आर्थिक 📈

मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द

खोटाङ, २८ मङ्सिर। प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन् । यही मङ्सिर ६ गते प्रवर्द्धक कम्पनीका प्रतिनिधि र जग्गाधनीबीच मङ्सिर २५ गतेभित्र क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो । दुई पक्षबीच गरिएको लिखित सहमति प्रवर्द्धक कम्पनीले कार्यान्वयन नगरेपछि जग्गाधनीले सोही दिनदेखि पानी टरबाइनबाट हटाएर खोलातिर फर्काइदिएका… पुरा पढौ

‘अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ, २७ मङ्सिर । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकार र सहरहरूलाई साक्षी प्रतिनिधिका रूपमा नभई निर्णायक भूमिकामा सार्थक प्रतिनिधित्व गराउनुपर्ने बताउनुभएको छ । यही मङ्सिर २२ गतेदेखि २४ गते (डिसेम्बर ८–१०)सम्म बेल्जियमको ब्रसेल्सस्थित युरोपियन सङ्घको मुख्यालयमा आयोजित अन्तरराष्ट्रिय साझेदारीका लागि सहर र क्षेत्र २०२५ मञ्च (सिटीज एण्ड रिजन्स फर इन्टरनेशनल पार्टनरसिप्स २०२५ फोरम) मा प्रस्तुतिकरण दिँदै उपप्रमुख डङ्गोलले यस्ता कार्यक्रममा स्थानीय सरकारहरूलाई शक्ति, स्वामित्व र निर्णायक भूमिकासहितको सहभागिता गराउनुपर्ने धारणा राख्नुभएको… पुरा पढौ

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं, २७ मङ्सिर। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ । यस्तै, गाजर… पुरा पढौ

राष्ट्र बैङ्कले साढे रु ६ अर्ब बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्दै

काठमाडौं, २७ मङ्सिर । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु छ अर्ब ६० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले सूचना प्रकाशित गरी आफूले लिन चाहेको रकम र व्याजदर समेत प्रस्ताव गरी आवेदन पेस गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले एक बर्षका लागि लगानी गर्न लागिएकाले यही मङ्सिर २९ गतेभित्र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ । राष्ट्र बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कमा रु पाँच अर्ब २८ करोड, ‘ख’… पुरा पढौ

अमेरिकी डलरको भाउ उच्च बिन्दुमा, अन्यकाे कति ?

काठमाडौं, २७ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको… पुरा पढौ

खोटाङमा ३ हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन, रु ३४ करोड १० लाख आम्दानी हुने

खोटाङ, २६ मङ्सिर। यो वर्ष खोटाङमा तीन हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन भएको छ । जिल्लाका अधिकांश कृषकले उत्पादन गरेका सुन्तला ठेकेदारले बगानबाटै खरिद गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा उत्पादित सुन्तला प्रतिकिलो सरदरमा रु १०० का दरले बिक्री गर्दा यो वर्ष रु ३४ करोड १० लाख आम्दानी हुने केन्द्रका अर्थविज्ञ दीपक चौहानले जानकारी दिनुभयो । “यो वर्ष सबैभन्दा बढी जन्तेढुङ्गा र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सुन्तला उत्पादन भएको छ । जन्तेढुङ्गा गाउँपालिकाबाट रु चार करोड ५० लाखभन्दा… पुरा पढौ

आर्थिक सहकार्यका लागि महासङ्घ र भियतनामको लगानी प्रवर्द्धन विभागबीच छलफल

हनोइ (भियतनाम), २६ मङ्सिर । नेपाल उद्योग वाणिज्य महासङ्घ र भियतनामको अर्थतन्त्र मन्त्रालयअन्तर्गतको लगानी प्रवर्द्धन र अन्तरराष्ट्रिय सहकार्य विभागबीच आज द्विपक्षीय लगानी र व्यापारका सम्बन्धमा छलफल भएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले नेपालमा लगानीमैत्री वातावरण रहेको उल्लेख गर्दै लगानीका सम्भाव्य क्षेत्रमा भियतनामका लगानीकर्ताका लागि सहजीकरण गरिदिन आग्रह गरेको थियो । अध्यक्ष ढकालले आफूहरू भियतनामी लगानीकर्तालार्ई नेपालमा स्वागत गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा लगानीका कैयौँ क्षेत्र छन्, ती क्षेत्रमा ठूलो सम्भावना पनि छ, म भियतनामी… पुरा पढौ

सुनचाँदीको भाउ निरन्तर उकालो लाग्दै

काठमाडौं, २६ मङ्सिर। बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा रु तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोल रु १००ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ९०५ निर्धारण भएको छ । बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु… पुरा पढौ

आइएमई लाईफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौं, २६ मङ्सिर । आइएमई लाईफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हाे । इन्स्योरेन्सले हाल कायम रहेकाे चुक्ता पूँजीको १०.५२ प्रतिशतले हुने ५२ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएकाे हाे । इन्स्योरेन्सको मंसिर २५ गते बसेकाे बैठकले उक्त दरकाे लाभांश वितरण गर्ने निर्णय गरेको जनाइएकाे छ । इन्स्योरेन्सकाे वितरण गरिने साे लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीकाे आगामी वार्षिक… पुरा पढौ

मुग्लिन-पोखरा सडक : पश्चिम मौरीओडारमा कालोपत्र सुरु

दमौली (तनहुँ), २६ मङ्सिर। मुग्लिन पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा कालोपत्र गर्न थालिएको छ । मुग्लिन पोखरा सडकको पश्चिम खण्डअन्तर्गत मौरीओडारमा लामो समयपछि कालोपत्र गर्न थालिएको हो । यो खण्डमा पहिरोको उच्च जोखिम भएकाले कालोपत्र गरिएको थिएन । सडकछेउमा निर्माण गरिएको पर्खाल पहिरोले भत्काएको थियो । पश्चिम खण्डअन्तर्गत तनहुँको भागमध्ये मौरीओडारमा दुईतर्फी नै कालोपत्र गर्न बाँकी रहेकामा यहाँ कालोपत्रको काम सुरु गरिएको सडक योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो । हाल दुई लेनमा कालोपत्रको काम भइरहेको छ भने दुई… पुरा पढौ