आर्थिक 📈

सुन ताेलाकाे १ लाख ८० हजार ३ सय पुग्याे, चाँदी घट्याे

काठमाडाैं, २१ चैत्र । साताकाे सुनचाँदीकाे काराेबार हुने पाँचाै दिन बिहिबार नेपाली बजारमा सुनको भाउ तलमाथि भएकाे छ । सुनकाे पुनः ऐतिहासिक उचाइमा पुगेको छ। सुनकाे भाउमा गएकाे शुक्रबारदेखि नयाँ नयाँ रेकर्ड भइरहेकाेमा बुधबार भने केही घटेको थियो। तर फेरि एकदिन पछि पुनः सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएकाे छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको भाउ प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छ। सुनकाे भाउ प्रतितोला १ हजार २०० रुपैयाँ बढेको छ । बुधबार… पुरा पढौ

रैथाने खाद्यान्नको ब्राण्डिङ गरी ‘अनदीको खट्टे’ उत्पादन

डुम्रे (तनहुँ), २१ चैत ।भानु नगरपालिका–१२ कवाचितस्थित रुप एण्ड अर्गानिक एग्रो फार्मले रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘भानुको अनादीको खट्टे’ उत्पादनमा जुटेका छन् । अनादीको चामललाई प्रवद्र्धन र आम्दानीसँग जोड्ने उद्देश्यले फार्मले भानुको अनादीको खट्टे बजारमा ल्याएको हो । जिल्ला तथा नगरपालिका क्षेत्रमा उत्पादित अनादीको धानखेतीमा प्रोत्साहन पु¥याउने लक्ष्यका साथ ब्राण्डिङ गरी अनादीको खट्टे बजारमा ल्याइएको फार्मका सञ्चालक रामकृष्ण अधिकारीले बताए। भानु नगरपालिकाको समन्वयमा अनादी धानलाई खट्टे बनाएर बजार पठाइएको हो । अनादीको धानखेती लोपोन्मुख भएकाले यसको प्रवद्र्धनका लागि अनादीको खट्टे… पुरा पढौ

२५ करोड विदेशी मुद्राका मालिक नारायण पौडेललाई पक्राउ पुर्जी जारी

काठमाडौं, २१ चैत्र । एउटा लाेड गरिएकाे ट्रकबाट प्रहरीले बरामद गरेको २५ करोड बराबरको डलर र युरोका मालिककाे पहिचान गरिएकाे छ । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको मालिक सिन्धुपाल्चोक जिल्लाका नारायण पौडेल रहेको बताइएकाे छ । प्रहरीले उनको नाममा पक्राउ पुर्जी जारी गरेकाे छ । गएकाे चैत ४ गते काठमाडौंको टोखाकाे झोरमा रकम लाेड गरेकाे ट्रक अन्यत्रै लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर सिन्धुपाल्चोकका साे ट्रकका चालक ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो । पुरा पढौ

भोजपुरको साम्के र तामालुङमा व्यावसायिक स्याउखेती

भोजपुर, २१ चैत । रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका किसान स्याउको व्यावसायिक खेतीमा जुटेका छन् । वडाले स्याउखेतीका निम्ति अनुदान दिएपछि स्थानीय व्यावसायिक स्याउखेतीमा जुटेका हुन् । साम्के र तामालुङ गाउँका २६ जना किसानले करिब एक सय रोपनी क्षेत्रफलमा स्याउको खेती विस्तार गरेको स्थानीयवासी पाण्डव राईले बताए। वडाले स्याउखेती विस्तारको लागि अनुदान दिएपछि किसानहरु उत्साहित भएर खेती विस्तारमा लागेका हुन् । पचास प्रतिशत लागत साझेदारीमा व्यावसायिक खेती प्रवद्र्धन थालिएको उनले जानकारी दिए। स्याउखेतीका निम्ति भूबनोट र जलवायु उपयुक्त भएकाले साम्के र तामालुङ… पुरा पढौ

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं, २१ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४८, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई)… पुरा पढौ

सानिमा जीआइसी इन्स्याेरेन्सको एजिएम आज

काठमाडौं, २१ चैत्र । सानिमा जीआइसी इन्स्याेरेन्स साधारण सभा आज बस्दैछ । कम्पनीले लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नका लागि आज चैत २१ गते सभा बेालाएकाे हाे । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभामा सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन हुनेछ । सभाले छैटौं साधारण सभाबाट पारित भएकाे २५ प्रतिशत हकप्रद सेयर संशोधन गरेर १७ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमाेदन गर्नेछ । सभामा प्रबन्धपत्र… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रूपैयाँ ०५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ४२ पैसा र बिक्रीदर १५५ रूपैयाँ १० पैसा कायम… पुरा पढौ

नेप्से २३.८६ अंकले बढ्याे, ५ अर्ब ४४ कराेडकाे काराेबार

काठमाडौं, २० चैत्र । साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार नेप्सेमा सकारात्मक माहाेल देखिएकाे छ । अघिल्लाे दिन सामान्य करेक्सन भएकाेमा त्यसकाे भाेलिपल्टै उकालाे लागेकाे छ । नेप्से २३.८६ अंकले बढेर २७००.०४ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.०८ अंक बढेको छ । फ्लोट इण्डेक्स ०.८३ अंक तथा सेन्सेटिभ इण्डेक्स ०.४५ अंकले बढेको नेप्सेले जनाएको छ । आज कारोबार रकम घटेको छ। मंगलबार ५ अर्ब ७९ करोडको काराेबार भबृद्धि आज ३१८ वटा कम्पनीको काराेबार भएकाे छ । ५३ हजार ८८४ पटकको कारोबार… पुरा पढौ

आज सुनचाँदीको भाउ घट्यो, ताेलाकाे कति ?

काठमाडौं, २० चैत । हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज घटेको छ । पछिल्ला दिनहरूमा लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको भाउ आज तोलामा रु छ सय घटेको छ। चाँदीको भाउ पनि तोलामा रु १५ ले घटेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ७९ हजार सात सय कायम भएको सुनको मूल्य आज तोलामा रु छ सय घटेर रु एक लाख ७९ हजार एक सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज चाँदी प्रतितोला रु दुई हजार… पुरा पढौ

नेप्सेकाे सीईओमा चुडामणि चापागाईँ नियुक्त

काठमाडाैं, २० चैत्र । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले चापागाईं नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिएकाे पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कार्यकारी निर्देशकमा कृषिअर्थ विज्ञ डा‍. राजेन्द्र मिश्रलाई नियुक्त गरेको जानकारी दिए। हालै गएको भूकम्पबाट म्यानमारमा भएकाे ठूलाे जनधनको क्षतिका लागि त्यहाँकाे सरकारलाई औषधिसहित राहत सामग्री… पुरा पढौ