आर्थिक 📈

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौं, ७ पुस। नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दामा चिनियाँ अदालतमा सफलता हात पारेको छ । चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला गरेसँगै चारवटा बैंक ग्यारेन्टीबापत ७४ लाख ४९ हजार ३८६.३२ अमेरिकी डलरबराबरको रकम प्राप्त गरेको नबिल बैंकले जनाएको छ । चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपसँग त्रिशूली थ्रीबी आयोजनाले ठेक्का तोडेपछि चिनियाँ बैंक चाइना एभरब्राइट बैंक, छेन्दु शाखाले काउन्टर ग्यारेन्टीबापतको रकम भुक्तानी गर्न अस्वीकार गरेको थियो । नबिलले बैंक ग्यारेन्टी भुक्तानीका… पुरा पढौ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत, ७ पुस । यहाँका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन् । लप्सी जिल्लाको रुपमा परिचित जिल्लामा यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ । जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुँवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ । बालीनाली थन्क्याइसकेपछि उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डी लगायतका परिकार बनाउँदै आएको छ । विगत डेढदशकदेखि लप्सी प्रशोधन… पुरा पढौ

कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

ढोरपाटन (बागलुङ), ७ पुस । पछिल्ला समयमा बसाइँसराले गाउँ रित्तिदै छ । गाउँमा भएकाहरु पनि सहर झर्ने मिति जुराउँदै छन् । जिल्लास्थित किमबोटबाट बसाइँ सर्नेमध्येका लोकनाथ कँडेल एक हुनुहुन्छ । १३ वर्ष अगाडि सुबिधा खोज्दै बागलुङ बजार झर्नुभएका उहाँ अहिले पनि प्रायः गाउँमै भेटिनुहुन्छ । कँडेल गाउँमै भेटिनुको मुख्य कारण हो, सुन्तला । जिल्लामै अगुवा किसानका रुपमा परिचित कँडेलले बसाइँसरे पनि जग्गा जमिन र घर छोड्नु भएको छैन । किमबोट गाउँमा उहाँको ३२० बोट सुन्तला छन् । यसमध्ये २५० बोटले… पुरा पढौ

रिलायन्स स्पिनिङ्ग मिल्सकाे आईपीओ आजदेखि खुला

काठमाडौं, ७ पुस । रिलायन्स स्पिनिङ्ग मिल्सले सर्वसाधारणका लागि पुस ७ गते साेमबार आजदेखिदेखि आईपीओ निष्काशन गरेकाे छ । कम्पनीले यसअघी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओको खुलापछि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेकाे हाे । कम्पनीले ५७ हजार ७९८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेकाे छ । बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता निष्काशन गर्ने भएकाे हो। प्रतिशेयर मूल्य १०० रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा छ। लगानीकर्ताले प्रतिकित्ता… पुरा पढौ

एनपिआइ नारायणी सामुदायिक अस्पतालकाे शेयर आउदै

काठमाडौं, ७ पुस  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । जारी पूँजी रु तीन अर्ब ५० करोड रहेको सो अस्पतालले आफ्नो जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ७ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ७० पैसा र बिक्रीदर १९१ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ २२ पैसा र बिक्रीदर १७९ रुपैयाँ… पुरा पढौ

नेप्सेमा १९.९२ अंककाे गिरावट, ४ अर्ब ५७ करोडकाे काराेबार

काठमाडौं, ६ पुस । साताको शेयर काराेबर हुने पहिलो दिन आइतबार नेप्सेमा गिरावट भएकाे छ । गएकाे बिहिबार अन्तिम काराेबार हुँदा पनि नेप्सेमा गिरावट भएकाे थियाे । यसदिन नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५.१० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.९६ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.३५ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंकले घटेको छ। नेप्सेमा भएकाे गिरावटसँगै कारोबार रकममा पनि कमि भएकाे छ। बिहीबार ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर काराेबार भएकाे थियाे । यसदिन भने ३४५ कम्पनीहरुकाे… पुरा पढौ

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं, ६ पुस। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा व्यावसायिक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध र क्रियाशील रहेको बताएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले जेनजी आन्दोलनका कारण खस्किएको व्यवसायीको मनोबल उकास्न सरकारले योजनाबद्ध काम गरिरहेको बताए। सचिव घिमिरेले आपूर्ति व्यवस्थापनलाई सहज बनाउनका लागि सरकारले नीतिगत क्षेत्रमा सुधारका महत्वपूर्ण काम गरिरहेको उल्लेख गरे। उनले व्यवसायीले राखेका मागलाई सरकारले क्रमशः सम्बोधन गर्दै लैजाने प्रतिबद्धता जनाए। नेपाल आयल निगमका कार्यकारी निर्देशक डा… पुरा पढौ

यी तीन कम्पनीहरुकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, ६ पुस । यी तीन ५ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स र तारागाउँ रिजेन्सी होटल्सकाे लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन बाँकी रहेकाे हो। यी पाँचै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि साेमाबार पुस ७ गते बुकक्लोज गर्ने बताएका छन्। त्यसैले शेयरधनीहरुले आजसम्म नेप्सेमा शेयर गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम हुने शेयरधनीहरु साधारण सभामा सहभागि हुन र लाभांश पाउन याेग्य हुनेछन्। महालक्ष्मी विकास… पुरा पढौ

सुनचाँदीको मूल्यमा उतारचढाव, सुन २ लाख ६० हजार नजिक

काठमाडौं, ६ पुस। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख ५८ हजार ३०० मा झरेको छ । गत मङ्गलबार रु दुई लाख ५९ हजार, बुधबार दुई लाख ५९ हजार ७००, बिहीबार दुई लाख ६० हजार ४०० सय कायम भएको थियो । यसैगरी, चाँदीको मूल्यमा पनि उतारचढाव आएको छ… पुरा पढौ