आर्थिक 📈

चालिस माइक्रोभन्दा कमका प्लास्टिक झोला नियन्त्रणमा सक्रिय विभाग

काठमाडौं २६ पुस। प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा चुनौती देखिएको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ । पछिल्ला केही दिनदेखि विभागले प्लास्टिक उत्पादन गर्ने उद्योग, बिक्री वितरण गर्ने फर्ममा स्थलगत अनुमगन गर्दै ४० माइक्रोनभन्दा कमका प्लास्टिक बिक्रीवितरण नगर्न सचेत गराएको छ । सोही क्रममा विभागले शुक्रबार बालकुमारी प्लास्टिक उद्योग ललितपुरलाई रु ५० हजार जरिवाना गरेको छ । नियमित बजार अनुमगन गर्दै आएको विभागले सो उद्योगले उत्पादन वस्तुको कारखाना मूल्य नराखेको एवम् उद्योग… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २६ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ०२ पैसा र बिक्रीदर १८० रुपैयाँ ७७ पैसा… पुरा पढौ

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

काठमाडौं २६ पुस। आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा रु पाँच लाख बराबरको हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा सो व्यवस्था गरिएको छ । रु पाँच लाखभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ । कुनै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकको भुक्तानी समेत एकाउन्टपेयी हुनुपर्ने व्यवस्था गरिएको छ । प्राथमिकता प्राप्त पूर्वाधार आयोजनाहरु, जलविद्युत्, सडक, सञ्चार जस्ता क्षेत्रका कर्मचारी,… पुरा पढौ

राहुघाट जलविद्युत् आयोजनाको सुरुङकाे संरचना तयार

म्याग्दी, २६ पुस। म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका लागि सुरुङभित्रका संरचना तयार पारिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको उक्त आयोजना रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमानामा छ । आयोजनाको बाँधदेखि सोही पालिकाको वडा नम्बर ३ तिल्केनीचौर जोड्ने मुख्य सुरुङ, पेनस्टक पाइपलाइन, भर्टिकल प्रेसर साफ्ट, वटम प्रेसर साफ्ट, टप पेनस्टक र पेनस्कट पाइपलाइन जडान सकिएको जनाइएको छ । कूल छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ, एक किलोमिटर ८२ मिटर लामो पेनस्टक… पुरा पढौ

२८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति

काठमाडौं, २६ पुस। मुलुकमा कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब ६६ अर्ब ४७ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार, गत असार मसान्तमा रु २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा गत मङ्सिर मसान्तमा १८ दशमलव सात प्रतिशतले बृद्धि भई रु २८ खर्ब ६६ अर्बभन्दा माथि पुगेको हो । बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु दुई खर्ब ६३ अर्ब चार करोड रहेकामा गत मङ्सिर… पुरा पढौ

सङ्घबाट बजेट नआएपछि आफ्नै स्रोतबाट फुसको छानो हटाउँदै रामप्रसादराई गाउँपालिका

भोजपुर, २६ पुस। भोजपुरको रामप्रसादराई गाउँपालिकाले नागरिकको फुसको छानो विस्थापन गर्दै सुरक्षित आवास सुनिश्चित गर्ने उद्देश्यले ‘फुसको छानो हटाउने अभियान’ सञ्चालन गरेको छ । सङ्घ सरकारबाट प्राप्त हुनुपर्ने बजेट समयमै नआएपछि गाउँपालिकाले आफ्नै स्रोतबाट बजेट विनियोजन गरी अभियानलाई निरन्तरता दिएको हो । सङ्घीय सरकारअन्तर्गत सहरी विकास मन्त्रालयको फुसको छानो हटाउने कार्यक्रममार्फत यसअघि गाउँपालिकाका नागरिकले सम्झौता गरी घरको फुसको छानो हटाएर जस्तापाताको छानो फेरेका थिए । उक्त कार्यक्रमअन्तर्गत कुल ७४२ परिवारले सम्झौता गरेका थिए । तीमध्ये हालसम्म ६०१ परिवारले फुसको छानो… पुरा पढौ

पाँच महिनामा थपियो पाँच खर्ब २३ अर्बको विदेशी मुद्रा

काठमाडौं, २५ पुस । पछिल्लो पाँच महिनामा विदेशी मुद्राको सञ्चिति उल्लेख्य रूपमा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्ममा रु पाँच खर्ब २३ अर्ब ७९ करोडबराबरको विदेशी मुद्रा सञ्चित भएको हो । राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९ दशमलव ६ प्रतिशतले वृद्धि भई गत मङ्सिर मसान्तमा… पुरा पढौ

आजदेखि गैँडाकोट महोत्सव सुरु

नवलपुर (नवलपरासी), २५ पुस। चौथो संस्करणको गैँडाकोट महोत्सव एवं व्यापार मेलाको तयारी पूरा भएको छ । आगामी माघ १० गतेसम्म नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवको उद्घाटन आज दिउँसो नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्दै हुनुहुन्छ । महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष एवं महोत्सव मूल समिति संयोजक छवि कँडेलले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले महोत्सवस्थलमा स्टल निर्माण, मञ्च निर्माण, बाल उद्यान, कृषि परिसर निर्माणसहित सुरक्षा प्रबन्ध… पुरा पढौ

शुक्रबार सुनको मूल्य बढ्यो, चाँदी घट्यो

काठमाडौं, २५ पुस । साताकाे सुनचाँदीकाे काराेबार हुने छैंटौ दिन शुक्रबार नेपाली बजारमा सुनकाे भाउ बढेको छ । चाँदीको भाउ भने घटेको छ । सुन प्रतिकित्ता २ हजार १०० रुपैयाँले बढेको छ । चाँदी प्रतितोलामा ५५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन ताेलाकाे २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीकाे भाउ तोलामा ५५ रुपैयाँ घटेको छ । यसरी… पुरा पढौ

सालपा विकास बैंकको आईपीओ आज बाँडफाँट

काठमाडौं, २५ पुस । सालपा विकास बैंकको आईपीओ बाँडफाँट गरिएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँट गरिएकाे हो। बैंकले गएकाे पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारण लगानीकताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको १४ लाख ३९ हजार १७९ कित्ता शेयर खुलाएकाे थियो। लगानीकर्ताले २३ लाख २ हजार ८४३ जनाले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयर खरिद गर्नका लागि आवेदन दिएका थिए। तिमध्ये २२ लाख ६५… पुरा पढौ