आर्थिक 📈

राष्ट्र बैंकका तत्कालीन अध्यक्ष डा अधिकारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, २७ जेठ । ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल राष्ट्र बैंकका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारी पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस लिएको आयोगको आरोप छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा रहेको भुसाल हस्पिटालिटीअन्तर्गतको परियोजनाले रु एक अर्ब ७७ करोड २९ लाख ८६ लाख ७६५ बराबरको ऋण लिनका लागि बैंकका अध्यक्ष डा अधिकारीले रु १९ लाख रकम लिएको पाइएको… पुरा पढौ

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार-अध्यक्ष ढकाल

काठमाडौं, २६ जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताएका छन् । आज स्वीट्जरल्याण्डको जेनेभामा आयोजित ११३ औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनलाई रोजगारदाताको तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका कानुनी सुधार र नेपालमा रहेका अवसरका बारे विश्व समुदायलाई जानकारी गराए । यसैगरी अर्थतन्त्रको औपचारिकीकरणमा नेपालले गरिरहेको प्रयासको विश्व मञ्चमा प्रशंसा भएकोमा अध्यक्ष ढकालले खुसी व्यक्त गरे। औपचारिक अर्थतन्त्र विस्तारका लागि नवीन सोचसहित काम गरेकोमा अन्तरराष्ट्रिय श्रम सङ्गठन… पुरा पढौ

नेप्सेमा २३.१९ अंककाे बृद्धि, साढे ८ अर्बकाे काराेबार

काठमाडौं, २६ जेठ । साताको शेयर काराेबार हुने दोस्रो दिन साेमबार नेपाली शेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । यसिदनकाे बढाेत्तरी चारदिन पछिकाे हाे । नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स २.४४ अंकले बढेको छ । फ्लोट इण्डेक्स १.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंकले बढेको नेप्सेले जनाएकाे छ। यसदिन कारोबार रकम आइतबारकाे भन्दा घटेकाे छ। उक्त दिन ९ अर्ब बढीको शेयर काराेबार भएकाे थियाे । आज कुल ३२४ कम्पनीहरुकाे ७८ हजार ८४८ पटकको… पुरा पढौ

‘रोजगारीसँग जोड्ने प्रभावकारी नीतिगत व्यवस्था गर्न सुझाव’

पाटन (ललितपुर), २६ जेठ । युवालाई रोजगारीसँग जोड्ने गरी दीर्घकालीन प्रभावकारी नीतिगत व्यवस्था गर्न ललितपुर महानगरलाई सङ्घीय सांसद र प्रदेशसभा सदस्यले सुझाव दिएका छन । आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यसँगको छलफलमा ललितपुर क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले केन्द्रीय सरकारको बजेट साँघुरो हुँदै गएको र स्थानीय तहको बजेट बढ्दै गएको अवस्था महानगरभित्रको सडक व्यवस्थापनलाई बढी जोड दिन आग्रह गरे। “चक्रपथ क्षेत्रमा फ्लाइओभर र अन्डरपास… पुरा पढौ

सुनकाे भाउमा सामान्य गिरावट, चाँदीकाे बढ्याे

काठमाडौं, २६ जेठ । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली बजारमा सुनचाँदीकाे भाउमा तलमाथि भएकाे छ । यसिदन सुनकाे भाउमा सामान्य गिरावट भएकाे छ । चाँदीकाे भाउ बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ताेलामा रुपैयाँ १०० ले घटेको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघले चाँदीको भाउ बढेको जनाएकाे… पुरा पढौ

नेपाल लाइफ इन्स्योरेन्सकाे शेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, २६ जेठ । नेपाल लाइफ इन्स्योरेन्सकाे शेयरमूल्य साेमबार नेप्सेमा समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनकाे लागि बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरिएकाे छ । इन्स्योरेन्सको १२ प्रतिशत बोनस शेयर समायोजन भएकाे छ । समायोजनपछी शेयरमूल्य ४५२ रुपैयाँ ६७ पैसा कायम भएको छ। शेयरमूल्य अघिल्लाे दिनकाे काराेबारकाे अन्तिम मूल्यकाे आधारमा समायोजन गरेर नयाँ ताेकिएको हो। अघिल्लो दिन अन्तिम मूल्य ५०६ रुपैयाँ ९९ पैसा थियो। इन्स्योरेन्सकाे आठौँ साधारण सभा असार २ गते, आम्रपाली… पुरा पढौ

वीरगञ्ज राजस्व सङ्कलन : पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज (पर्सा), २६ जेठ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु ६४ अर्ब ५० करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्नका लागि रु एक खर्ब ५५ अर्ब ९४ करोड रकम खर्चिएको छ । आयातबाट प्राप्त कूल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६ दशमलव २६ प्रतिशत रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक… पुरा पढौ

यसताे छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २६ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा कायम गरेको छ । युरोपियन युरो एकको खरिदर १५५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपैयाँ ९० पैसा र बिक्रीदर १८५ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १६६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ११… पुरा पढौ

पाल्पाको रिमिघा लेकमा पाइयाे यार्सागुम्बा, प्रवेश निषेध

तानसेन (पाल्पा), २६ जेठ । यहाँको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए। रिमिघा लेकमा गत साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो । उक्त क्षेत्रमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो । गाउँपालिकाले उक्त क्षेत्रमा… पुरा पढौ

आयल निगमका गण्डकी प्रदेश प्रमुख चित्तरञ्जनलगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, २५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दासलगायत विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । मिलेमतोमा बिलमा उल्लेख भएको परिणामभन्दा बढी पेट्रोलियम पदार्थ डिजेल पठाएको उजुरी निवेदनमा अनुसन्धानपछि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । पेट्रालियम पदार्थको डिप र सिल गर्ने जिम्मेवारीमा रहेका डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटसँगको मिलेमतोमा बदनियत राखी सिसी क्यामेरासमेत बन्द गरेर बढी पेट्रोलियम… पुरा पढौ