आर्थिक 📈

बुद्धभूमि हाइड्रोपावरको आइपीओमा आजदेखि आवेदन खुल्ला

काठमाडौं, ११ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावरले आजदेखि ८ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।कम्पनीका अनुसार सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ८ लाख कित्ता शेयर निष्काशन गरिएको हो । जम्मा शेयरबाट कर्मचारीका लागि १६ हजार कित्ता र सामुहिक लगानी कोषका लागि ४० हजार कित्ता छुटयाईएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने भएका छन् । शेयर लगानीतर्काहरुले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन्… पुरा पढौ

हकप्रद शेयरका सम्बन्धमा नियमन आयोगको उदार नीति

काठमाडौं, ११ असोज । विद्युत् नियमन आयोगले जलविद्युत् आयोजना निर्माण गरिरहेका प्रवद्र्धकलाई सहज हुने गरी हकप्रद शेयर बिक्रीका लागि नयाँ प्रबन्ध गरेको छ । आयोगले ‘विद्युत्सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८’ जारी गर्दै हकप्रद शेयरका सम्बन्धमा नयाँ बन्दोबस्ती गरेको हो । आयोगले हालै स्वीकृत गरेको उक्त निर्देशिकाअनुसार हकप्रद शेयरका सम्बन्धमा उदार नीति लिएको हो । आयोगले यस निर्णयले केही विकृति ल्याउनसक्ने आशङ्का यसअघि नै प्रकट भएको थियो । आयोगले कम्पनीले आफू मुख्य कम्पनीको हैसियतमा ५१ प्रतिशत… पुरा पढौ

अनअराइभल भिसाको व्यवस्थाप्रति होटल व्यवसायी उत्साहित

काठमाडौं, १० असोज । विदेशी पर्यटकलार्ई ‘अनअराइभल भिसा’ उपलब्ध गराउने सरकारी निर्णयबाट होटल उद्योग उत्साहित भएको जनाएको छ । विश्व पर्यटन दिवसको अवसरमा होटल सङ्घ नेपाल (हान) ले आज विज्ञप्ति जारी गर्दै लामो समयसम्म थला परेको पर्यटन उद्योगको प्रोत्सान हुने गरी सरकारले पर्यटकलाई अनअराइभले भिसा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टिन बस्नुनपर्नेजस्ता कार्यबाट होटल व्यवसायी उत्साहित भई सम्पूर्ण सेवाहरू सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको हो । सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउने,… पुरा पढौ

इजरायल रोजगारीमा जान एक हजार ६०० सिफारिस

काठमाडौं, १० असोज । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुलाई छनोट गरेको हो । नेपालस्थित इजरायली दूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत एक हजार ६०० (७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष) उम्मेदवार सिफारिस गर्न माग गरेको थियो । परीक्षामा एक हजार ८०३ सहभागीमध्ये शैक्षिक योग्यता र तालिमको प्रमाणपत्र प्रमाणीकरण हुननसकेको सङ्ख्या घटाउँदा कायम… पुरा पढौ

६१.२७ अंकले घट्यो नेप्से, ६ अर्ब ५० करोड बढीकाे कारोबार

काठमाडौं, १० असोज । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार आज लगानीकर्ताहरुलाई गासमा ढुंगा लागेको अनुभूति भएको छ । कारोबार हुने अन्तिम दिन बिहिबार नसुध्रिएको बजार आईतबार त उकालो लाग्ला नि भन्ने सबैको अपेक्षा रहेपनि कहिलेकाँहि त्यो अपेक्षा पूरा हुँदैन । तर यसअघि दिनहरू नकारात्मक नभए पनि नतिजा उल्टाे भयाे । अर्थात बजार राताम्मै हुन पुग्याे । आज पनि शेयर बजारमा गिरावट देखिएको छ । बिहिबार अघिसम्म केहि दिन उकालो लागेकोमा आज फेरि नेप्से परिसूचक ६१.२७ अंकले घटेर २७५८.४८… पुरा पढौ

मनाङमा पर्यटक भित्र्याउन पदमार्गको अनुगमन

मनाङ, १० असोज । लामो समयदेखि कोभिड–१९ सङ्क्रमणका कारण पर्यटन व्यवसाय पूर्णरुपमा ठप्प छ । यसलाई चलायमान बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने नेतृत्वको टोलीले अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्गको अनुगमन गरिएको छ । बाढीपहिराले पदमार्गमा क्षति पु¥याएको अवस्थाबारे अध्ययन गरी यसको मर्मतसम्भारका लागि सहयोग पु¥याउने उद्देश्यले सो क्षेत्रको अनुगमन तथा अवलोकन गरिएको प्रजिअ लामिछानेले बताए । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि पर्यटक आउने सम्भाव्यतालाई मध्यनजर गरी पदमार्ग खुलाउन अनुगमन गरिएको उनले बताए । प्रजिअ लामिछानेसहित जिल्लाका सुरक्षा निकाय,… पुरा पढौ

दार्चुलाबाट यो वर्ष ३७९ किलोग्राम यार्सागुम्बा निकासी

दार्चुला, १० असोज । यो वर्ष ३७९ किलोग्राम यार्सागुम्बा दार्चुलाबाट निकासी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार व्यापारीले छुटपूर्जी बनाएर यार्सागुम्बा काठमाडौं निकासी गरेका हुन् । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरका अनुसार कार्यालयले यो यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका अनुसार यो वर्ष आठ क्विन्टल बढी यार्सागुम्बाको निकासी अनुमति दिनेछ । यार्सागुम्बा निकासीवापत अपि नाम्पा संरक्षण क्षेत्रले प्रतिकिलो रु ३० हजार दरले राजस्व उठाउने गरेको छ । अहिलेसम्म कार्यालयले यार्सागुम्बा निकासीवापत रु… पुरा पढौ

हेटौंडा सिमेन्टको मूल्य घट्यो

वाग्मती, १० असोज । गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा रु ४७ घटाएर ७०० दुई रुपैयामा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए। यसअघि प्रतिबोरा रु ७४७ मा सिमेन्ट बिक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौँडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँकोे मूल्य पनि घटाइएको उद्योग प्रशासनले जनाएको छ । अब मासिक… पुरा पढौ

सुनको भाउ स्थिर, चाँदीमा सामान्य गिरावट

काठमाडौं, १० असोज । साताको पहिलो दिन आईतबार आज सुनको भाउ स्थिर रहेको छ । चाँदीमा भने सामान्य १० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य शुक्रबारकै कायम भएर सोहि मूल्यमा कारोबार भएको बताएको छ । सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार पनि तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीमा भने सामान्य १० रुपैयाँले गिरावट… पुरा पढौ

‘सुनकोसी-तेस्रो’ (६८३ मेगावाट) को वातावरणीय प्रभाव मूल्याङ्कनको तयारी

काभ्रेपलाञ्चोक, १० असोज । सुनकोसी–तेस्रो (६८३ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए)को तयारी थालिएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले आजदेखि आयोजना प्रभावित क्षेत्रअन्तर्गत चार जिल्लामा सार्वजनिक सुनुवाइको कार्यक्रम राखिएको छ । काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रममा सरोकारवाला व्यक्ति तथा संस्थालाई आ–आफ्नो राय–सुझाव दिन आग्रह गरिएको छ । आयोजनाबाट सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेको तीन गाउँपालिका र दुई नपा, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको… पुरा पढौ