आर्थिक 📈

नेप्सेमा करेक्सन, कारोबार ३ अर्ब ७३ करोडमा सिमित

काठमाडौं, २४ मङ्सिर । साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार नेपाली शेयर बजारमा गिरावट भएकाे छ । नेप्सेमा मंगलबार सामान्य अंककाे बृद्धि भएकाे थियो। अघिल्लाे दिनकाे लयलाई पछ्याउन नसक्दा यसदिन नेप्सेमा गिरावट भएकाे छ । नेप्से परिसूचक ५.०३ अंकले घटेर २६०९.०३ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.८६ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.५३ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले घटेको छ। बुधबार कारोबार रकम पनि घटेको छ। मंगलबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयरकाे काराेबार भएकाेमा यसदिन… पुरा पढौ

सामाजिक सुरक्षा योजनामा परिसङ्घले सहजीकरण गर्ने

काठमाडौं, २४ मङ्सिर। नेपाल उद्योग परिसङ्घले आफ्ना सदस्य उद्योगलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सहजीकरण गर्ने भएको छ । उद्योगमा कार्यरत श्रमिकको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यका साथ परिसङ्घ र सामाजिक सुरक्षा कोषबीच सोसम्बन्धी समझदारी भएको छ । समझदारीअनुसार परिसङ्घले उद्योग क्षेत्रमा सामाजिक सुरक्षाबारे जागरण बढाउने र श्रमिकलाई योजनामा आबद्ध गराउन प्रोत्साहन गर्ने भएको छ । परिसङ्घका महानिर्देशक डा घनश्याम ओझा तथा कोष कार्यकारी निर्देशक कविराज अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । कोषमा हालसम्म २२ हजार ४५३ रोजगारदाता सूचीकृत… पुरा पढौ

‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न

रातामाटा (दैलेख), २४ मङ्सिर। भगवतीमाई गाउँपालिका–३ स्थित मेलतोलीकी अमृताकुमारी खड्काले यही मङ्सिरको दोस्रो हप्ता दोस्रो सन्तानलाई जन्म दिनुभयो । पैतीस वर्षीया खड्का घरको दोस्रो तल्लामा भेटिँदा नवजात शिशुलाई काखमा च्यापेर अगेनाको राप तापिरहनुभएको थियो । छ वर्षीया छोरी उहाँकै अगाडि लुटपुटिरहेकी थिइन् । गर्भावस्थादेखि सुत्केरी नहुञ्जेलसम्म दुःख र पीडा भयो होला नि ? जिज्ञासा झर्न नपाउँदै उहाँले भन्नुभयो, “महिला, यसमाथि गर्भावस्था, यसमा सुत्केरी हुँदा नपाएको दुःख र कष्ठ कहिले पाउनु ? प्रसव पीडा बिना नयाँ सृष्टि कहाँ हुन्छ ?” जवाफ… पुरा पढौ

सुनचाँदीकाे भाउ बढ्याे, चाँदीको भाउ हालसम्मकै उच्च  

काठमाडौं, २४ मङ्सिर । साताकाे सुनचाँदीकाे काराेबार हुने चाैथाे दिन बुधबार, नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। सुन प्रतितोला २०० रुपैयाँले बढेको छ । चाँदीको भाउ तोलामा १५० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन मंगलबार, सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ तोलामा १५० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला तीन हजार ७५० रुपैयाँमा… पुरा पढौ

भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो

वीरगञ्ज (पर्सा),२४ मङ्सिर। भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ । यही मङ्सिर २० गतेदेखि लागू भएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति विमति जनाउँदै भन्सार ‘एजेन्ट’ आन्दोलित भएका हुन् । मङ्गलबार पेट्रोलियम पदार्थको भन्सार जाँचपासबाहेक सबै काम ठप्प रह्यो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले भन्सार ऐन, २०८२ बाट सिर्जित समस्या समाधान हुनुपर्नेमा जोड दिए। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले समस्या समाधानको प्रयास भइरहेको र आजदेखि जाँचपासको प्रक्रिया नरोकिनेमा आफू… पुरा पढौ

चिरख्वा हाइड्रोले डाक्याे एजिएम, हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं, २४ मङ्सिर। हकप्रद शेयर निष्काशनकाे प्रस्ताव अनुमाेदन गर्न चिरख्वा हाइड्रोपावरले पुस २३ गते साधारण सभा डाकेकाे छ । कम्पनीकाे सातौँ साधारण सभा कुण्डलिनी रोयल्स, जोरपाटी, काठमाडौँमा बिहान १० बजे बाेलाइएकाे छ । सभामा शतप्रतिशत, १ बराबर १ काे रेसियाेमा हकप्रद शेयर निष्काशनकाे विशेष प्रस्ताव अनुमाेदन हुनेछ। यसैकाे कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधनकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने, उपयुक्त आयोजनामा लगानी गर्ने, ऋण भुक्तानी गर्ने, लेखापरीक्षक नियुक्त र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ। साधारण सभा प्रयोजनका… पुरा पढौ

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता

काठमाडौं, २४ मङ्सिर। नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ । व्यवस्थापन संकायको कार्यलयमा भएको नवीकरण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र त्रिवि व्यवस्थापन संकायका डिन प्रा. डा. महानन्द चालिसेले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापछि त्रिविसँगको यस कार्यक्रम सन् २०२८ सम्म निरन्तर रुपमा सञ्चालन हुनेछ ।  नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत मुलुकभर सामाजिक उद्यमशीलताको प्रवद्र्धन र सशक्तीकरण गर्ने उद्देश्यले विगत चार वर्षदेखि नबिल… पुरा पढौ

यस्तो छ आज ताेकिएको विदेशी मुद्राको भाउ

काठमाडौं, २४ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा कायम… पुरा पढौ

नेप्सेमा सामान्य सुधार, तीन अर्ब ७५ करोडकाे काराेबार

काठमाडौं, २३ मङ्सिर । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सात दशमलव ३९ अङ्कले बढेर दुई हजार ६१४ दशमलव ०७ को बिन्दुमा कायम भएको हो । आज ३३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ कित्ता शेयर ६२ हजार ६६५ पटक खरिद बिक्री हुँदा कारोबार रकम रू तीन अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ मा खुम्चिएको छ । आजको कारोबारमा बैंकिङ शून्य दशमलव… पुरा पढौ

उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान

महोत्तरी, २३ मङ्सिर। सरकारले सोमबार उखुको मूल्य र अनुदान रकम निर्धारण गरेको छ । तर महोत्तरीका उखु किसानले भने सरकारले आपूmहरुको मागअनुसार मूल्य नतोके पनि गत वर्षभन्दा केही बढाएको उल्लेख गर्दै चित्त बुझाएका छन् । “हाम्रो त खेतीमा बढ्दो लागत र आम उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि हेरेर प्रतिक्विन्टल रु ७५० पाउनुपर्छ भन्ने थियो । तर सरकारले मूल्य र अनुदान निर्धारणमा ६९० रुपैयाँ मात्रै निर्धारण गरिदियो”, उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भने। उनका अनुसार मूल्य र अनुदानसमेत गर्दा… पुरा पढौ