आर्थिक 📈

आज पनि आरजिटिएस चल्ने : राष्ट्र बैंक

काठमाडौं, ९ असोज । नेपाल राष्ट्र बैंकले शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम(आरजिटिएस) सञ्चालनमा रहने जनाएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत ‘विकास ऋणपत्र २०८० क’को ब्याज भुक्तानीका लागि सो प्रणाली सञ्चालनमा रहने जनाएको छ । केन्द्रीय बैंकले शनिबार आज बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म खुला रहने सूचनामार्फत जानकारी गराएको छ । पुरा पढौ

तीन खर्बको आयात हुँदा ४४ अर्बको निर्यात

काठमाडौं, ८ असोज । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा ११५.४३ प्रतिशतले वृद्धि भएको हो । तथ्याङ्कअनुसार दुई महिनामा रु ४४ अर्ब तीन करोड ९५ लाख ९१ हजार बढीको स्वदेशी वस्तुको निर्यात भएको छ भने रु तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आव २०७७/७८ को समीक्षा अवधिमा… पुरा पढौ

सत्तरी प्रतिशत किसानलाई रु ७३ लाख कर्जा

काठमाडौं, ८ असोज। रुकुमपूर्वका किसानले कूल रु ७३ लाख कृषि कर्जा लिएका छन् । यो कृषि कर्जाको अनुपात साह्रै नगण्य हो । दुई लाख आठ हजार ५६७ जनसङ्ख्या रहेको रुकुमका ७० प्रतिशत जनताको मुख्य पेसा कृषि हो । कृषि तथा बन क्षेत्रको विकासका लागि बैङ्क तथा वित्तीय क्षेत्रले २०७७ साल पुस मसान्तसम्म किसानलाई उक्त कर्जा लगानी गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । रुकूम पूर्वको जनसङ्ख्यालाई धान्न ४२ हजार ३८६ हेक्टर अन्न (धान, मकै, गँहु) आदि आवश्यक रहेको जिल्ला समन्वय… पुरा पढौ

न्यादी हाइड्रोपावरले असोज १५ देखि आईपीओ निष्काशन गर्ने

काठमाडौं, ८ असोज । न्यादी हाइड्रोपावर लिमिटेडले असोज १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका २२ लाख ५० कित्ता साधारण शेयर निष्काशन गर्नेछ। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी २० लाख… पुरा पढौ

निरन्तर सुनको भाउ घट्दै, चाँदीमा सामान्य बृद्धि

काठमाडौं, ८ असोज । साताको कारोबार हुने अन्तिम दिन शुक्रबार छापावाला सुनको भाउ ६०० रुपैयाँले घटेको छ । चाँदीमा भने सामान्य ५ रुपैयाँले बृद्धि भएको छ । बिहिबार पनि सुनमा ५०० रुपैयाँले गिरावट भएको थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ६०० ले घटेर प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार छापावाला सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । बिहिबार… पुरा पढौ

तल्लो मोदी जलविद्युत्को उत्पादन तीन सातादेखि ठप्प

पर्वत, ८ असोज । पर्वतमा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित यो आयोजना तत्काल मर्मत गर्न नसकिने गरी क्षतविक्षत बनाएकाले उत्पादन सञ्चालन हुन नसकेको आयोजनाले जनाएको छ । बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको छ । विद्युत् उत्पादनगृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय… पुरा पढौ

साहज उर्जाको आइपीओमा पर्यो मागभन्दा २.९१ गुणा बढी आवेदन

काठमाडौं, ८ असोज । साहज उर्जा लिमिटेडले बुधबारबाट बिक्रीमा ल्याएको साधारण शेयरमा झण्डै १३ लाखको आवेदन परेको छ । शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आइपीओमा १२ लाख ८१ हजार आवेदकले १ करोड ८७ लाख ८५ हजार कित्ता शेयर खरिदका लागि आवेदन पेश गरेका छन् । यो संख्या निष्काशित शेयरको २.९१ गुण बढी मानिएको छ । कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ निष्काशन गरेको हो । जसबाट २ लाख १० हजार कित्ता शेयर कर्मचारीका लागि रहेको… पुरा पढौ

वायुसेवा निगमको काम कारबाही प्रभावित

काठमाडौं, ८ असोज । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारीको दुई महिनाभन्दा बढी लामो आन्दोलनले निगमको व्यवसायमा दूरगामी असर पार्ने महत्वपूर्ण काम कारबाही प्रभावित भएको जनाएको छ । निगमका प्रहाप्रबन्धक डिमप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै कर्मचारीको आन्दोलनका कारण संस्थाको दैनिक कामकाज अवरोधका साथै दसैँ तिहारजस्ता ठूला चाडपर्वको सम्मुखमा कर्मचारीलाई तलब वितरणमा समेत समस्या परेको बताए । निगमभित्रको पछिल्लो अवस्थाले संस्थागत मर्यादाको उल्लङ्घन मात्र नभएर संस्थाको भविष्यमाथि नै गम्भीर सङ्कट पैदा गरेको भन्दै निगमको सेवालाई अविछिन्न राख्न सबैको भूमिका… पुरा पढौ

अर्थमन्त्रालयको प्रष्टोक्ति-स्यानिटरी प्याडमा कर थपिएको छैन

काठमाडौं, ८ असोज । सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको स्पष्ट पारेको छ । आयातित प्याडमा १५ प्रतिशत आयात कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइएको भन्दै सरकारको आलोचना भइरहेको छ । राजस्व सचिव कृष्णहरि पुष्करका अनुसार जुनसुकै पदार्थका स्यानिटरी टाबेल (प्याड) र टेम्पोन, केटाकेटीका लागि आवश्यक पर्ने न्याप्किन र… पुरा पढौ

२० अर्ब ७६ करोडको निर्यात हुँदा १ खर्ब ३० अर्बको व्यापार घाटा

काठमाडौ‌, ७ असोज । चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु व्यापार घाटामा ७०.६ प्रतिशतले वृद्धि भई रु एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटामा आव २०७७/७८ को तुलनामा उल्लेख्य वृद्धि भएको हो । सो आवमा त्यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो । चालू आवको पहिलो महिनामा कूल वस्तु निर्यात ११६ प्रतिशतले वृद्धि भई रु २० अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो… पुरा पढौ