अटाे 🚙

नाडाको नयाँ नेतृत्व चयनका लागि थापा र चौधरी भिड्दै

काठमाडौं, २३ मंसिर । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आगामी नेतृत्वको मतदान भइरहेको छ । सोल्टी होटलमा बिहान ८ बजेदेखि भइरहेको मतदानमा दुई समूहले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन् । नाडाका तीन हजार २१६ जना मतदाताले नयाँ कार्यसमितिका लागि मतदान गर्दैछन् । नाडाको आगामी अध्यक्षको लागि सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र फोर्स मोटरको नेपालको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाको प्यानलबीच प्रतिस्पर्धा छ । करण चौधरीको प्यानलबाट अनुपकुमार… पुरा पढौ

नाडाकाे अध्यक्षका प्रत्यासी ध्रुब थापाकाे समुहप्रति अटाे व्यवसायीकाे साथ बढ्दै, थापा समुह नै बिजयी हुने देखियाे

काठमाडौं, २१ मंसिर ।  अटोमोबाईल्स व्यवसायीको छाता संस्था नाडाको यही मंसिर २२ र २३ गते द सोल्टी होटल काठमाडाैंमा हुने अधिवेशनमा आफनाे पक्षमा जित हासिल गर्न अध्यक्ष पदका उम्मेदवार ध्रुब थापाकाे समुहले चुनावी भेटघाटलाइ तिब्र बनाएकाे छ । चुनावी प्रचारकाे घरदैलाे गर्ने क्रममा थापा समुहलाइ ब्यबसायीले देखाएकाे उत्साह हेर्दा अधिवेशनमा थापा समुहकाे जीत हुने देखिएको छ। अध्यक्ष पदकाे चुनावी दौडमा अटोमोबाईल्सका क्षेत्रमा सफल व्यवसायीकाे छबी बनाएका ध्रुब थापा र चौधरी ग्रुपका करण चौधरी छन्।नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अटोमोबाईल्स सम्बन्धि… पुरा पढौ

नाडाको अध्यक्षका प्रत्यासी ध्रुव थापा समूहको पोखरामा अन्तरक्रिया, पाेखरेली अटाे ब्यवसायीकाे साथ थापा प्यानललाई

पोखरा, १२ मंसिर । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी मंसिर २३ र २४ गते हुन गइरहेको ४५ औँ साधारण सभा तथा अधिबेशनमा पाेखराका स्थापित अटो ब्यवसायी ध्रुब थापाले नाडाको अध्यक्षमा उमेद्वारी दिने भएका छन। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी अध्यक्षका प्रत्यासी ध्रुव थापा समूहको उमेद्वारहरुको पोखरामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। 'अब बनाउनु छ नाडा, सबै अटोमोवाइल व्यवसायीको साझा’ भन्ने मूल नाराका साथ हुन गइरहेको नाडाको आगामी निर्वाचनमा थापा अध्यक्ष पदको उम्मेदवार भएका छन । थापा… पुरा पढौ

एमएडब्लु इन्टरप्राईजेज र गोल्छा समूहले दुई मोटरसाईकल नेपालमा ल्याउँदै

काठमाडौं, १२ मंसिर । अब छिट्टै नेपालमा मोटरसाईकल पारखिका लागि नयाँ मोटर ल्याउन लागिएको छ । दुई अटोमोबाईल कम्पनीले नेपाली बजारमा ति मोटरसाईकल ल्याउने तयारी गरेका छन् । यामाहा मोटरसाईकलको आधिकारी बितरक एमएडब्लु इन्टरप्राईजेज र बजाज मोटरसाईकलको आधिकारिक वितरक गोल्छा समूहले एफजेट एक्स १५० र बजाज पल्सर २५० सेग्मेन्टका मोटरसाईकल ल्याउने भएका हुन् । यी मोटरसाईकल भारतीय बजारमा केही समय अगाडी सार्वजनिक गरिएको थियो । यामाहा एफजेट १५० यामाहा एफजेट एक्स १५० एक्स भी ३ मा आधारित डिजाईनमा रहेको छ… पुरा पढौ

