आर्थिक 📈

नेप्से २२ अङ्कले घट्यो, काराेबार ३ अर्ब १० करोडमा सिमित

काठमाडौं, २९ असोज। साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार नेप्से नकारात्मक लयमा गएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ५०५ दशमलव ५८ को विन्दुमा आएको छ । कूल ३१८ कम्पनीको ७६ लाख ११ हजार ६६० कित्ता शेयर ३५ हजार ७५० पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब १० करोड १८ लाख ३० हजार ९४५ मा खुम्चिएको छ । म्युचुअल फण्ड शून्य दशमलव २४ प्रतिशतले बढेको आजको बजारमा बाँकी सबै… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २९ असोज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७… पुरा पढौ

विदेश पढ्न जानेले एक महिनामै लगे रु ३२ अर्ब ७६ करोड

काठमाडौं, २९ असोज। उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार, भदौमा मात्रै विदेश जाने विद्यार्थीले रु ३२ अर्ब ७६ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम रु २८ अर्ब २० करोड थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव छ प्रतिशतले वृद्धि भई रु ४७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय… पुरा पढौ

सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा खर्च गर्न सक्ने

काठमाडौं, २९ असोज। बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’ गर्दै बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकले सामाजिक उत्तरदायित्व वापतको रकम जेनजी आन्दोलनका क्रममा घाइते भएका र सहिदका परिवारका हकमा खर्च गर्न पाउने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले खुद मुनाफाको एक प्रतिशत बराबरको रकम अनिवार्य… पुरा पढौ

मुस्ताङमा यस वर्ष रु एक अर्बभन्दा बढीको स्याउ उत्पादन

मुस्ताङ, २९ असोज। मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकाेमा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष रु ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष रु एक अर्ब १० करोड बराबरको स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्राविधिकहरुको स्थानीय किसानको फरक÷फरक बगैँचा अनुगमन तथा स्याउको क्रप कटिङसम्बन्धी… पुरा पढौ

मुनाल सहकारीको १७ औं वार्षिक साधारण सभा सम्पन्न अध्यक्षमा थापा निर्विरोध निर्वाचित

पोखरा, २८ असोज । पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन हालै सम्पन्न भएकाे छ । अधिवेशनले नारायणबहादुर थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा डा. विष्णुप्रसाद चापागाईं, सचिवमा रमेश पौडेल, कोषाध्यक्षमा सुदर्शन न्हुच्छे प्रधान निर्वचित भएका छन् । समितिको सदस्यहरूमा तिलकबहादुर प्रधान, सन्तोषकुमार घिमिरे, मोतिप्रसाद पौडेल र नानुमाया तिमिल्सिना निर्वाचित भएका छन । लेखा समिति संयोजकमा कालीप्रसाद मैनाली तथा सदस्यमा किरणकुमार श्रेष्ठ र कुशल… पुरा पढौ

दुई महिनामा साढे ३ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं, २८ असोज । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गत भदौ मसान्तसम्म विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई रू तीन खर्ब ५२ अर्ब आठ करोड पुगेको हो । गत भदौ महिनामा मात्र रू एक खर्ब ७४ अर्ब ६७ करोड विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ… पुरा पढौ

मुस्ताङ भन्सारमा दुई अर्ब २४ करोड राजस्व सङ्कलन

मुस्ताङ, २८ असोज। नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु दुई अर्ब २४ करोड तीन लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको कोरलानाकामा सोमबारसम्म उक्त राजस्व सङ्कलन भएको हो । यहाँ २०८० कात्तिक २७ गतेदेखि माथिल्लो लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकावासीलाई मात्रै लक्ष्य गरी खुल्ला गरिएको कोरलानाकामा भन्सार गतिविधि आंशिक रुपमा सक्रिय रहेकाेमा पूर्ण रुपमा नाकामा व्यापारिक कारोबारका लागि आयात÷निर्यात खुल्ला गरिएसँगै मुस्ताङ भन्सार कार्यालय सक्रिय बनेको हो । विभागले… पुरा पढौ

नेप्से १९.४३ अंकले घट्याे, काराेबार ३ अर्ब ३६ करोडमा सिमित

काठमाडौं, २८ असाेज । साताकाे शेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेप्सेमा गिरावट भएकाे छ । परिसूचक घटेर बन्द भएको छ। यसअघि साेमबार शेयर बजार उकालाे लागेर बन्द भएकाे थियाे । नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ४.६० अंकले घटेको छ । फ्लोट इण्डेक्स १.८० अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अंकले घटेको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लाे दिनकाेभन्दा घटेको छ। सोमबार ५ अर्ब नजिककाे काराेबार भएकाेमा यसदिन ३१७ कम्पनीकाे ३८ हजार ८२७… पुरा पढौ

गरिमा विकास बैंकद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा

काठमाडौं, २८ असाेज । गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको सञ्चित रहेकाे नाफाबाट शेयरधनीहरुका लागि साे लाभांश घोषणा गरेको हाे । बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको जनाएकाे छ । यसमा ६ प्रतिशत बोनस शेयर रहेको छ । त्यसमा कर प्रयाेजनका लागि ४.५३ प्रतिशत नगद लाभांश रहेको छ। बैंकको सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले शेयरधनीहरुका लागि साे लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त… पुरा पढौ