आर्थिक 📈

नागढुंगा सुरुङका लागि जापानले थप साढे ५ अर्ब ऋण दिने, कुल सहायता २२ अर्ब नाघ्यो

काठमाडौं, २१ जेठ। काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारका रूपमा रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहायता उपलब्ध गराउने भएको छ। निर्माण अवधिमा बढेको लागत व्यवस्थापन गर्न जापानले ५ अर्ब ७० करोड जापानी येन (झण्डै ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको अतिरिक्त ऋण दिने निर्णय गरेको हो। यस सम्बन्धी सम्झौतापत्रमा बुधबार नेपालका लागि जापानी राजदूत माएडा तोरु र अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गर्नुभएको छ। बढ्दो लागत धान्न अतिरिक्त सहयोग सन् २०१९ देखि निर्माण सुरु भएको यो… पुरा पढौ

विदेशबाट फर्किपछि विजयकुमार बने उत्कृष्ट कृषक

महेन्द्रनगर, २१ जेठ। सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न पुगेका कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का विजयकुमार चौधरी स्वदेश फर्किनुभयो । मलेसियामा तीन वर्ष मजदुरी गर्नुभएका चौधरीको मासिक रु ३५ हजार कमाइ गर्नुभयो । विदेशको चर्को गर्मीमा श्रम बेचेर स्वदेश फर्किनुभएका विजय अहिले माछापालनमा हुनुहुन्छ । गत जेठ १५ गते कृषि, वन तथा पर्यावरण मन्त्रालयलबाट छनौंट भई राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएपछि चौधरीको कृषिप्रतिको लगाव अझ बढेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयलले सात प्रदेशबाट… पुरा पढौ

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २१ जेठ। सानिगाड हाइड्रो लिमिटेडले जेठ १८ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन सुरु गरेको हो। मुख्य बुँदाहरू: आईपीओ निष्काशन मिति: जेठ १८ गते (सोमबार) देखि सर्वसाधारणका लागि कुल कित्ता: ४६,७४,००० कित्ता (प्रतिकित्ता रु. १००) आवेदन सीमा: न्यूनतम १० कित्तादेखि अधिकतम २०,००० कित्तासम्म बन्द हुने मिति: छिटोमा जेठ… पुरा पढौ

ट्राफिक कारबाहीमा एकैदिन पाैने २३ लाख राजस्व सङ्कलन

काठमाडौं, २१ जेठ। बितेका २४ घण्टामा दुई हजार ४४५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७६ हजार ५१७ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४३, निषेधित क्षेत्रमा हर्न बजाउने १२३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १४, एकतर्फी सडकमा सवारी… पुरा पढौ

बीमाको पहुँच आधा जनसंख्यामा, व्यवसाय २ खर्ब नाघ्यो

काठमाडौं, २० जेठ । नेपालमा बीमा व्यवसायको दायरा फराकिलो बन्दै गएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्मको सूचकाङ्कअनुसार नेपालको आधाभन्दा बढी जनसंख्या बीमाको पहुँचभित्र समेटिएको छ। म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित नेपालको ५०.६६ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको हो। अघिल्लो वर्षको सोही अवधिमा यो पहुँच ४७.३९ प्रतिशत मात्रै रहेको थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयको २०७८ सालको जनगणनाको प्रतिवेदनमा आधारित जनसंख्या वृद्धि प्रक्षेपणका आधारमा यो तथ्याङ्क निकालिएको हो। यद्यपि, वैदेशिक रोजगार र… पुरा पढौ

बजेटले निजी क्षेत्रको आत्मविश्वास बढायाे-महासङ्घ

काठमाडौं, २० जेठ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले सरकारले हालै प्रस्तुत गरेको बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासङ्घको निष्कर्ष निकालेको छ । महासङ्घको २६ औँ महाधिवेशन तथा २३ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले आर्थिक पुनरुत्थान, उत्पादनमूलक क्षेत्रको प्रवद्र्धन, उद्यमशीलता विकास तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटले योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । अर्थतन्त्रलाई चलायमान बनाउन तथा निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्न… पुरा पढौ

नेप्सेमा लगातार सुधार, कारोबार रकम पौने ६ अर्ब नजिक

काठमाडौं, २० जेठ। नेपाली पूँजी बजारमा लगातार दोस्रो दिन पनि सकारात्मक माहोल देखिएको छ। अघिल्लो कारोबार दिन (मंगलबार) बढेर बन्द भएको धितोपत्र बजार (नेप्से) परिसूचकले बुधबार पनि सोही लयलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक सामान्य अंकको सुधारसहित बन्द भएको छ। बुधबार बजार बन्द हुँदा नेप्से २.६६ अंकले बढेर २७८०.२५ विन्दुमा पुगेको छ। नेप्से सूचकसँगै यस दिन ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि १.९३ अंकले बढेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्समा ०.६१ अंकको… पुरा पढौ

बजेटले अर्थतन्त्रलाई नयाँ दिशा दिने सिएनआईको विश्वास

काठमाडौं, २० जेठ। नेपाल उद्योग परिसङ्घ (सिएनआई)ले सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सकारात्मक रुपमा लिएको जनाउँदै औद्योगिक प्रवर्द्धनलाई केन्द्रमा राखेर ल्याइएको यो बजेटको प्रभावकारी कार्यान्वयनले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा दिन आधार तयार गर्ने विश्वास व्यक्त गरेको छ । परिसङ्घले आज एक विज्ञप्ति जारी गरी बजेटले आन्तरिक उत्पादनसँगै विदेशी लगानीकर्तालाई समेत आकर्षित गर्ने बताएको छ । उत्पादनमूलक उद्योगका लागि तयारी वस्तु र कच्चा पदार्थको भन्सारमा एक तह फरक गर्न २७३ वस्तुको भन्सार घटाउने निर्णयले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी… पुरा पढौ

१० महिनामा २० अर्ब ७९ करोडको खाद्यान्न आयात

वीरगन्ज (पर्सा), २० जेठ । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु २० अर्ब ७९ करोड मूल्यको खाद्यान्न आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा यो नाका हुँदै हुने आयात मूल्यमा रु तीन अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले गिरावट आएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिनुभयो । गत आवको १० महिनामा यहाँबाट रु २४ अर्ब ६६ करोड मूल्य पर्ने १६ थरिका खाद्यान्न आयात गरिएको थियो । चालु आवमा रु १०… पुरा पढौ

राष्ट्र बैंकले ३० अर्ब निक्षेप संकलन गर्दै, आजै बोलकबोल

काठमाडौं, २० जेठ। नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले वित्तीय प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता (निक्षेप) संकलन गर्ने भएको छ। बैंकले ५६ दिनको अवधिका लागि उक्त परिमाणको निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो। राष्ट्र बैंकले आजै अर्थात् २०८३ जेठ २० गते दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (OBSS) मार्फत यसको बोलकबोल खुला गरेको छ। बोलकबोलका मुख्य विशेषता एवं सर्तहरू: आह्वान रकम: रु. ३० अर्ब (तीस अर्ब रुपैयाँ मात्र) । बोलकबोल र निष्काशन मिति: २०८३ जेठ २० गते। साँवा… पुरा पढौ