काठमाडौं, ३ फागुन । नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढेको जनाएकाे छ। निगमले पेट्रोलमा १ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँले बढेको जनाएकाे हाे । मूल्य ब९ेपछि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य लीटरकाे १५६ रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५५ रुपैयाँ रहेकाे छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य लीटरकाे १५३ रुपैयाँ ५० रुपैयाँ रहेकाे छ।
पुरा पढौ