आर्थिक 📈

अमेरिकन डलरको भाउ बढ्यो, अन्यकाे कति ?

काठमाडौं, ३ माघ। नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क… पुरा पढौ

नेको इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौं २ माघ । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे। इन्स्योरेन्सका अनुसार १२.७८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांशसहित १५.७८ प्रतिशत लाभांश वितरण गरिनेछ । कम्पनी सञ्चालक समितिको पुस ३० गते बसेको बैठकले साे लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएर आएपछि कम्पनीकाे आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने भएकाे छ। पुरा पढौ

शुक्रबार सुनचाँदीको भाउ बढ्याे

काठमाडौं, २ माघ। स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७७ हजार २०० त्यति नै चाँदीको मोल रु पाँच हजार ६४५ कायम भएको छ । बिहीबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४८५ मा कारोबार भएको थियो । बुधबार… पुरा पढौ

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी, २ माघ। चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका कृषि विकास शाखाको आयोजनामा बिहीबार पोखरामा बृहत् कन्दमूल प्रदर्शनी गरिएको छ । युवा पुस्तालाई घर तरुल, वन तरुल, गिट्ठा भ्याकुुर, सिमल तरुल, सखरखण्ड, पिँडालु, ओललगायत कन्दमूलबारे जानकारी गराउने उद्देश्यका साथ पोखरा–१७ स्थित ढुुङ्गेसाँघुमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा २५ किसिमका कन्दमूल राखिएका थिए । पोखरामा बर्सेनि करिब १३० टन तरुल र ९० टन सखरखण्ड बिक्री हुने गरेको कृषि विकास शाखाले जनाएको छ । पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २ माघ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ०७ पैसा र बिक्रीदर १८० रुपैयाँ ८२ पैसा… पुरा पढौ

पेट्रोलमा रु ३, डिजेल र मट्टितेलमा रु १ ले घट्याे भाउ

काठमाडौं, २ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको जनाएकाे छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ । इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची… पुरा पढौ

८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत), २ माघ । चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा आयोजनाले मात्र बजेट पाएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव बदलिने समस्याले गर्दा काम ढिला भएको मन्त्रालयले बताउँदै आएको छ । यसपटक सबैभन्दा बढी झोलुङ्गे पुलको स्रोत सुनिश्चित भएको छ ।… पुरा पढौ

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न,आईपीओ प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं, १ माघ । “माटोदेखि सफलतासम्म” भन्ने मूल नाराका साथ स्थापित राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको दोस्रो वार्षिक साधारण सभा २०८२ पौष २९ गते मंगलबार भक्तपुरमा सम्पन्न भएको छ । कम्पनीका कार्यकारी अध्यक्ष विशाल हुमागाईको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट कम्पनीले प्रस्तुत गरेका विभिन्नप्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएको जानकारी कम्पनी सचिव विष्णु बरालले दिएका छन । सभामा मञ्चासिन विशिष्ट व्यक्तित्वहरूमा कम्पनीका सञ्चालकहरू मैयाँ दुलाल, सुदिप सापकोटा, स्वतन्त्र सञ्चालक कवि पुडासैनी, कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता भीमसेन बञ्जारा, सहायक कम्पनीहरू आर.के.सी.एन.एल. आईटेक लिमिटेडका… पुरा पढौ

ग्लोबल आइएमईकाे १९औं वार्षिकोत्सवकाे अवसरमा सातै प्रदेशमा रक्तदान आयोजना

काठमाडौं, १ माघ । ग्लोबल आइएमई बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।  बैंकले स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको हो । ग्लोबल आइएमई बैंक पौष १८ गते शुक्रबारदेखि स्थापनाको १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमअन्तर्गत, कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको बर्दिवास शाखा, बाग्मती… पुरा पढौ

पोखरा महानगरपालिकामा कर छुटको सुविधा चैतसम्म

गण्डकी, १ माघ। पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा पर्नसक्ने अवस्थालाई दृष्टिगत गर्दै नगरसभाले उक्त समयावधि थप्ने निर्णय गरेको हो । चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने आर्थिक ऐनको प्रावधान भए पनि महानगरको राजस्व सङ्कलन प्रणालीमा समस्या आउँदा कर तिर्न आएका सर्वसाधारण फर्किनुपर्ने अवस्था सिर्जना भएको महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले जानकारी दिए। सेवाग्राहीले चाहेर… पुरा पढौ