काठमाडौं, ५ चैत। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा २७औँ फ्लोरा एक्स्पो आजदेखि सुरु भएको छ । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक सम्बृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भई चैत ८ गतेसम्म भृकटीमण्डपको प्रदर्शनी हलमा सञ्चालन हुनेछ । मेलाको उद्घाटन गर्दै बागमती प्रदेश, कृषि तथा पशुपक्षी विकासमन्त्री मधुसुदन पौडेलले पुष्प व्यवसायलाई परिस्कृत बनाउन थप कार्यक्रम र नीतिगत सुझाव पाएको खण्डमा बागमती सरकार सहयोगका लागि सधैँ तत्पर रहने बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रतिष्पर्धी व्यवसाय हो । यसलाई प्रविधियुक्त…
पुरा पढौ