आर्थिक 📈

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो

काठमाडौं, १५ फागुन। तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २६ खर्ब ७४ अर्ब चार करोड रहेकामा माघ मसान्तसम्ममा रु एक खर्ब ८४ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व रु २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ८१ प्रतिशत रहेको कार्यालयले जनाएको छ । हालसम्म… पुरा पढौ

निर्वाचनका लागि ११ दल र १ हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौं, १५ फागुन। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । यसैगरी निर्वाचनमा भाग लिएका ६५ दलमध्ये ११ दलले मात्र खाता खोलेका छन् । हालसम्म खाता खोल्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान… पुरा पढौ

कर नीतिबारे सुझाव दिन राजस्व परामर्श समिति गठन

काठमाडौं, १५ फागुन। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ । बजेट तर्जुमा अघि राजस्व नीति, कर संरचना, भन्सार दर, राजस्व प्रशासन तथा समष्टिगत आर्थिक सुधारका विषयमा ठोस सुझाव सङ्कलन गर्ने उद्देश्यले गत माघ २८ गतेको मन्त्रिस्तरीय निर्णयबाट राजस्व परामर्श समिति गठन गरिएको छ । अर्थ मन्त्रालयका सचिव (राजस्व) को संयोजकत्वमा समिति गठन भई कार्य प्रारम्भ गरिसकेको प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिनुभयो । समितिमा सरकार, केन्द्रीय बैंक, प्राज्ञिक क्षेत्र तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूको… पुरा पढौ

मार्जिन कारोबार भ्रम र वास्तविकता (विचार)

काठमाडौं, १५ फागुन । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यही फागुन १ गतेदेखि पुरानो मार्जिन कारोबारसम्बन्धी निर्देशिका २०७४ खारेज गर्दै नयाँ निर्देशिका २०८२ लागू गरेको छ । खासगरी मार्जिन कर्जा पुँजी अपुग भएका तर बजारमा राम्रो अवसर देखेका लगानीकर्ताले पैसाको जोहो गर्ने एक वैकल्पिक उपाय बन्नसक्ने देखिन्छ । एक लगानीकर्ताले मार्जिन कारोबार के हो र कसरी गर्न सकिन्छ ? यसका लागि के चाहिन्छ ? के यो हरेक लगानीकर्ताका लागि लाभदायक छ ? यसका प्राविधिक पक्ष के हुन सक्छ ? यसले… पुरा पढौ

युनाइटेड अजोड इन्स्योरेन्सकाे शेयरमूल्य नेप्सेमा समायाेजन

काठमाडौं, १५ फागुन । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य शुक्रबार नेप्सेमा समायाेजन गरिएकाे छ । कम्पनीले हकप्रद शेयर निष्काशनकाे प्रयोजनकाे लागि इन्स्योरेन्सले फागुन १७ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएकाे छ ।बुकक्लोज भएसँगै अन्तिम कारोबार दिन भएपछि शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरिएकाे हो। शुक्रबार इन्स्योरेन्सको १० प्रतिशत हकप्रद शेयर समायोजन गरिएकाे छ । समायोजनपछि कम्पनीकाे शेयरमूल्य ४३१ रुपैयाँ ६४ पैसा कायम भएको छ। याे मूल्य अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यकाे आधारमा समायोजन गरिएकाे हाे । बिहीबार… पुरा पढौ

पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १५ फागुन । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि निष्काशन गरेकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरेर बाँडफाँट गरिसकेकाे छ । कम्पनीका अनुसार रुपैयाँ ७५ करोड बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ । ५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर… पुरा पढौ

निर्वाचन प्रयोजनका लागि २२ उम्मेदवारले खाेले बैंक खाता

ढोरपाटन (बागलुङ), १५ फागुन। निर्वाचन खर्च प्रयोजनका लागि बागलुङका २२ उम्मेदवारले बैंक खाता खोलेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बागलुङ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा उम्मेदवार भएका २३ जनामध्ये अहिलेसम्म २२ जनाले बैंक खाता खोलेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ । उम्मेदवारको खर्च र आम्दानी सोही खाताबाट गर्नुपर्ने कोष तथा लेखा नियन्त्रणको कार्यालय बागलुङका कोष नियन्त्रक किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्र नम्बर १ का एक जना उम्मेदवारले खाता खोलेका छैनन्… पुरा पढौ

यस्तो छ आज निर्धारण गरिएको विदेशी मुद्राको भाउ

काठमाडौं, १५ फागुन । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार )का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८८… पुरा पढौ

नेप्से सामान्य अंकले बढ्याे, ४ अर्ब १७ करोडकाे काराेबार

काठमाडौं, १४ फागुन । साताको शेयर काराेबार हुने अन्तिम दिन बिहिबार नेप्सेमा सामान्य अंककाे बृद्धि भएकाे छ । नेप्से लगातार तीन दिन सकारात्मक भएपनि काराेबारमा भने उल्लेख्य बढाेत्तरी भएकाे छैन। तर नेप्सेकाे उकालाेकाे यात्राले भने लागनीकर्ताका लागि उत्साह बढाउने काम गरेकाे छ। यसदिन नेप्से परिसूचक ६.०३ अंकले बढेर २६५४.९३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.९३ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.४८ अंकले बढ्दा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंकले बढेको छ। नेप्सेमा बृद्धि भएपनि कारोबार रकममा बृद्धि हुन सकेकाे छैन।… पुरा पढौ

पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै

गण्डकी, १४ फागुन। पोखरा महानगरपालिकामा यस वर्ष करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती विस्तार हुने भएको छ । पोखरा महानगरले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएसँगै खेती विस्तार हुँदै गएको हो । पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको बताउँदै महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसलाई व्यावसायिक रूपमा अघि बढाउने गरी लागिएको जानकारी दिनुुभयो । “तरबुजाखेतीप्रतिको आकर्षण बढ्दो छ”, उहाँले भन्नुुभयो, “यस वर्ष पोखरा क्षेत्रमा करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती गर्न लागिएको… पुरा पढौ