आर्थिक 📈

उपकार लघुवित्तको आइपिओ बाँडफाँड, कतिले पाए ?

काठमाडाैं, ९ वैशाख । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओ बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँड गरिएको हो । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता आइपिओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धकका अनुसार साधारण शेयरमा कूल २३ लाख ५१ हजार ४२६ जनाले आवेदन दिएकामा… पुरा पढौ

सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाडौं, ९ वैशाख । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भने घटेको छ । नेपाल सुनचँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनको भाउ स्थिर रहेको र चाँदीमा रुपैयाँ २० ले गिरावट भएको जनाएको छ । छापावाल सुन तोलाको १ लाख ९०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार छापावाल सुनको भाउ पनि सोहि रहेकाे थियो । तेजाबी सुन तोलाको १ लाख ४०० रुपैयाँमा कारोबार भईरहेको छ । तेजाबी सुन पनि बिहिबार… पुरा पढौ

बगरमा सामूहिक खरबुजा खेती, राम्रो आम्दानीले किसान खुसी

दाङ, ९ वैशाख । पहिले राप्ती नदी पसेर खेतीयोग्य जमिन नै कटान गरी बगरमा परिणत गराएको ठाउँलाई अहिले किसानले हरियाली बनाएका छन् । त्यही बगरमा यतिबेला लटरम्म खरबुजा तथा तरकारी फलेका छन् । यही खेतीबाट किसानहरु लखपति पनि बनेका छन् । बगरे खेतीबाटै लखपति बनेका उनीहरुमा अहिले ठूलो जोसजाँगर पलाएको छ । यसै व्यवसायबाट उनीहरुले आफूलाई आर्थिक रुपमा सफल र सवल बनाएका छन् । लमही नगरपालिका–४, बलरामपुर भएर बग्ने राप्ती नदीको बगरको दक्षिणतर्फको जमिनमा अहिले हरियाली छाएको छ । यतिखेर… पुरा पढौ

अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा, गम्भीर बन्न विज्ञको आग्रह

काठमाडौं, ९ वैशाख । अर्थविद्हरुरूले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुगेकाले सरकार र सम्बधित पक्षलाई गम्भीर बन्न आग्रह गरेका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको ‘अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरु’ विषयक कार्यक्रममा वक्ताले समयमा समाधानको पहल नगरे नेपालको अर्थतन्त्र श्रीलङ्काको अवस्थामा पुग्ने चेतवानीसमेत दिएका छन् । कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले अर्थतन्त्रका अधिकांश सूचक रातोमा गएकाले मुलुक गम्भीर सङ्कटमा धकेलिएको बताए। नेता ज्ञवालीले सरकारलाई फजुल खर्च रोक्न, विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न, पूँजीगत खर्च बढाउन, नीतिगतरूपमा भएका… पुरा पढौ

नेपाली उत्पादन चीनमा पुन:निर्यात गर्ने चाहनालाई चिनियाँ पक्षले निकै महत्व दिएको छ : राजदूत यान्छी

काठमाडौं, ८ वैशाख । नेपालका लागि चीनका राजदूत हउ यान्छीले नेपाली उत्पादन चीन निर्यातमा सघाउने आश्वासन दिएकी छन् । श्रव्यदृश्यका माध्यमबाट आज पत्रकार सम्मेलन गर्दै उनले नेपाली पक्षले भूमि बन्दरगाहबाट चीनतर्फ निर्यात पुनः सुरु गर्ने चाहनालाई चिनियाँ पक्षले निकै महत्व दिएको बताइन्। उनले भनिन्, “यस सम्बन्धमा दुवै पक्षका सम्बन्धित निकाय, छिमेकी प्रदेश र सीमा बन्दरगाहका अधिकारीले सञ्चार र समन्वय गरिरहेका छन् । दुवै पक्षले कूटनीतिक माध्यमबाट उपयुक्त समयमा सीमासम्बन्धी मामिलाहरूमा परामर्श गर्न, सीमासम्बन्धी मामिला र हाम्रा दुई देशबीचको सहकार्यलाई व्यवस्थित… पुरा पढौ

