आर्थिक 📈

मैनबत्ती बनाउने तालिम सम्पन्न, उत्पादन लाग्न आग्रह

पोखरा, ३० जेठ । कास्की पोखरा हस्तकला संघ र पोखरा महानगरपालिका वडा नं १७ को आयोजना संचालित तीन दिने मैनबत्ती बनाउने तालिम सकिएको छ । महिलालाई आर्थिक आर्जन, स्वआर्जन र उद्यमशील बनाउन “सिप सिकौं, आत्मर्भिर बनौं” भन्ने मूल नाराका साथ विरौटाचोकस्थित घले हस्तकला प्रशिक्षण केन्द्रमा आयोजना गरिएको तालिममा ५० जना महिला दिदिबहिनीको सहभागिता रहेको थियो । जेठ २७ गतेदेखि २९ गतेसम्म संचालित तालिममा स्वस्तिक हस्तकला बगरका दुई प्रशिक्षक रत्न कुमारी शाक्य तथा लक्ष्मी गुरुङले प्रशिक्षण दिनुभएको कास्की हस्तकला संघ तथा… पुरा पढौ

साप्ताहिक सेयर बजार: नेप्से ३१.३८ अंकले घट्यो, १३ वटै उपसमूह राताम्मे

काठमाडौं, ३० जेठ । यो साता धितोपत्र बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ। गत साताको अन्तिम दिन २७५५.४१ विन्दुमा रहेको नेप्से, यस साता १.१४ प्रतिशत (अर्थात ३१.३८ अंक) ले ओरालो लाग्दै २७२४.०३ विन्दुमा खुम्चिएको छ। यस साता नियमित पाँच कारोबार दिन नै बजार खुला रहे पनि केवल एक दिन मात्र नेप्सेमा सामान्य सुधार देखियो भने बाँकी चार कारोबार दिन बजार घटेर बन्द भयो। सूचक र कारोबार रकम दुवैमा गिरावट मुख्य परिसूचकसँगै बजारका अन्य… पुरा पढौ

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति चयन

काठमाडौं, ३० जेठ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार मध्यरातमा सप्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । डाँगी संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बन्नुभएको हो । वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्षहरूमा क्रमशः उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित निर्वाचित हुनुभएको छ । महासचिवमा टेकनाथ आचार्य (टिएन आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल… पुरा पढौ

सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा

चितवन, ३० जेठ। जिल्ला सहकारी सङ्घ चितवनले साझा बिद्युतीय सवारी साधन (इभी) चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । पेट्रोलपम्प सञ्चालन गर्दै आएको सङ्घले चारवटा चार्जिङ उपकरणबाट आठ वटा गाडी चार्ज गर्ने गरी स्टेसन सञ्चालनमा ल्याएको हो । भरतपुर महानगरपालिका–१० मा रहेको आफ्नै परिषरमा चार्जिङ स्टेसन स्थापना गरिएको हो । सङ्घका व्यवस्थापक बिनोद खतिवडाका अनुसार रु एक करोड ५० लाखको लागतमा चार वटा सेन्टरमा आठ वटा गाडी एक पटकमा चार्ज गर्न सकिने गरि बिद्युतीय चार्जिङ उपकरण जडान गरिएको हो । १२०… पुरा पढौ

नेप्से चार अङ्कले घट्यो, चार अर्ब ३४ करोडकाे काराेबार

काठमाडौं, २९ जेठ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार अङ्कले घटेर दुई हजार सात सय २४ दशमलव शुन्य तीन अङ्कमा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५३ अङ्कले ओरालो लागेर चार सय ६७ दशमलव ०९ अङ्कमा सीमित भएको छ । कूल तीन सय ४२ कम्पनीको ९८ लाख ५६ हजार पाँच सय २५ कित्ता शेयर रु चार अर्ब ३४ करोड १०… पुरा पढौ

