आर्थिक 📈

२० अर्ब ७६ करोडको निर्यात हुँदा १ खर्ब ३० अर्बको व्यापार घाटा

काठमाडौ‌, ७ असोज । चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु व्यापार घाटामा ७०.६ प्रतिशतले वृद्धि भई रु एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटामा आव २०७७/७८ को तुलनामा उल्लेख्य वृद्धि भएको हो । सो आवमा त्यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो । चालू आवको पहिलो महिनामा कूल वस्तु निर्यात ११६ प्रतिशतले वृद्धि भई रु २० अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो… पुरा पढौ

साउनमा १८.१ प्रतिशतले घट्यो विप्रेषण आप्रवाह

काठमाडौ‌, ७ असोज  । चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको विवरणअनुसार गत साउन महिनामा विप्रेषण आप्रवाह १८.१ प्रतिशतले कमी आई रु ७५ अर्ब ९६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो । सो अवधिमा वैदेशिक रोजगारीका… पुरा पढौ

२.७० अंकले बढ्यो नेप्से, कारोबारमा सानिमा बैंक अब्बल

काठमाडौं, ७ असोज । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार शेयर बजार उकालो लागेको छ । नेप्सेको यो सरासर तेश्रो दिन उकालो लागेको यात्रा हो । केहि दिनदेखि नेप्सेमा आएको सकारात्मक सुधारले लगानीकर्ताहरुलाई उत्साहि बनाएको बजारमा आँकलन गरिएको छ । नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ विन्दुमा पुगेको छ । नेप्सेमा ०.१० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.९३ अंकले बढेर ५३०.०२ विन्दुमा पुगेको छ । यसदिन कुल २२८ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ५७ लाख १४… पुरा पढौ

मिर्मिरे लघुवित्तको एघारौं वार्षिकउत्सवमा रक्तदान कार्यक्रम

काठमाडाैं, ७ असाेज । बनेपाको केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. ले आज आफ्नो एघारौं वार्षिक उत्सव कार्यक्रम मनाएको छ । संस्थाका अध्यक्ष टेक बहादुर बोहराले केन्द्रीय कार्यालयमा दिप प्रज्वलन गरि कार्यक्रमकाे उद्घाटन गरेका थिए । साे अवसरमा अध्यक्ष बोहराले सम्पूर्ण सरोकारी निकाय, नीयमन निकाय, शेयरधनीहरु, संस्थामा आवद्ध सदस्यहरु तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन तथा शुभकामना दिएकाे बताइएकाे छ । संस्थाले वार्षिकउत्सवकाे अवसरमा नेपाल रेडक्रस सोसाइटी बनेपा शाखाको आयोजनामा केन्द्रीय कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियाे ।… पुरा पढौ

अन्नपूर्ण पदमार्गमा देखिन थाले पर्यटक

लमजुङ, ७ असोज । कोरोना महामारीका कारण सुनसान बनेको विश्वविख्यात चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेका छन् । कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सुनसान जस्तै बनिरहेको यस पदमार्गमा यतिबेला पर्यटकको चहलपहल बढ्न थालेका हुन् । बाह्य पर्यटकको चहलपहल बढ्न थालेपछि यस क्षेत्रका व्यवसायी उत्साहित भएका छन् । यस पदमार्गमा अहिले दैनिक १५ देखि २५ जनासम्म विदेशी पर्यटक आउन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ । कार्यालयका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले भने, “कोरोना सङ्क्रमणको जोखिम बढेपछि… पुरा पढौ

सिरहाका स्थानीय तहमा एक अर्ब २० करोड बेरुजु

लहान, ७ असोज । सिरहाका १७ वटै स्थानीय तहमा बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६, ७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहमा रु एक अर्ब २० करोड ३७ लाख बेरुजु रहेको पाइएको छ । स्थानीय तहमा रु ३१ करोड १५ लाख पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहबाट विभिन्न शीर्षकमा निकासा गरिएकामध्ये रु ११ करोड ५४ लाख असुलउपर गर्नुपर्ने, रु ३० करोड ४२ लाख नियमित गरिनुपर्ने तथा कागज र प्रमाण नपुगी… पुरा पढौ

दिगो विकासका लागि वार्षिक २० खर्ब २५ अर्ब चहिने

काठमाडौं, ७ असोज । दिगो विकास लक्ष्य हासिल गर्न वार्षिकरुपमा औसत रु २० खर्ब २५ अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । चालु आर्थिक वर्षको बजेट रु १६ खर्ब ३२ अर्ब ८३ करोड रहेको छ । दिगो विकास लक्ष्यका लागि निर्धारण गरिएको बजेटभन्दा झण्डै रु चार खर्ब बराबरको बजेट कम हुने देखिन्छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत पेश गर्नुभएको बजेटलाई प्रतिनिधिसभाले पारित गरिसकेको छ । कूल विनियोजनमध्ये सङ्घले चालुतर्फ रु छ खर्ब ७७ अर्ब ९९ करोडअर्थात् ४१.५२ प्रतिशत,… पुरा पढौ

रु ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडाैं, ७ असोज । नेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज १४ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । यसअघि नेराबैंकले गत भदौ १७ गते सात दिन अवधिको रु २० अर्ब, २४… पुरा पढौ

प्रतिस्थापन बजेट आएसँगै कटौतीमा परे धौलागिरिका ५५ सडक

गलकोट, ७ असोज । बागलुङ बजार हुँदै सिगाना, चापाखर्कबाट बरेङ जोड्ने सडक तीन वर्षमा कालोपत्र गर्ने तयारी थालिएको थियो । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सकेर बोलपत्र प्रक्रियाको अनुमति लिन मात्रै बाँकी रहेको सो सडक खण्डको बजेट अहिले कटौती भएको छ । जङ्गल क्षेत्र नभएको केही स्थानमा पक्की नाली र आठ मिटर चौडा गरी सिगानाको बौडचौरसम्मको १० किलोमिटर सडक रु ४० लाखमा कालोपत्र गर्ने गरी डिभिजन सडक कार्यालय बागलुङले तयारी थालेको थियो । उक्त सडकसँगै पछिल्लो समय बागलुङ क्षेत्र नं १… पुरा पढौ

फेरि घट्यो सुनचाँदीको भाउ

काठमाडौं, ७ असोज । साताको कारोबार हुने पाँचौ दिन बिहिबार सुनचाँदीको भाउमा गिरावट आएको छ । छापावाला सुनमा रुपैयाँ ५०० ले तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा ५०० रुपैयाँले गिरावट भएर प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार छापावाला सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ८९ हजार… पुरा पढौ