आर्थिक 📈

नेप्सेमा ११.०६ अङ्ककाे गिरावट, ९ अर्बकाे काराेबार

काठमाडौं, २५ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव शून्य छ अङ्कले घटेर दुई हजार छ सय २९ दशमलव ८९ को बिन्दुमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर ८६ हजार ६३६ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ दशमलव ९३ को कारोबार भएको छ । आज जलविद्युत् समूह एक दशमलव २२… पुरा पढौ

सच्याइयाे निर्णय, घरजग्गा कारोबार गर्दा बैंक स्टेटमेन्ट नचाहिने

काठमाडौं, २५ जेठ । एक सातामै सरकार घरजग्गा कारोबार गर्दा अनिवार्य रुपमा खरदिकर्ता र बिक्रीकर्ताले बैंक स्टेटमेन्ट पेस गर्नुपर्ने निर्णयबाट पछि हटेकाे छ । संशोधन गरिएकाे व्यवस्थामा अब घरजग्गा कारोबार गर्दाका बखत् बैंक स्टेटमेन्ट नचाहिने भएकाे हाे । सरकारकाे निर्देशनबाट बैंक स्टेटमेन्टसम्बन्धी व्यवस्था हटाइएको छ । खरिदकर्ता, बिक्रीकर्ता र एजेन्ट कम्पनीका सञ्चालकले अनिवार्य रुपमा केवाईसी फाराम भर्नुपर्ने व्यवस्था पनि निर्देशनले हटाएकाे छ ।  भूमि व्यवस्थापन तथा अभिलेख विभागले जेठ २० गते घरजग्गा कारोबार गर्दाकाे बखत् खरिदकर्ता र बिक्रीकर्ताले बैंक स्टेटेमन्ट… पुरा पढौ

तरलता बढेपछी रु २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं, २५ जेठ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आज रुपैयाँ २० अर्ब निक्षेप खिच्न लागेकाे छ। बैंकले बोलकबोलमार्फत २० अर्ब निक्षेप खिच्न लागेको जनाएकाे हाे । अहिले बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाे छ । चालु आर्थिक वर्ष २०८१/८२ काे सुरुबाटै बैंकले तरलता खिचिरहेकाे छ । बैंकका अनुसार हाल कुल निक्षेप ६९ खर्ब ४५ अर्ब बढी भएकाे छ । निक्षेप रकम लगातार बढेकोले अनलाइन प्रणालीबाट बोलकबोल गरिदैछ । यसकाे ब्याजदर बोलकबोलको माध्यमबाटै हुने भएकाे छ । आज बोलकबोल… पुरा पढौ

विवरण नबुझाउने चितवनका २ हजार करदाता निलम्बित

चितवन, २५ जेठ । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये दुई हजार ३७३ करदातालाई निलम्बन गरिएको छ । आन्तरिक राजस्व विभागले विगत छ महिना लगातार मूल्य अभिवृद्धिकर विवरण नबुझाएका ती करदातालाई निलम्बन गरेको हो । कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस कार्यालयमा रहेका दुई हजार ४०० मूल्य अभिवृद्धि करदाताले विवरण बुझाएका थिएनन् । उनीहरूमध्ये विभागले २०८२ साल वैशाख ११ गते सार्वजनिक गरेको सूचनापछि २७ जनाले विवरण बुझाएका थिए । विवरण नबुझाएकालाई निलम्बन गरेसँगै ती संस्थाको कारोबार… पुरा पढौ

सुन तोलामा रु ३ हजारले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं, २५ जेठ । शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९० हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १४५ निर्धारण भएको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् । पुरा पढौ

निफ्राकाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २५ जेठ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले जेठ १८ गतेदेखि निष्काशन गरेकाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। बैंकले ७ वर्षे अवधिको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ निष्काशन गरेकाे हाे । वार्षिक ६ प्रतिशत ब्याजदर पाइने ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ काे प्रतिऋणपत्र ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरिएककाे हाे । यसमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरले बाँडफाँट गरिने भएकाे छ । २ अर्ब… पुरा पढौ

किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’

गलकोट (बागलुङ), २५ जेठ । बागलुङ नगरपालिका–५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको छमहिने बाख्राको पाठी तुलसी सापकोटालाई उपहार प्रदान गरे। ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले हेफर परियोजनाको प्राविधिक सहयोगमा महिलाहरूलाई एक सय चार बाख्राका पाठी वितरण गरेको छ । कालिका किसानले गत वर्ष पाएको बाख्राबाट जन्मेको पहिलो पाठी सापकोटालाई उपहारस्वरुप प्रदान गरे। बागलुङ नगरपालिकाको आर्थिक सहयोग, हेफरको प्राविधिक सहयोग तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको व्यवस्थापनमा बागलुङ नगरपालिकाभित्रका १० वडामा गत वर्षदेखि आत्मनिर्भर बागलुङ कार्यक्रम लागू गरिएको छ । आत्मनिर्भर… पुरा पढौ

बजेटमा श्रमिकको हकहितको सुरक्षा गरिने प्रतिबद्धता

काठमाडौँ, २५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्यमार्फत मर्यादित श्रमअभ्यास, असल श्रम सम्बन्ध र उत्पादकत्व अभिवृद्धि गर्दै श्रमिकको हकहितको सुरक्षा गरिने प्रतिबद्धता व्यक्त गरेको छ । बालश्रम, लैङ्गिक हिंसा, यौन दुव्र्यवहारजस्ता कार्य अन्त्य गर्न पारिवारिक तथा सााजिक जागरणका कार्यक्रम सञ्चालन गर्ने सरकारको उद्घोष छ । सरकारले यसो भनिरहँदा घरेलु बालश्रम, लैङ्गिक हिंसा र बेरोजगार युवाका समस्या भने चुनौतीपूर्ण देखिएका छन् । बाल क्लबका पूर्वसदस्यद्वारा किशोर–किशोरीका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था युवालयका अनुसार ९० प्रतिशत घरेलु कामदार महिला… पुरा पढौ

सूचकाङ्क विश्लेषणसहित बीमा प्रतिविम्बको दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ, २५ जेठ । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मका बीमा क्षेत्रका मुख्यमुख्य तथ्याङ्कको विश्लेषणसहित बीमा प्रतिविम्बको दोस्रो संस्करण सार्वजनिक गरेको छ । यस संस्करणमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म जारी बीमालेख सङ्ख्या, प्रदेशगत रूपमा बीमालेख सङ्ख्या, बीमाशुल्क सङ्कलन, बीमा दाबी भुक्तानी विवरण, जीवन बीमाको पहुँचजस्ता विषय समेटिएको छ । यस्तै, बीमकको वित्तीय अवस्था, समर्पण तथा व्यतित विवरण, बीमकका शाखा कार्यालय तथा कर्मचारी विवरणलगायत बीमा क्षेत्रका समग्र सूचकाङ्क विश्लेषणसहित प्रस्तुत गरिएको छ । उक्त सामग्रीमा नेपालको बीमा क्षेत्रले… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझौं

काठमाडौँ, २५ जेठ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ १४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १५ पैसा… पुरा पढौ