आर्थिक 📈

वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नेतृत्वमा केसी

चितवन, २८ पुस। नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १०औँ केन्द्रीय परिषद् तथा ११औँ केन्द्रीय महाधिवेशनले सुदिन केसीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । चितवनको सौराहामा हालै सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा गङ्गाधर भट्टराई, उपाध्यक्षहरूमा खुलातर्फ रजनिस फुलारा, महिलातर्फ लसता श्रेष्ठ र मधेसीतर्फ अमित भगतलाई चयन गरेको हो । महासचिवमा सञ्जिवकुमार भडेल, उपमहासचिवहरूमा खुलातर्फ अरमेन्द्रकुमार यादव, महिलातर्फ रश्मी श्रेष्ठ र आदिवासी जनजातितर्फ सुरेश अवाल निर्वाचित हुनुभएको छ । सचिवमा अतिन्द्र राउत, गोविन्दप्रसाद बस्तोला र विश्वबन्धु भण्डारी निर्वाचित… पुरा पढौ

छ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर, २८ पुस। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो छ महिनामा रु ७१ लाख ४२ हजार ३४ आन्तरिक राजस्व सङ्कलन गरेको छ । नगरपालिकाको मुख्य कार्यालय र मातहतका १२ वटै वडा कार्यालयमार्फत उक्त राजस्व सङ्कलन गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार मुख्य कार्यालयबाट रु २७ लाख ७६ हजार ६६० र वडा कार्यालयहरूबाट रु ४३ लाख ६५ हजार ३७४ राजस्व सङ्कलन भएको छ । नगरपालिकाले सम्पत्ति करबाट रु एक लाख ६० हजार ४७४, मालपोत… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २८ पुस नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९३ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८० रुपैयाँ ४१ पैसा कायम… पुरा पढौ

किन घट्याे अन्तर बैंक कारोबार ?

काठमाडौं, २७ पुस । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिनामा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरू बीचको अन्तर बैंक कारोबार घटेकाे छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा काराेबार घटेर ४ खर्ब १७ अर्ब रुपैयाँमा सीमित भएको छ। जस अनुसार वाणिज्य बैंकहरूले ३ खर्ब ४४ अर्ब ७१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूले ७२ अर्ब २९ करोड रुपैयाँ बराबरको अन्तर बैंक कारोबार गरेका छन्। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा अन्तर बैंक कारोबार अघिल्लो आर्थिक… पुरा पढौ

कालीगण्डकी पालिकाले दम्पतिलाई आर्थिक सहायता दिने

वालिङ (स्याङ्जा), २७ पुस। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने दम्पतिलाई आर्थिक सहायता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा जनसङ्ख्याको घट्दो दरलाई रोक्नका लागि तीन सन्तान जन्माउने दम्पतिलाई आर्थिक सहायता गर्ने भएको हो । पछिल्लो समयमा जनसङ्ख्या घट्दै जाँदा दीर्घकालीन रुपमा जनसङ्ख्या सन्तुलनमा राख्न समस्या हुने भएकाले गाउँपालिकाले यस्तो कदम चालेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो । “गाउँपालिकाभित्र जनसङ्ख्या घट्दो क्रममा छ, घट्दै जाँदा कालान्तरमा गाउँमा मानिसको सङ्ख्या निक्कै कम हुन सक्छ”, उहाँले भन्नुभयो, “जनसङ्ख्याको घट्दो दरलाई… पुरा पढौ

आज सार्वजनिक बिदा, सेयर काराेबार नहुने

काठमाडौं, २७ पुस । साताकाे शेयर काराेबार हुने पहिलाे दिन आईतबार नेपाली शेयर बजारमा काराेबार नहुने भएकाे छ । सरकारले सार्वजिनिक बिदा दिएकाे कारण आज सेयर कारोबार बन्द हुने भएको हाे । शुक्रबार शेयरकाे काराेबार नहुने दिन हाे । शनिबार नियमि बिदा परेकाे र सरकारले राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा यसदिन सार्वजनिक बिदा दिएकाेले सेयर बजार बन्द रहनेछ। यो सातामा अन्य कुनै बिदा नपरेमा शेयरकाे काराेबार ४ दिन हुनेछ । बिहिबार साताकाे अन्तिम कारोबार भएकाे थियाे । नेप्से परिसूचक ४.५९ अंकले… पुरा पढौ

किसानलाई सुन्तलाजन्य परिकार बनाउने तालिम

भोजपुर, २७ पुस। षडानन्द नगरपालिकामा सुन्तलाखेतीमा संलग्न किसानलाई उत्पादनसँगै प्रशोधन र बजारीकरणतर्फ उन्मुख गराउने उद्देश्यले सुन्तलाजन्य परिकार बनाउने तालिम दिइएको छ । सुन्तलाको जुस, अचारलगायत विभिन्न परिकार तयार गरेर किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो । तालिम सुन्तलाको बढी उत्पादन हुने षडानन्द नगरपालिका–१० स्थित पुनर्जागरण समूहमा आबद्ध किसानलाई लक्षित गरी सञ्चालन गरिएको हो । तालिममा सहभागी किसानलाई सुन्तलाको जुस, अचारलगायत परिकार बनाउने व्यावहारिक अभ्यास गराइएको छभने प्याकेजिङ, लेबलिङ र भण्डारणसम्बन्धी आधारभूत जानकारी पनि प्रदान गरिएको छ ।… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २७ पुस । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९३ रुपैयाँ ९० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ०२ पैसा र बिक्रीदर १८० रुपैयाँ ७७ पैसा… पुरा पढौ

सिद्धार्थ बैंकको सिइओमा बस्याल नियुक्त

काठमाडौं, २७ पुस । सिद्धार्थ बैंककाे प्रमुख कार्यकारी अधिकृतमा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् ।उनलाइ सञ्चालक समितिकले पुस २५ गतेदेखि लागू हुनेगरी साे पदमा नियुक्त गर्ने निर्णय गरेको हाे । बैंकिङ्ग क्षेत्रमा ३५ बढीकाे लामाे अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिलबैंक लिमिटेडमा विभिन्न जिम्मेवार पदहरूमा रहेर कार्य गरेका थिए । उनले बहुमूल्य अनुभव आर्जन गरि सन्२००५ देखि सिद्धार्थ बैंक लिमिटेडमा आबद्ध भई प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव… पुरा पढौ

हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा परे-अध्यक्ष ढकाल

देवदह (रुपन्देही), २६ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र निशाना (केन्द्र) मा परेका बताउनुभएको छ । उहाँले निजी क्षेत्रप्रति किन यति नकारात्मक सोच र बुझाइ छ भन्दै प्रश्न गर्नुभयो । आज भैरहवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको ६७औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा अध्यक्ष ढकालले कुनै व्यवसाय सञ्चालन गर्नु भनेको त्यो व्यवसायी÷व्यक्तिको फाइदाका लागि मात्र नभई आमनागरिकका लागि पनि हुने स्पष्ट पार्नुभयो । उहाँले त्यो व्यवसाय फाइदाजनक नभए टिकाउ हुन नसक्ने बताउनुभयो ।… पुरा पढौ