आर्थिक 📈

‘नेपाल उड अन्तरराष्ट्रिय प्रदर्शनी २०२५’ आजदेखि सुरु

काठमाडौं, ४ पुस। आजदेखि ‘नेपाल उड अन्तरराष्ट्रिय प्रदर्शनी, २०२५’ सुरु भएको छ । भृकुटी मण्डपको प्रदर्शनी हलमा काठ, प्लाइउड, ल्यामिनेट तथा काठ प्रशोधन मेसिनरी क्षेत्रसँग सम्बन्धित ११औँ अन्तरराष्ट्रिय प्रदर्शनी सुरु आरम्भ भएको हो । प्रदर्शनीमा नेपालसहित भारत, चीन, मलेसिया, जर्मनी, ताइवानलगायत देशको सहभागिता रहने आयोजकले जनाएको छ । ‘फ्युचरेक्स टे«ड फेयर एण्ड इभेन्टस् प्रालि’ र ‘मिडिया स्पेस सोलुसन प्रालि’द्वारा आयोजित उक्त प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुनेछ । विभिन्न १० देशका दुई सय ५० बढी कक्ष रहेका छन् । करिब १५… पुरा पढौ

दिगो विकास लक्ष्य हासिल गर्न स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड

काठमाडौं, ४ पुस। सन् २०४५ सम्म शूल्य कार्वन उत्सर्जन गर्ने तथा दिगो विकास लक्ष्य हासिल गर्न स्वच्छ ऊर्जा प्रविधिहरूको विकासमा जोड दिइएको छ । जर्मन विकास नियोग (जिआइजेड)द्वारा आज आयोजित ‘नेपालको स्वच्छ ऊर्जा भविष्य, दिगो ऊर्जा चुनौती कोषको उपलब्धि र अवसर’ विषयक छलफल कार्यक्रममा वक्ताहरूले स्वच्छ ऊर्जाको पहुँच विस्तारसँगै बजार निर्देशिक समाधानमार्फत ऊर्जा रुपान्तरणमा जानुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले नेपालमा स्वच्छ ऊर्जा भविष्य निर्माणका लागि दिगो ऊर्जा चुनौती कोष (सस्टेनेबल एनर्जी… पुरा पढौ

लाभांश पारित गर्न सन नेपाल लाइफले डाक्याे एजिएम

काठमाडौं, ४ पुस । लाभांश अनुमाेदन गर्नका लागि सन नेपाल लाइफ इन्स्योरेन्सले दुई आर्थिक वर्षकाे साधारण सभा बाेलाएकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्नका लागि घोषणा गरेको लाभांश अनेमालनका लागि सभा डाकेकाे हाे । कम्पनीकाे आठौँ र नवौँ वार्षिक साधारण सभा पुस २५ गते, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौँमा बिहान साढे १० बजे बाेलाइएकाे छ। सभाबाट ५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि १५.२६३२ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिनेछ । यसका साथै… पुरा पढौ

पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर (झापा), ४ पुस। जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा चार सय ९६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा कार्यालयमा उद्ययोगतर्फ दुई सय ४३ र वाणिज्यतर्फ दुई सय ५३ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ पाँच सय र वाणिज्यतर्फ चार सय ७९ उद्योग नवीकरण गरिएको उनले जानकारी दिए। सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु आवको पहिलो पाँच महिनामा… पुरा पढौ

दोहोरो कर प्रक्रियाले व्यावसायिक किसान मारमा

भोजपुर, ४ पुस । फार्म दर्ता गरी व्यावसायिक रूपमा कृषि व्यवसायमा संलग्न भोजपुरका किसान दोहोरो तथा बहुकर प्रक्रियाका कारण समस्यामा परेका छन् । गाउँघरमै कृषि उद्यममा जोडिएका किसानले एउटै प्रकृतिको फार्मका लागि विभिन्न निकायमा छुट्टाछुट्टै शुल्क तिर्नुपर्दा आर्थिक भार बढेको गुनासो गरेका छन् । स्थानीय किसानका अनुसार कृषि फार्म दर्ता तथा नवीकरणका लागि वडा कार्यालय, गाउँपालिका वा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय र करदाता सेवा कार्यालयमा अलगअलग शुल्क बुझाउनुपर्ने अवस्था छ । एउटै फार्मका लागि पटकपटक कर तिर्नुपर्दा किसान… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, ४ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रुपैयाँ ४० पैसा र बिक्रीदर १९३ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८१… पुरा पढौ

प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख

काठमाडौं, ४ पुस । अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म रु ११ करोड १५ लाखबराबरको बीमा रकम भुक्तानी भएको छ । बीमा प्राधिकरणका अनुसार गत असोज १८ गतेयताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीमा कुल ७९० वटा प्रारम्भिक बीमादाबी परेको थियो । त्यसमा कुल रु चार अर्ब १८ करोड २६ लाख प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कुल ९६ वटा दाबीको भुक्तानी भएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए।… पुरा पढौ

पाँचाै दिन नेप्सेमा गिरावट, साढे ४ अर्बकाे काराेबार

काठमाडौं, ३ पुस । साताकाे शेयर काराेबार हुने पाँचाै दिन बिहीबार नेप्सेमा गिरावट भएकाे छ । निरन्तर तीन बढेर काराेबार भएकाेमा यसदिन बजार घटेको छ । नेप्से परिसूचक १०.६६ अंक घटेर २६१५.०३ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स १.६३ अंक घटेको छ । फ्लोट इण्डेक्स ०.७० अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले घटेको छ । यसदिन २५९ कम्पनीको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयर ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ ।… पुरा पढौ

प्रभु महालक्ष्मी लाइफद्वारा लाभांश घोषणा

काठमाडौं, ३ पुस । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे। इन्स्योरेन्सका अनुसार हाल कायम रहेकाे चुक्ता पूँजीको ८.४२१ प्रतिशतका दरले लाभांश वितरण गरिनेछ । यसमा ४ प्रतिशत बोनस शेयर रहेको छ । कर प्रयाेजनका लागि ४.४२१ प्रतिशत नगद लाभांश रहेकाे छ। इन्स्योरेन्सकाे पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साे लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि तथा… पुरा पढौ

नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं, ३ पुस । नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। बैंकले बत्तीसौँ वार्षिक साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि शुक्रबार पुस ४ गते बुकक्लोज गर्ने जनाएकाे छ। शेयरधनीहरुले लाभांश पाउन र सभामा भाग लिनका लागि याेग्य हुन आजसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले मात्रै साधारण सभामा सहभागि हुन र लाभांश पाउन सक्नेछन्। बैंककाे साधारण सभा पुस १८ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११… पुरा पढौ