आर्थिक 📈

एकल विन्दु सेवा केन्द्रको तयारी गर्दै लगानी बोर्ड

काठमाडौं, ४ माघ। राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानीकर्तालाई छिटो, सहज र समन्वयात्मक सेवा उपलब्ध गराउने उद्देश्यसहित लगानी बोर्डको कार्यालयले एकल विन्दु सेवा केन्द्र सञ्चालनका लागि गृहकार्य अघि बढाएको छ । बोर्डले छरितो सेवा प्रवाहमार्फत लगानीको वातावरण थप सुधार गर्ने र लगानी आकर्षणलाई गति दिने लक्ष्यका साथ यो संरचना निर्माणको तयारी थालेको हो । यस प्रयोजनका लागि बोर्डले सहसचिव हेमराज तामाङलाई एकल विन्दु सेवा केन्द्रको संयोजन गर्ने जिम्मेवारी तोकेको छ भने सेवा प्रवाहलाई प्रभावकारी बनाउन १४ वटा सरकारी निकायले अख्तियारीसहित ‘फोकल पर्सन’… पुरा पढौ

नेप्से ३१.१२ अंकले बढ्याे, करिब साढे ८ अर्बकाे काराेबार

काठमाडौं, ४ माघ । साताको शेयर काराेबार हुने पहिलो दिन आइतबार नेपाली शेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । यसदिन नेप्से अघिल्लाे काराेबारकाेभन्दा १.७४ अंकले बढिले बढेकाे हाे । नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ४.७० अंकले बढेको छ । फ्लोट इण्डेक्स २.४१ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.७४ अंकले बढेको नेप्सेले जनाएकाे छ। यसदिन नेप्सेका साथसाथै कारोबार रकममा पनि बृद्धि भएकाे छ । आज ३३८ कम्पनीहरुकाे ९५ हजार ४४५ पटकको कारोबार हुँदा ८ अर्ब… पुरा पढौ

सुनको निरन्तर बढ्दै, तोलाकाे करिब २ लाख ८० हजार

काठमाडौं, ४ माघ । विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाब आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ७७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मोल रु पाँच हजार ६२५ निर्धारण भएको छ । गत बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ७६ हजार ५०० र शुक्रबार रु दुई लाख ७७ हजार २०० मा कारोबार भएको थियोभने… पुरा पढौ

अवकाशपछि खत्वेको लोभलाग्दो कृषि कर्म

धरान (सुनसरी), ४ माघ। नेपाल प्रहरीमा १६ वर्ष सेवा गरी हवल्दार पदबाट अवकाश पाएपछि बराहक्षेत्र नगरपालिका–११ मधुवनका महेन्द्र खत्वे विदेश जाने सोच त्यागेर स्वदेशमै कृषि व्यवसायमा लाग्नुभएको छ । विसं २०७५ मा स्थापना गर्नुभएको ‘खत्वे कृषि फार्म’ हाल उहाँ र उहाँको परिवारको मुख्य जीविकोपार्जनको आधार बनेको छ । प्रहरी सेवाका क्रममा छ महिना शान्ति सेनामा समेत सेवा गर्नुभएका खत्वेले अवकाशपछि नेपालमै केही गर्ने सोचका साथ कृषि फार्म दर्ता गरी व्यवसाय सुरु गरेको बताउनुभयो । फार्म सञ्चालनसँगै उहाँले स्कारपियो गाडी खरिद… पुरा पढौ

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

मन्थली (रामेछाप), ४ माघ । युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन् । कम मेहेनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि उनीहरू यस पेसातर्फ लागेका हुन् ।विशेषगरी जिल्लाका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेको रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेल बताउनुहुन्छ । उहाँका अनुसार रामेछाप ६ ओख्रेनीका हिमाल तामाङ, टेकबहादुर तामाङ, प्रेमबहादुर तामाङ र वडा नं ७ सुकाजोरका रामकुमार कार्कीलगायत युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेको जानकारी दिनुभयो । उहाँले अन्य किसानको भन्दा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको जुनार… पुरा पढौ

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौं, ४ माघ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको… पुरा पढौ

काभ्रेपलाञ्चोकमा मल्चिङ विधिबाट कफीखेती गर्दै किसान

धुलिखेल, ३ माघ। आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका किसानले पछिल्लो समय नयाँ प्रविधि अवलम्बन गरेका छन् । गुणस्तरीय कफी उत्पादनका लागि पालिकाले किसानलाई खेतीमा मल्चिङ विधि, थोपा सिँचाइ र छहारीको व्यवस्थापनमा सघाएपछि किसान त्यसतर्फ आकर्षित भएका हुन् । गाउँपालिकाको सहयोगमा वडा नं ५ को चौडिक र खोलाघारीमा पहिलोपटक मल्चिङ विधिबाट परीक्षणका रुपमा खेती भइरहेको छ । वडा नं ५ का वडाअध्यक्ष विजय राना मगरले पाँच रोपनीमा ६०० भन्दा बढी बिरुवा रोपेर व्यावसायिक रुपमा मल्चिङ विधिबाट कफीखेती… पुरा पढौ

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं, ३ माघ। मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार चालु आवको छ महिनामा ४७५ वटा उद्योगमा रु ३९ अर्ब, चालु आवकोे पहिलो तीन महिनामा ३११ वटा उद्योगमा रु ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको थियो । चालु आवमा सात वटा ठूला, आठ वटा मध्यम… पुरा पढौ

चन्द्रागिरी केबलकारमा स्थानीयलाई ५० प्रतिशत छुट

कीर्तिपुर (काठमाडौँ), ३ माघ । चन्द्रागिरि नगरपालिकाका स्थानीयवासीले आजदेखि केबलकार चढ्दा ५० प्रतिशत छुट पाउन थालेका छन् । केबलकारको प्रवर्द्धक संस्था चन्द्रागिरि हिल्स लिमिटेडको गत पुस २३ गते सम्पन्न १६औँ साधारणसभाले माघ १ गतेदेखि लागू हुनेगरी चन्द्रागिरि नगरपालिका तथा मकवानपुर जिल्लाका थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीयवासीले समेत यस्तो छुट उपलब्ध गराउने निर्णय गरेको थियो । माघ १ गते सार्वजनिक बिदा परेका कारण छुटको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो । हाल चन्द्रागिरि केबलकार चढ्नका लागि साधारण टिकटका लागि ८२५ रूपैयाँ… पुरा पढौ

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु

काठमाडौं, ३ माघ। आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ७ मा वार्षिक बजेट बनाउदा स्रोतको अनुमान र खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ । योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यमकालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम… पुरा पढौ