फोर्स मोटर्स र कामना सेवा विकास बैंक बीच सहकार्य हुने

पोखरा, १० मंसिर । फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. र कामना सेवा बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार एक कार्यक्रमबीच सम्झौता पत्रमा आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का प्रबन्ध निर्देशक निरन केसी र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका हुन। फोर्स मोटर्सका गाडी खरिद गर्दा ग्राहकलाई बैकले देशभरका शाखाबाट सहज रुपमा फाइनान्स सुविधा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । बैंकले फोर्स मोटर्सका सबै प्रकारका गाडीमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा… पुरा पढौ

आकर्षक लुक्स र ८ भेरियन्टमा आउँदैछ टोयाेटा राइज नेपालमा

काठमाडौं, ५ मंसिर । युनाइटेड ट्रेडर्स सिन्डिकेटले नेपालका लागि टोयोटा राइज एसयूभी छिट्टै ल्याउन लागेको छ । यो गाडी आगामी डिसेम्बर महिनामा नेपालमा ल्याउने तयारी भएको नेपालका लागि आधिकारीक बितरक युनाइडेड ट्रेडर्सले जनाएको हो । अन्तराष्ट्रिय बजारमा चल्तिमा रहेको १.२ इन्जिन तथा १.० लिटर टर्बो इन्जिनयुक्त टोयटा राइज नेपाली बजारमा आउने भएपछि गाडीका पारखिहरु पखाईमा रहेका छन् । गाडी इन्जिन म्यानुअल तथा अटोमेटिक ट्रान्समिसनमा रहेको छ । गाडीमा ४.९ मिटर टर्निङ रेडियस रहेको छ । जसको कारण सजिलै चलाउन सहयोगि… पुरा पढौ

चालक अनुमतिपत्रका लागि तीन सातामा ४ लाखकाे पर्याे आवेदन

काठमाडौं, २९ कात्तिक । लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ । कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो सङ्ख्या झण्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । कोभिड सङ्क्रमणका कारण यातायात व्यवस्था… पुरा पढौ

विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा

काठमाडाैं, २७ कात्तिक । राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले वाग्मती प्रदेश सरकारको विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ । आर्थिक वर्ष २०७६, ७७ देखि विद्युतीय बसलाई प्रदेश सरकारको गौरवको कार्यक्रमका रुपमा प्राथमिकतामा राखिए पनि त्यो अन्योलमा परेको हो । उक्त बस सञ्चालनका लागि आव २०७६, ७७ मा बस खरिद र सञ्चालनका लागि विनियोजन भएको रु २८ करोड र आव २०७७÷७८ मा विनियोजन भएको रु ४० करोड फ्रिज भएको छ । प्रदेश सरकारले चालु आव २०७८÷७९ मा पहिलो… पुरा पढौ

विद्युतीय सवारीको प्रवर्धनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं, १३ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगमा जोड दिनुपर्ने बताएकी छन् । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विद्युतीय सवारी ¥यालीको उद्घाटन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झण्डै रु दुई अर्ब र खाना पकाउने एलपी ग्यासको आयातमा रु ४० अर्ब खर्च भइरहेको उल्लेख गरिन । बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युत्को उपयोग बढाउनुको विकल्प नरहेको उनको भनाइ… पुरा पढौ

परिक्षणका लागि आउँदै विद्युतीय बस, ३०० बस खरिदकाे प्रक्रियामा

काठमाडौं, १२ कात्तिक । निर्णय भएको तीन वर्षपछि मात्र परीक्षणका लागि सरकारले विद्युतीय बस ल्याउने भएको छ । सरकारले साझा यातायात प्रालिमार्फत विद्युतीय बस खरिद गर्ने निर्णय गरेको थियो । तीमध्ये परीक्षणका लागि केही बस ल्याउन लागिएको हो । पहिलो चरणअन्तर्गत ४० बस खरिद गर्न लागिएकाेमा तीमध्ये परीक्षणका लागि तीन वटा बस ल्याउन लागिएको साझा यातायात सहकारी संस्था प्रालीले जनाएको छ । बस काठमाडौंमा ल्याएपछि यहाँको सडकमा गुड्न ठीक छ, छैन हेरिने संस्थाका सञ्चालक समिति सदस्य भुषण तुलाधरले बताए ।… पुरा पढौ