कर्णाली, ६ वैशाख । कर्णालीमा युरोपेली सङ्घ समावेशी सङ्घीयता सहयोग परियोजना सुरु भएको छ । स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने उद्देश्यले युरोपियन युनियन (इयू) र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले दुई मिलियन युरो बजेट खर्च गर्ने गरी परियोजना सुरु भएको हो । परियोजनाले स्थानीय तहको सशक्तिकरण, सुशासन, सामाजिक, आर्थिक विकास लगायतका क्रियाकलापमा खर्च गर्नेछ । प्रादेशिक तथा स्थानीय सुशासन कार्यक्रमलाई सहयोग गर्न इयूले तीनवर्षे पुरक कार्यक्रमका रूपमा कर्णाली प्रदेशमा मात्र यो परियोजना लागू गरेको हो ।…
पुरा पढौ