक बर्षको दशै अगाडी आयोजना हुदै आएको नाडा अटो शो कोभिडको महामारीका कारण २०२० र २०२१ मा पनि आयोजना भएन । नाडा अटो शो २०२२ लाई पनि सरकारले गत बर्ष केही… पुरा पढौ

उपत्यकाका ८ लाख ७६ हजार सवारीसाधन कारबाहीमा

काठमाडौं, २७ असार । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने ८ लाख ७६ हजार एक सय ४१ सवारी साधनलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरिएको जानकारी दिए। कारबाही गरिएकामध्ये लेनमा ३८ हजार तीन सय ६२, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ५३… पुरा पढौ

टिभिएस आपचे आरआर ३१० मार्फत २४ घण्टाको नयाँ भारतीय राष्ट्रिय स्पिड इन्ड्योरेन्सको किर्तिमान

काठमाडौं, २५ असार । आफू भित्रको रेसिंग डिएनए प्रस्तुत गर्दै र रेसट्रयाकहरूमा आफ्नो प्रभुत्व जमाउँदैै, विश्वव्यापी रूपमा दुई र तीन पाङ्ग्रे सवारी साधनहरूको प्रतिष्ठित निर्माता टिभिएस मोटर कम्पनीले अपोलो आल्फा एच १ टायर्स सुसज्जित टिभिएस आपचे आरआर ३१० मोटरसाइकल मार्फत नयाँ भारतीय राष्ट्रिय स्पिड ईन्ड्योरेन्सको किर्तिमान कायम गरेको छ । २४ घण्टे स्पिड ईन्ड्योरेन्स चुनौतीको भागका रूपमा, कम्पनीले एनएट्रयाक्स (एशियाकै सबैभन्दा लामो हाईस्पीड ट्रयाक–एफएमएससीआईद्वारा प्रमाणित), इन्दौरमा ३,६५७.९२ केएमएसको यो किर्तिमान कायम गरेको हो । टिभिएस रेसिङद्वारा अदृतीय ट्रयाक वेपनकारपमा निर्माण… पुरा पढौ