आर्थिक 📈

नेप्सेमा २१.६३ अंकको गिरावट, ६ अर्ब ८३ करोडकाे काराेबार

काठमाडौं, ३ चैत्र । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । कारोबार रकम ७ करोड तल नै रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ विन्दुमा झरेको छ । नेप्सेमा ०.७९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.११ अंकले घटेर ४५४.९१ विन्दुमा रहेको छ । १३ वटा उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १२ वटा उपसमूहहरु राताम्मै भएका छन् । कुल ३१६ कम्पनीहरुको शेयर… पुरा पढौ

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, चाँदी पनि घट्याे

काठमाडौं, ३ चैत । अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको छ । गत शुक्रबार प्रतितोला सुन रु एक लाख ७४ हजार ५०० मा कारोबार भएकामा आज प्रतितोला रु ४०० ले घटेर रु एक लाख ७४ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४५ मा कायम भएको छ । शुक्रबार सोही परिणामको चाँदी रु दुई हजार ५०… पुरा पढौ

बजार जाँदै हुनुहुन्छ ? पहिले भाउ बुझ्नुस्

काठमाडौं, ३ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रू २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रू ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रू २२, आलु रातो प्रतिकिलो रू ३५, आलु रातो (भारतीय) प्रतिकिलो रू ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रू ५८, गाजर (लोकल) प्रतिकिलो रू ४०, गाजर (तराई) प्रतिकिलो रू २५ रहेकाे छ… पुरा पढौ

मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घट्यो

बन्दीपुर (तनहुँ), ३ चैत । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो । केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताए। उनले भने, “हिउँ पग्लिएको छैन । मस्र्याङ्दीमा पानीको बहाव कम छ । पुसबाट विद्युत् उत्पादन घट्न थालेको छ । हिउँ पग्लिन थालेपछि बहाव बढ्दै जान्छ ।” उक्त परियोजनामा… पुरा पढौ

घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन

काठमाडौं, ३ चैत । घरजग्गाको कारोबारबाट गत फागुन महिनामा रु चार अर्ब १२ करोड बराबरको राजस्व सङ्कलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व सङ्कलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ । विभागका अनुसार सेवा करबाट रु २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुर रु दुई अर्ब २० करोड ३७ लाख… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, ३ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८० रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७०… पुरा पढौ

उखु अभावले ‘क्रसिङ’ लक्ष्य हासिल भएन, उद्योग बन्द

महोत्तरी, २ चैत । महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले यसपालि उखु अभावले लक्ष्यअनुसार ‘क्रसिङ’ (उखु पेलेर चिनी बनाउने कार्य) गर्न सकेन । यसैकारण चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने उद्योग उखुकै अभावमा फागुन मसान्तमै बन्द गर्नु परेको छ । गत मङ्सिर २६ गते उखु क्रसिङ सुरु गरेको उद्योगले उखु नपुगेपछि यसपालिको क्रसिङ रोक्नुपरेको जनाएको छ । उद्योगले यसपालि लक्ष्यभन्दा चार लाख क्विन्टल कम उखु क्रसिङ गरेको महाप्रबन्धक सुरेन्द्र शुक्लाले बताए । “हामीले यसपालि ९२ दिनमै क्रसिङ बन्द गर्नु पर्‍यो,… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कुनकाे कति ?

काठमाडौं, २ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु चारले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल÷मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक… पुरा पढौ

वीरगञ्ज भन्सारद्वारा ८ महिनामा १ खर्ब ९ अर्ब राजस्व संकलन

वीरगञ्ज, २ चैत । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व संकलन गरेको छ । कार्यालयले यस अवधिमा १ खर्ब ३९ अर्ब ७३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकाे थियो । भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले राजस्व संकलनमा क्रमश सुधार भएको बताए । चालु आव बाँकी ४ महिनामा राजस्व संकलनमा थप सुधार हुने उनको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व संकलन अधिक हुने… पुरा पढौ

ओम मेगाश्री फर्मास्युटिकल्सको शेयरमा मागभन्दा बढी आवेदन

काठमाडौं, २ चैत्र । ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर (आइपीओ) मा आवेदन दिने अवधि बाँकी रहँदा मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता शेयर बिक्रीमा ल्याएकाे हाे । आजसम्म कम्पनीकाे शेयरमा १ अर्ब ७९ करोड ८५ लाख ७८ हजार रुपैयाँ बरबरको आवेदन परेको छ । जसमा १४ लाख ८० हजार ५७८ जना सर्वसाधारणले १ करोड ७९ लाख ८५ हजार ७८० कित्ताका लागि आवेदन दिएका छन् । जाे मागभन्दा १२.८१ गुणा धेरै… पुरा पढौ