डिम्याट खाताको संख्या ७९ लाख नाघ्यो, कुल संख्याको २६ प्रतिशतको पहुँच

काठमाडौं, २९ जेठ। नेपालको पुँजी बजार (सेयर बजार) मा प्रवेश गर्ने लगानीकर्ताहरूको संख्यामा पछिल्ला वर्षहरूमा उल्लेख्य वृद्धि भएको छ । नेपाल धितोपत्र बोर्ड (SEBON) को पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा डिम्याट (Demat) खाता खोल्नेको संख्या ७९ लाख २ हजार ५७ पुगेको छ । विगत ६ वर्षको अवधिमा डिम्याट खाताको संख्यामा निकै ठूलो फड्को मारेको देखिन्छ । २०७७ असार मसान्तमा जम्मा १७ लाख ३५ हजारको हाराहारीमा रहेको डिम्याट खाताको संख्या अहिले करिब ७९ लाख पुग्नुले नेपालीहरूमा सेयर बजारप्रतिको… पुरा पढौ

एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन

काठमाडौं, २९ जेठ। बितेका २४ घण्टामा दुई हजार २२३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ८१ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १७७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११८ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६१, निषेधित क्षेत्रमा हर्न बजाउने १५४, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने… पुरा पढौ

विराटनगरमा जेठ ३१ गते ‘सीप उत्सव २०८३’ हुने

विराटनगर, २९ जेठ । उद्योग व्यवसाय क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति र बजारमा उपलब्ध मानव स्रोतबीच रहेको 'स्किल ग्याप' (दक्षताको अन्तर) लाई न्यूनीकरण गर्ने उद्देश्यका साथ विराटनगरमा ‘सीप उत्सव २०८३’ को आयोजना हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा आगामी जेठ ३१ गते, आइतबार संगठनको सचिवालयमा यो उत्सव हुन लागेको हो । स्वीस सरकारको आर्थिक सहयोग, इन्स्योर-हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा यो कार्यक्रम सञ्चालन हुन लागेको आयोजकले जनाएका छन् । उत्सवका मुख्य आकर्षण… पुरा पढौ

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

म्याग्दी, २९ जेठ। यहाँको रघुगङ्गा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पिआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गर्नुभएको छ । विसं २०७६ देखि करिब २०८० सम्म पोर्चुगलमा बसेका ६३ वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै बाख्रापालन व्यवसायलाई निरन्तरता दिनुभएको हो । छोराछोरी विदेशमै बसे पनि आफूलाई जन्मथलोकै व्यवसाय सम्मानजनक लागेर फर्किएको बताउनुभयो । “पहिले साउदीबाट आएर राहुघाटमा जग्गा किनेर बाख्रा र कुखुरापालन गरेको थिएँ”, उहाँले भन्नुभयो, “छोराछोरीले पोर्चुगल बोलाएपछि करिब १४–१५ महिना त्यहाँ बसेँ, घुमे । पिआर कार्ड पनि बनाएँ ।… पुरा पढौ

बजेट निर्माणमा जुटे कञ्चनपुरका पालिका

महेन्द्रनगर (कञ्चनपुर), २९ जेठ। यहाँका स्थानीय पालिकाहरू आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आवश्यक बजेट निर्माणको तयारीमा जुटेका छन् । सङ्घीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएसँगै कञ्चनपुरका नौवटा पालिकाले पनि वडास्तरबाट योजना छनोट गरी पालिकामा सङ्कलन गरिरहेका छन् । यहाँको शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले वडास्तरमा बजेटको सिलिङ पठाएर योजना छनोटको काम अन्तिम चरणमा पुगिसकेको बताउनुभयो । “नगरपालिका कार्यालयमा पनि शाखागत रूपमा योजना छनोट लगायतका काम भइरहेका छन्”, उहाँले भन्नुभयो, “तोकिएको समयसीमाभित्र बजेट निर्माणका लागि सक्रियताका साथ लागेका छौँ… पुरा पढौ