आर्थिक 📈

नापतौल विभागद्वारा सरकारबाट स्वीकृत नलिइ खर्च

काठमाडौं, ७ भदौ । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल सरकारबाट वैदेशिक अनुदानको रकम स्वीकृति नलिइ जथाभावी खर्च गरेको छ । विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले विभागअन्तर्गत राष्ट्रसङ्घीय ओजोन कार्यक्रम सञ्चालन सम्बन्धित तालुक निकायबाट स्वीकृति नगराएर लामो समयदेखि कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा खर्च भएको रकमलाई महालेखाको प्रतिवेदनमा बेरुजु देखिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा स्वीकृति नगराएर विदेशी अनुदानको ओजोन कार्यक्रम सञ्चालन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । विगत सात÷आठ वर्षदेखि महानिर्देशकसमेत रहेका पुडाशैनीले २०७४ सालदेखि ओजोनतर्फ तलब, इन्धन,… पुरा पढौ

मनाङमा पनि बेरुजु : विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब

मनाङ, ७ भदौ । मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ । यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण भइरहेको भए पनि निर्माणका क्रममा अनियमितता बढ्दो देखिएको हो । नेपालको विकट जिल्ला मानिने मनाङको शैक्षिक गुणस्तर वृद्धि र सामुदायिक भवन निर्माण तथा अनुदानमा अनियमितता रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ५८औँ लेखा परीक्षण प्रतिवदेनमा आवश्यक कागजात तथा सकल बिल… पुरा पढौ

बढ्याे सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं, ७ भदौ । साताको दोश्रो दिन सोमबार सुनचाँको भाउ उकालो लागेको छ । सुनमा रुपैयाँ २०० ले बृद्धि भएको छ । चाँदीमा १० रुपैयाँ बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ २०० ले बृद्धि भएर प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ९० हजार ४००… पुरा पढौ

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड, ३६८५९ जनामात्र भाग्यमानी

काठमाडौं, ७ भदौ । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड गरिएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा सोमवार बिहान गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँड गरिएको हो । आवेदन दिएकामध्ये ३६ हजार ८ सय ५६ जनाले १०/१० कित्ता र ३ जनाले ११–११ कित्ता शेयर पाएका छन् । कम्पनीको आईपीओमा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदन परेकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । २३ लाख ५४ हजार ७ सय ८४ जना सदर आवेदकलाई… पुरा पढौ

कम बेरुजु गर्ने १० पालिकामध्ये झापाका दुई

झापा, ७ भदौ । आर्थिक अनुशासन र वित्तीय सुशासन कायम राख्नेमा झापाका दुई पालिका उत्कृष्ट भएका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार शिवसताक्षी नगरपालिका मुलुककै बेरुजु कम गर्ने पालिकामध्ये पहिलो भएको छ भने कमल गाउँपालिका चौथो भएको छ । प्रतिवेदनमा शिवसताक्षीको गत आर्थिक वर्ष ०७७÷०७८ मा रु एक अर्ब ९० करोड ५३ लाख ६८ हजारको लेखा परीक्षण गरिएको थियो । यसमध्ये ०.०६ प्रतिशत बेरुजु अर्थात रु. ११ लाख ७७ हजार मात्र बेरुजु देखाएको हो… पुरा पढौ

मानुषी लघुवित्तको आइपीओ आज बाँडफाँड गरिदैं, २३ लाखको हात खालि हुने

काठमाडौं, ७ भदौ । साउन २७ गतेदेखि साउन ३१ गतेसम्म ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर आईपीओ निष्काशन गरेको मानुषी लघुवित्त वित्तीय संस्थाले आज आइपीओ बाँडफाँड गर्दैछ । संस्थाले सर्वसाधारणका लागि निष्काशन गरिएको सो परिमाणको शेयर बाँडफाँड गर्ने भएको हो । आपीओको पिअलोटमेन्ट भदौ तीन गते सम्पन्न भएको थियो । कम्पनीको ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीका लागि र १९ हजार ६८८ कित्ता शेयर सामूहिक… पुरा पढौ

उज्यालो नेपाल अभियान सञ्चालन गर्दै प्राधिकरण

काठमाडौं, ६ भदौ । सरकारी स्वामित्वका सार्वजनिक संस्थानको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु हो । यही उद्देश्यमा आधारित भएर नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको छ । सरकारको घोषित उज्यालो नेपाल अभियानलाई फरक ढङ्गले अगाडि बढाउने लक्ष्यका साथ प्राधिकरणले ‘उज्यालो सहर अभियान’लाई तीव्रता दिने भएको छ । त्यसका लागि विभिन्न नगरपालिकाकोे समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त अत्याधुनिक बत्ती (स्मार्ट… पुरा पढौ

पोखरा फाइनान्सको नाफा ७४.०५ प्रतिशतले बढ्यो

काठमाडौं, ६ भदौ । पोखरा फाइनान्सले १२ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म उक्त नाफा आर्जन गरेको हो । फाइनान्सले अघिल्लो पटक ७ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी ४.३५ प्रतिशत रहेको फाइनान्सको संचालन मुनाफा ७४.०५ प्रतिशत बढी भएको जनाईएको छ । पूरानो आर्थिक वर्षको असारको अन्त्यसम्म ८ अर्ब ९८ करोड निक्षेप संकलन गरेको छ । यस्तै कम्पनीले ५ अर्ब ८५ करोड कर्जा लगानी… पुरा पढौ

पोखराबाट भदौ १६ देखि बुद्ध एयरकाे सिमरामा सिधा उडान

काठमाडौं, ६ भदौ । प्रादेशिक उडान विस्तारमा केन्द्रित बुद्ध एयरले राजधानी काठमाडौँबाहेक पर्यटकीय नगरी पोखरालाई देशको विभिन्न प्रदेशसँग सिधा उडान सञ्चालनलाई तीव्रता दिएको छ । पोखरालाई विभिन्न प्रदेशबाट हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्धले यही भदौ १६ गतेदेखि पोखराबाट सिमराको सिधा उडान गर्ने भएको हो । यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन) बाट सिधा उडान विस्तार गरेको कम्पनीले केही साता अगाडि नेपालगञ्जलाई पनि पोखरासँग सिधा उडानबाट जोडेको थियो । देशको महत्वपूर्ण व्यापारिक केन्द्र वीरगञ्ज र भारतीय सीमा क्षेत्रका पर्यटकलाई… पुरा पढौ

पेट्रोलियम पदार्थ उत्खनन् गर्न चासो दिन अध्यक्ष ओलीको आग्रह

काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखस्थित पेट्रोलियम पदार्थ उत्खनन्को सम्भाव्यता अध्ययनको काममा चासो दिन कर्णाली प्रदेशका नागरिक समाज र पत्रकारलाई आग्रह गरेका छन् । उक्त उत्खनन् भएपछि मुलुकको आर्थिक उन्नतिमा ठूलो योगदान पुग्ने भएकाले यस काममा ढिलाइ गर्न नहुने उनको भनाइ छ । अध्यक्ष ओलीको निवास बालकोटमा कर्णाली प्रदेशका नागरिक र पत्रकारसँग आज भएको भेटघाटमा उनले ठूला पूर्वाधार विकास समयमा सम्पन्न भएमा त्यसको लाभ जनतालाई हुने भएकाले यस्ता काममा निरन्तर खबरदारी गर्न आग्रह… पुरा पढौ