आर्थिक 📈

काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

भद्रपुर (झापा), २२ चैत । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । आठ महिनाको अवधिमा सबैभन्दा धेरै चिया रु आठ अर्ब २० करोड ९६ लाख, अलैँची रु पाँच अर्ब २४ करोड ४० लाख, प्लाइ तथा भेनियर रु दुई अर्ब… पुरा पढौ

आज सुनचाँदीकाे भाउमा भारि गिरावट

काठमाडौं, २२ चैत । साताकाे सुनचाँदीकाे काराेबार हुने छैटौं दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा भारि गिरावट भएकाे छ । यसदिन सुन प्रतितोला तीन हजार ९०० रुपैयाँ घटेको छ । चाँदी १२५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका छापावाल सुनकाे भाउ प्रतितोला एक लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार छापावाल सुन ताेलाकाे १ लाख ८० हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । महासंका अनुसार चाँदीको भाउ १२५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार… पुरा पढौ

बिम्स्टेककाे छैटौं शिखर सम्मेलन सुरु

बैङकक, २२ चैत । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको सामुहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो । सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरे । सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य… पुरा पढौ

सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ : मन्त्री खड्का

काठमाडौँ, २२ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको बताएका छन् । तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गर्न लागेको २८५ मेगावाटको जलविद्युत् केन्द्रमा प्रयोग गरिने टनेल बोरिङ मेसिनबारे चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीसँग गए राति आयोजित हस्ताक्षर समारोहमा मन्त्री खड्काले निजी क्षेत्रलाई अगाडि बढाएर सरकारले ऊर्र्जा क्षेत्रको विकास गर्न चाहेको बताए। “सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गर्ने र निजी क्षेत्रबाट धेरैभन्दा धेरै कर लिएर मुलुक समृद्ध… पुरा पढौ

म्याग्दीमा बङ्गुरको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सुरु

म्याग्दी, २२ चैत । बङ्गुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बङ्गुर जोन कार्यक्रममार्फत बङ्गुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो । परियोजनाका प्रमुख भरत गौतमले म्याग्दीमा पहिलोपटक मङ्गला गाउँपालिका–५ हाडेभिरका विमल सापकोटाको फार्ममा पालिएका बङ्गुरमा उच्च नश्लको कम बोसो भएको अमेरिकन नश्लको शुद्ध बङ्गुरको ताजा वीर्यबाट निःशुल्क कृत्रिम गर्भाधान सेवा सुरु गरिएको जानकारी दिए। “राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरासँग समन्वय गरेर प्राविधिक गङ्गामति रोकाले कृत्रिम गर्भाधान गराएकी हुन्”, उनले भनिन्, “हाललाई सहज यातायात सुविधा… पुरा पढौ

ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सवेरीमा १० प्रतिशतसम्म क्यासब्याक

काठमाडाैं, २२ चैत्र । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एण्ड विजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानाङ्गले हस्ताक्षर गरेका छन् ।  समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरुले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटै स्टोरहरुमा पोइन्ट अफ सेल (पस)  मेशिनमार्फत गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम् रु. २०० सम्मको क्यासब्याक पाउनेछन् ।  ग्लोबल आइएमई बैंक… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, २२ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ८२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८० रुपैयाँ २४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५८ रुपैयाँ १३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८२ पैसा कायम गरिएको… पुरा पढौ

नेप्से सामान्य अंकले बढ्याे, ७ अर्ब ८४ करोडकाे काराेबार

काठमाडाैं, २१ चैत्र । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेप्सेमा सामान्य अंककाे बृद्धि भएको छ। बुधबार पनि नेप्से उकालाे कै यात्रामा गएकाे थियाे । नेप्से परिसूचक ३.३५ अंक बढेर २७०३.३९ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स २.३० अंक बढेको छ । फ्लोट इण्डेक्स ०.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९८ अंकले बढेको छ। आज कारोबार रकम पनि बढेको छ। बुधबार साढे ५ अर्बको काराेबार भएकाेमा आज ३२४ कम्पनीहरूकाे ६९ हजार ८९ पटकको कारोबारबाट रूपैयाँ ७ अर्ब ८४ करोड ४६ लाख ४२… पुरा पढौ

प्रधानमन्त्री ओलीको आह्वानपछि नेपालमा लगानी गर्न थाई लगानीकर्ता उत्साहित

बैङ्कक, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानपछि थाइल्याण्डका व्यवसायीले नेपालमा पर्यटन, होटल, निर्माणजन्य कच्चापदार्थ जस्ता क्षेत्रमा लगानी गर्न उत्साहित देखाएका छन् । प्रधानमन्त्री ओलीसँग छलफलका क्रममा थाई व्यवसायीहरूले नेपालमा लगानीका सम्भावना, अवसर र सहकार्यका विषयमा चासो राखेका हुन् । सो अवसरमा व्यवसायहीहरूले लगानी गर्न कानुनी सहजता र लगानीपछिको मुनाफा फिर्ता लैजाने प्रबन्धलगायतका विषयमा चासो राखेका थिए। नेपालमा विदेशी मुद्राको सहजता र ‘रिजर्भ’बारे पनि उनीहरुको जिज्ञासा थियो । छलफलका क्रममा नेपाली उद्योगी–व्यवसायीहरूको प्रतिनिधिमूलक टोलीले लगानीका लागि प्रचुर सम्भावना रहेकाले… पुरा पढौ

अर्बपति विनोद चौधरीको नेटवर्थ २० करोड डलरले बढ्यो

काठमाडौं, २१ चैत्र । चौधरी ग्रुपका अध्यक्ष नेपालका अर्बपति विनोद चौधरीको नेटवर्थ १ वर्षमा २० करोड डलर बढेको छ । फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वका अर्बपतिहरुकाे सूचीमा चाैधरीकाे सन् २०२५ मा नेटवर्थ २ अर्ब डलर छ । अर्बपति चाैधरीकाे सन् २०२४ मा १ अर्ब ८० करोड डलरको नेटवर्थ १ वर्षको समयावधिमा २० करोड डलरले बढेको फोर्ब्सले सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ । फोर्ब्समा प्रकाशित विश्वका अर्बपतिहरुको सूचीमा नेपालका अर्बपति चौधरीकाे राेलक्रम १ हजार ७६३औं स्थान रहेकाे छ । । चाैधरीकाे… पुरा पढौ