काठमाडौं, २ असाेज । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्काशन गर्न चाहने संगठित संस्थाहरूका लागि थप कडा र व्यवस्थित योग्यतासम्बन्धी मापदण्ड समेटिएको ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार पारेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी बोर्डले पूँजी बजारलाई पारदर्शी, सुरक्षित, विश्वासीलो र दिगो बनाउने उद्देश्यले यो निर्देशिका तयार पारेको हो। निर्देशिका लागू भएपछि पूँजी बजारमा परिपक्व, सुशासित र वित्तीय रूपमा सबल कम्पनीहरू मात्र…
पुरा पढौ