पोखरा, २७ जेठ । "सिप सिकौँ, आत्मनिर्भर बनौँ" भन्ने मूल नाराका साथ पोखरामा बुधबारदेखि ३ दिने मैनबत्ती बनाउने तालिम सुरु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर १७ र कास्की पोखरा हस्तकला संघको संयुक्त आयोजनामा उक्त तालिम सुरु भएको हो। पोखरा-१७, विरौटास्थित घले हस्तकला प्रशिक्षण केन्द्रमा सञ्चालन भइरहेको यस तालिम जेठ २७ गतेदेखि २९ गतेसम्म चल्नेछ । तालिममा विभिन्न आकर्षक बुट्टा, फूल, तथा कलात्मक आकृतिका मैनबत्तीहरू बनाउन सिकाइने भएकाे छ । तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि एवं पोखरा महानगरपालिका वडा…
पुरा पढौ