आर्थिक 📈

उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौं, ३१ असोज  सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सो कार्ययोजना अगाडि सारे छ । सेवा प्रवाहलाई परिवर्तित परिवेशअनुसार तत्कालै सुधार गर्न सकिने विषय समेटिएको कार्ययोजना मन्त्रीस्तरीय बैठकबाट निर्णयगरी कार्यान्वयनमा ल्याइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ… पुरा पढौ

नेप्से १८.४० अंकले घट्याे, ३ अर्ब २७ करोडकाे काराेबार

काठमाडौं, ३० असाेज । साताको शेयर काराेबार हुने पाँचाै दिन बिहिबार पनि नेपाली शेयर बजारमा नकारात्मक लय देखिएकाे छ । साताकाे अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको लगातार याे तेश्राे दिन हाे । नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.७३ अंकले घटेको छ । फ्लोट इण्डेक्स १.१६ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंकले घटेको छ। यसदिन पनि काराेबार रकममा उल्लेखनिय बृद्धि भएकाे छैन । तर अघिल्लाे दिनकाे तुलनामा भने केहि बढेकाे छ… पुरा पढौ

सुनमा रेकर्ड ब्रेक : ताेलाकाे २ लाख ५० हजार ९ सय

काठमाडौं, ३० असोज । सुनचाँदीकाे भाउले नयाँ रेकर्ड बनाउने क्रम राेकिएकाे छैन । साताकाे सुनचाँदीकाे काराेबार हुने पाँचाै दिन बिहिबार पनि सुनले रेकर्ड ब्रेक गरेकाे छ । यसदिन सुन ताेलामा दुई हजार रुपैयाँले बढेर रेकर्ड ब्रेक भएकाे हाे । चाँदीमा पनि ताेलामा रुपैयाँ ३५ ले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोलाकाे २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ । याे भाउ हालसम्मको उच्च हो । बुधबार छापावाल सुन प्रतितोला २ लाख ४८ हजार… पुरा पढौ

असाेजकाे बाढीले पाैने ६ करोडको धानबाली नष्ट

झापा, ३० असोज। यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले झापामा ४६३ दशमलव ४२ हेक्टर जमिनको धानबाली नष्ट गरेको छ । कृषि ज्ञान कार्यालयका प्रमुख सागर विष्टले ७०३ कृषकको रु पाँच करोड ७५ लाख २३ हजार बराबरको एक हजार ६४४ दशमलव ३३ मेट्रिक टन धान नष्ट गरेको जानकारी दिए। “बाढीले अन्य कृषिबालीमा पनि क्षति गरेको छ, तर धानमा जति अरुमा छैन”, उनले भने, “पाक्न लागेको धान बाढीले बगाउँदा किसानको बिचल्ली भएको छ ।” वर्षाका कारण कनकाई… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ३० असोज। नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रूपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा रहनेछ । यस्तै, आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रूपैयाँ ८७ पैसा र बिक्रीदर १८८ रूपैयाँ ६७ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७५ रूपैयाँ ७३ पैसा र बिक्रीदर १७६… पुरा पढौ

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं, ३० असोज। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६१, आलु रातो प्रतिकिलो रु ५६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ४७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३५ रहेको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु ११०, लोकल बन्दा प्रतिकिलो रु… पुरा पढौ

कामना सेवा बैंकले ल्यायाे डोर स्टेप बैंकिङ सर्भिस

काठमाडौं, ३० असाेज । कामना सेवा विकास बैंकले विशिष्ट वचत खाता अन्तर्गत नेपालमै पहिलो पटक डोर स्टेप बैंकिङ सर्भिस सार्वजनिक गरेको छ । यो सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैकिङ सुविधा लिन चाहने ग्राहकहरुको लागि प्रत्यक्ष रुपमा फाईदाजनक हुने बताइएकाे छ । अत्याधुनिक प्रविधिमा आधारित याे सेवा अन्तर्गत ग्राहकहरुले बैंकले प्रदान गर्ने विभिन्न सेवाहरु जस्तै नगद जम्मा, खातावाट नगद झिक्ने, चेक बुक माग, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेट तथा अन्य सुविधाहरु आफ्नो घर वा कार्यालयमा वसेर… पुरा पढौ

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी (अमेरिका), ३० असोज। विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् । उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ । भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य त्था विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो । पुरा पढौ

विश्व बैङ्कको साढे २९ कराेड अनुदानमा सडक स्तरोन्नति गरिँदै

कञ्चनपुर, ३० असोज। लालझाडी गाउँपालिकामा विश्व बैङ्कको रु २९ करोड ४६ लाख ४३ हजार ७२३ को अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ । प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रको हुन लागेको हो । गाउँपालिका–६ चानदेवदेखि वडा नं २ काठमाडौँ डाँडासम्मको १३ दशमलव छ किलोमिटर सडक कालोपत्रका लागि कार्य अगाडि बढाइएको गाउँपालिका अध्यक्ष निर्मल रानाले बताए। उनका अनुसार पाँच मिटर चौडाइमा कालोपत्रको कार्य गरिने छ भने सडकको चौडाइ नालासहित आठ मिटरदेखि १० मिटरसम्म हुनेछ । “सडक… पुरा पढौ

नेप्से २२ अङ्कले घट्यो, काराेबार ३ अर्ब १० करोडमा सिमित

काठमाडौं, २९ असोज। साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार नेप्से नकारात्मक लयमा गएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ५०५ दशमलव ५८ को विन्दुमा आएको छ । कूल ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३५ हजार ७५० पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब १० करोड १८ लाख ३० हजार ९४५ मा खुम्चिएको छ । म्युचुअल फण्ड शून्य दशमलव २४ प्रतिशतले बढेको आजको बजारमा बाँकी सबै… पुरा पढौ