आर्थिक 📈

प्रहरी कल्याण कोषबाट प्रहरी अस्पताललाई रु दुई करोड हस्तान्तरण

काठमाडौं २७ चैत । पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई आज रु दुई करोड हस्तान्तरण गरेको छ । अस्पतालको ३८औँ वार्षिकोत्सव समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले रु दुई करोडको चेक अस्पतालका मेडिकल निर्देशक, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गरे। सोही क्रममा महानिरीक्षक थापाले अस्पताल परिसरमा रहेको पूर्व प्रहरी अधिकृत प्रतिक्षालयको उद्घाटन गरे। समरोहमा प्रहरी महानिरीक्षक थापाले अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्व महानिरीक्षकले निर्वाह गरेको योगदानको प्रशंसा गर्दै कोभिड–१९ को… पुरा पढौ

बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, २७ चैत । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।छापावाला सुन तोलामा रुपैयाँ ८०० तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ८०० ले बढेर तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाला सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ तोकिएको थियो । तेजाबी सुन तोलाको ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजाबी सुनको भाउ ९९… पुरा पढौ

रिभर फल्स पावरको आईपीओ आजदेखि खुला, आवेदन कहिलेसम्म दिने ?

काठमाडौं, २७ चैत । रिभर फल्स पावरले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना क्षेत्र रहेको संखुवासभा जिल्लाका आयोजना प्रभावित जनताका लागि सेयर निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले रुपैयाँ १०० मूल्य अंकित ७ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले छिटोमा वैशाख ११ गतेसम्म र ढिलोमा वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले संखुवासभास्थित रिभर फल्स पावरको कार्यालय, पाइम कमर्सियल बैंक खाँदवारी, तुम्लिङटार र सभापोखरीमा रहेका शाखाबाट आवेदन दिन सक्नेछन् ।… पुरा पढौ

राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सोमबारदेखि काठमाडौंमा आयोजना हुने

काठमाडाैं, २७ चैत । स्वावलम्बन विकास केन्द्रको संयोजनमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन यही चैत २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । सम्मेलनमा लघुवित्त कार्यक्रम सञ्चालन गरेका २०० वटा संस्थाबाट ६०० सदस्य तथा संस्था प्रतिनिधिको सहभागिता रहने केन्द्रले जनाएको छ । सम्मेलनमा ७९ वटा लघुवित्त वित्तीय संस्था र १५० वटा सहकारी संस्थाले ७७ वटै जिल्लामा पुगेर लघुवित्त सेवा प्रदान गरिरहेकाहरू सहभागी हुने केन्द्रका अध्यक्ष शङ्करमान श्रेष्ठले जानकारी दिए। अध्यक्ष श्रेष्ठका अनुसार लघुवित्त वित्तीय संस्थाले मात्रै रु चार… पुरा पढौ

जगदुल्ला र अपर पराजुली आयोजनामा साढे १६ कराेड सेयर लगानी गर्दै कर्णाली सरकार

कर्णाली, २६ चैत । कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत् आयोजनामा शेयर लगानी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको जनताको जलविद्युत् (सञ्चालन र व्यवस्थापन) कार्यविधि २०७५ बमोजिम जगदुल्लामा रु ११ करोड ७१ लाख ५० हजार तथा अपर पराजुलीमा रु पाँच करोड शेयर लगानी गर्ने निर्णय गरेको हो । यी दुवै आयोजनाका प्रवद्र्धक कम्पनीले शेयर खरिदका लागि प्रदेश सरकारसमक्ष आग्रह गर्दै आएका थिए । सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा… पुरा पढौ

टेलिकमको डाटा सेवाको बजार हिस्सामा उल्लेख्य वृद्धि, दुई करोड ११ लाख पुग्याे

काठमाडौं, २६ चैत । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भ्वाइस सेवाको ग्राहक आधार ५.५७ प्रतिशतले वृद्धि भई दुई करोड ११ लाख पुगेको छ । चालु आर्थिक वर्षमा कम्पनीको राजस्वको प्रमुख स्रोतको रूपमा रहेको जीएसएम सेवाको ग्राहक आधार १४.२४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको डाटा सेवाको ग्राहक आधार ३५.३१ प्रतिशतले वृद्धि भई दुई करोड तीन लाख ९७ हजार पुगेको छ । कम्पनीका प्रवक्ता शोभन अधिकारीले कम्पनीको ब्रोडब्याण्ड डाटा सेवाको बजार हिस्सा ५.१४ प्रतिशतले वृद्धि भई ५३.८२ प्रतिशत पुगेको… पुरा पढौ

चितवनबाट तनहुँमा कुखुरा, चल्ला र अण्डा ल्याउन रोक

दमौली, २६ चैत । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो । आज दिउँसो १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्मका लागि चितवनबाट भित्रिने जिउँदो कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। चितवनलगायत देशका विभिन्न जिल्लामा पक्षीमा बर्डफ्लु रोग सङ्क्रमण देखिएकाले… पुरा पढौ

तातोपानी नाका व्यवस्थित गर्न सभामुखको आग्रह

सिन्धुपाल्चोक, २६ चैत । सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थितरुपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन् । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा उनले कोभिड–१९ का कारण सीमित आयात निर्यात हुँदै आएको तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थितरुपमा विस्तार गरी सहज ढङ्गले सञ्चालन गर्न जोड दिए । तातोपानीको लिपिङमा रहेको मितेरी पुल नेपाल र चीनबीचको मित्रताको प्रतिक भएको बताउँदै सभामुख सापकोटाले दुई देशबीचको सम्बन्धलाई जनताको तहसम्म पु¥याउनुपर्नेमा जोड दिए । कोभिड–१९ को महामारीपछि बन्द भएर… पुरा पढौ

स्वास्थ्यमा बजेट बढाएर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ: पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं, २५ चैत । जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेट बढाएर स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याउनुपर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको ‘नेपालको स्वास्थ्य क्षेत्र ःवर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले आगामी आर्थिक वर्षको बजेट बढाएर स्वास्थ्य सेवाको गुणस्तर तथा सबैको पहुँचमा स्वास्थ्य सेवा पु¥याउनुपर्ने बताए । उनले संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गराउने उल्लेख गरिएपनि नसकिएको बताए । “राज्यले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा… पुरा पढौ

श्रीलङ्काको जस्तो अर्थतन्त्र बनाउने केहीको रहर पूरा हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौं, २५ चैत । अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो धरासायी नहुने प्रष्ट पारेका छन् । नेपाल राष्ट्र बैंकले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको अर्थतन्त्र तुलनात्मकरूपले आन्तरिकरूपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलङ्का जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए। “अहिलेको अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ । किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ”, उनले भने, “कतिपयलाई भने नेपालको अर्थतन्त्र… पुरा पढौ