बजेट निर्माणलाई तीव्रता दिँदै अर्थ मन्त्रालय, बिहीबारदेखि १५ मन्त्रालयसँग छलफलको कार्यसूची

काठमाडौं, ८ चैत । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणलाई तीव्रता दिएको छ । आगामी १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले आजदेखि योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका तय गरेको छ । यही वैशाख १३ सम्मका लागि बनाइएको कार्यतालिकाको आजदेखि कार्यान्वयन सुरु गरिएको छ । आज बिहान ९ बजे सहरी विकास मन्त्रालय, दिउँसो १ बजे खानेपानी मन्त्रालय र दिउँसो ४ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरिएको अर्थमन्त्री जनार्दन… पुरा पढौ

अन्तिम दिन सेयर बजार सकारात्मक लयमा, कारोबारमा आज पनि नेष्डो अब्बल

काठमाडौं, ८ वैशाख । अघिल्लो दिन नकारात्मक लयमा गएको सेयर बजार साताको अन्तिम कारोर हुने दिन सकारात्मक लयमा देखिएको छ । केहि समय अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीचको टसलले वजार प्रभावित भएको थियो । विदेशबाट आएको ठूलो रकमलाई केरकार र सोधिखोजि गर्न थालेपनि अधिकारीलाई निलम्बन गरिएको थियो । अधिकारी कानूनी उपचारको लागि अदालत गएपछि अदालतले उनलाई बुधबारबाट काममा फर्काएको थियाे । सो दिन सेयर बजार राताम्मै भएको भएपनि यसदिन भने दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका… पुरा पढौ

व्यावसायिक बङ्गरपालनमा रमाउँदै आम्दानी गर्दै शालिकराम

देउखुरी, ८ वैशाख । आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्नुभएका घोराही–१७ का शालिकराम घर्तीमगर अहिले बङ्गुरपालनमा जमेका छन् । कोरोना सङ्क्रमणका कारण दुई वर्ष अघि भारतबाट उनी घर फर्किएका थिए । घर फर्किएपछि घर खर्च चलाउन उनलाई धौधौ भयाे । अनी घोराही–१७ कर्जाहीमा घर्तीमगरले व्यावसायिकरुपमा बङ्गुरपालन सुरु गरे । उनले २१ वर्षसम्म भारतमा होटलमा काम गरे । कोरोनाबाट सङ्क्रमित भएपछि घर्तीमगर घर फर्किन बाध्य भए । केही गर्नुपर्छ भन्ने मनसायले उनले घर छेउमा सानो खोर बनाए। “दुईवटा… पुरा पढौ

ग्लोबल आइएमई बन्याे बढी नाफा आर्जन गर्ने पहिलो बैंक

काठमाडौं, ८ वैशाख । ग्लोबल आइएमई बैंक सबैभन्दा बढी नाफा कमाउने बै‌क बन्न सफल भएको छ । संचालानमा रहेका २७ वाणिज्य बैंकहरुमध्येमा ग्लोबल आइएमई बैंक सबैभन्दा बढी नाफा आर्जन गर्न सक्षम भएको हो । बैंकको सार्वजनिक भएको चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले बैंकले बढी नाफा कमाएको देखिएकाे छ। यस आर्थिक वर्षको चैत अन्तिमसम्म बैंकले ३ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिकोभन्दा ४.१३ प्रतिशतले बढि हो… पुरा पढौ

बढ्यो सुनको भाउ, चाँदीको घट्यो

काठमाडौं, ८ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ३०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ ५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३०० ले बृद्धि भएर तोलाको १ लाख ९०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको १ लाख ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख ४०० रुपैयाँमा कारोबार भईरहेको… पुरा पढौ