आर्थिक 📈

भारतीयको रोजाइमा सिन्की, हस्तकला र विजयसालका भाँडा

देहरादुन (भारत), ९ चैत । “आउनुहोस्, भाँडा र जानकारीमध्ये कम्तीमा एउटा लैजानुहोस्”, स्टलमा आउने सबैजसो ग्राहकलाई विजयसालका भाँडा देखाउँदै कञ्चनपुरका गणेशराज बोहोराले भने, “यी भाँडामा पानी राखेर खाँदा फाइदै फाइदा छन् ।” भारतको देहरादूनमा शुक्रबारदेखि सुरु इन्डो–नेपाल व्यापार मेलामा अकलोकनकर्तालाई बोहोराले विजयसालका भाँडामा पानी राखेर खाँदाका अनेकन फाइदा एक–एक गरी सुनाए। “रातभर यी भाँडामा पानी राखेर बिहान खाली पेटमा पिउँदा मधुमेह, उच्च रक्तचाप, कोलेस्टोरेल, शरीरको दुःखाइ निको पार्छ, शरीरको दुखाइ तौल नियन्त्रण गर्न पनि राम्रो हुन्छ”, उनले भने। उपभोक्ताले उनका… पुरा पढौ

स्वाभिमान लघुवित्तले ५.२३ प्रतिशत लाभांश दिने

काठमाडाैं, ८ चैत। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। चैत ७ गते बिहिबार बसेको संस्थाकाे सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश दिने घोषणा गरेको हो ।   बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२३६२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी  कुल ५.२३६२ प्रतिशत लाभांश दिने निर्णय गरेको बताइएकाे छ ।   उक्त लाभांस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गर्ने निर्णय समेत गरेको छ ।  पुरा पढौ

सुन तोलामा रु १ हजारले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं, ८ चैत्र । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ हजारले घटेको जनाएको छ । चाँदीमा रुपैयाँ ३५ ले घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ ३५ ले घटेर तोलाको १ हजार ९… पुरा पढौ

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं, ८ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २२, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो… पुरा पढौ

वनको खाली जग्गामा खेती गरेर आम्दानी गर्दै महिला

हेटौँडा (मकवापुर), ८ चैत । यहाँका सामुदायिक वनको खाली स्थानमा खेती गरेर महिलाले मनग्य आम्दानी गर्दै आएका छन् । मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक वन क्षेत्र भएर जाने विद्युत् प्रसारण लाइन विस्तारका लागि ठूला रूख हटाएर खाली भएको ठाउँमा उनीहरूले खेती गरे । पुनः ठूला रूख रोप्न नसकिने सामुदायिक वनका ती जग्गामा अदुवा, बेसार र जडीबुटीखेती गरिएको छ । आफ्नै बारी नभएका विपन्न महिलाले यही खाली जग्गाको उपयोग गरिरहेका हुन् । आफ्नो जमिन नभएकी दलित समुदायकी चम्पामाया परियारले… पुरा पढौ

यी हुन् पारित भएका आर्थिक सुधारका तीन विधेयक

काठमाडौं, ८ चैत । आर्थिक विकास तथा लगानी विस्तारसँग जोडिएका विधेयकहरू प्रतिनिधिसभामा धमाधम पारित भएका छन् । यसबाट लगानीको थप वातावरण सृजना हुने, लगानीकर्तामा थप विश्वास विस्तार भई मुलुकलाई समृद्ध बनाउन बल पुग्ने सरकारको बुझाइ छ । प्रतिनिधिसभाले ‘निजीकरण (पहिलो संशोधन विधेयक), २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ पारित गरेको छ । यी तीनवटै विधेयकले मुलुकको अर्थतन्त्रलाई थप लयमा लैजान… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ८ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५७ रुपैयाँ १६… पुरा पढौ

राष्ट्र बैंकद्वारा आव २०८२/८३ को बजेटका लागि सुझाव सङ्कलन

वीरगञ्ज (पर्सा), ७ चैत । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि वीरगञ्जका उद्योगी÷व्यवसायीसँग सुझाव सङ्कलन गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज आगामी आवको लागि पूर्व बजेटकालिन अन्तरक्रिया गरी आगामी बजेटमा समावेश गर्नुपर्ने विषयका सन्दर्भमा सुझाव सङ्कलन गरेको हो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले पछिल्लो समय उद्योगी/व्यवसायीको मनोबल खस्किएकाले आगामी आवको बजेटमार्फत मनोबल उकास्ने खालको बजेट ल्याउन अनुरोध गरे। ‘‘सरकारी निकायले वर्सेनि बजेटपूर्व र बजेटपछि यहाँका उद्योगी÷व्यवसायीसँग सुझाव सङ्कलन गर्न आउने… पुरा पढौ

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक पारित

काठमाडौं, ७ चैत । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाले बहुमतले पारित गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको बहुमतले पारित गरेको हो । उपसभामुख इन्दिरा रानाले विधेयक बहुमतबाट पारित भएको घोषणा गरेकी थिइन् । यसअघि विधेयकमाथिका संशोधन प्रस्ताव निर्णायार्थ प्रस्तुत गरिएकाेमा सभाको बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाबाट पारित सो विधेयकलाई छलफलका लागि राष्ट्रिय सभामा पठाइनेछ । यसअघि विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा… पुरा पढौ

नेप्से १२.८४ अंकले घट्याे, साढे ४ अर्बको कारोबार

काठमाडौं, ७ चैत्र । नेप्सेमा लगातार गिरावट भईरहेको छ । यसले बिहिबार पनि निरन्तरता पाएको छ । लगातारको गिरावटले लगानीकर्ताहरुलाई पर्ख र हेरको स्थितिमा पुर्याएको छ । नेप्से परिसूचकमा भईरहेको गिराटसंगै कुल कारोबार रकम पनि अघिल्ला दिनहरुको भन्दा कम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.८४ अंकले घटेर २६६९.३१ विन्दुमा झरेको छ । नेप्सेमा ०.४७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.२१ अंकले घटेर ४४७.७० विन्दुमा रहेको छ । १३ वटा उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ ।… पुरा पढौ